मोफसलका हीरा

जुनबेला महिलाहरू नै ब्युटिपार्लर जान लजाउँथे त्यतिबेला धरानमा एउटा सानो कोठामा ब्युटिपार्लर सुरु गर्दा उनलाई सफल भइएला भन्ने लागेको थिएन । अहिले आफ्नो सफलता देखेर उनी निकै दंग छिन् । आठ वर्षअघि सुरु गरेको व्यवसायलाई उनले अहिले फ्ल्याट नै भाडामा लिएर तालिम केन्द्रका रूपमा विस्तार गरेकी छिन् । कार्की भन्छिन्-'तालिम पाएका दर्जनौं दिदीबहिनी आफ्नै पार्लर खोलेर व्यवसायमा जमेको देख्दा गर्व लाग्छ ।' एउटी छोरीको पढाइसहित घर-व्यवहार समेत सम्हाल्दै उनले श्रीमान् रवि श्रेष्ठसँग मिलेर आल्मुनियम फर्निसिङ हाउस पनि सञ्चालन गरेकी छिन् । धरान-१० रमाइलो चोकस्थित उनको रोजेन ब्युटिपार्लर यहाँको चर्चित ब्युटिपार्लर हो ।  

शिक्षा ः एस.एल.सी.  ।

योगदान ः ब्युटिपार्लर व्यवसायलाई स्थापित गर्दै महिलालाई आत्मनिर्भर बन्ने प्रेरणा प्रदान गर्नु ।

प्रेरणा ः ब्युटिसियनको तालिम लिन उत्प्रेरित गर्ने साथीहरू ।  

अनुभवले भन्छ ः आत्मविश्वास गुमाउनु हुँदैन र कर्मलाई प्राथमिकता दिनुपर्छ ।  

विशेषता  ः सधैं खुसी देखिने ।  

कमजोरी ः कटु बचन सहन नसक्ने ।  

अझ के गर्न सकिन्छ  ः जेन्ट्स पार्लर पनि विस्तार गर्ने ।  

चुनौती ः धरानमा ३ सयभन्दा बढी पार्लर छन् । सुविधा बढाउन लगानी र दक्ष जनश्ाक्तिको आवश्यकता छ ।

लक्ष्य ः पार्लरलाई अन्य ठाउँमा पनि विस्तार गर्दै लाने । श्रीमान्ले थालेका काममा लगानी बढाएर सफल व्यवसायी बन्ने ।

रेखा कार्की

२९ वर्ष, ब्युटिसियन



आफ्नो माइक्रोसफ्ट कम्प्युटर ट्रेनिङ सेन्टरलाई आइटी व्यवसायीहरूले पूव्र्ााञ्चलमा प्रथम महिला नेतृत्व र व्यवस्थापनमा चलेको इन्स्िटच्युटका रूपमा चिन्ने गरेकोमा सुनीता गर्व गर्छिन् । क्यान पूर्वाञ्चल र क्यान सुनसरी स्थापना हुँदा उनी मात्र महिला आइटी प्रोफेसनल थिइन् । सुनीता २०४८ सालमा तालिम लिएकै इन्स्िटच्युटमा प्रशिक्षक भएकी थिइन् । त्यतिबेला धरानमा ३ वटा मात्र आइबीएम कम्प्युटर थिए । २०५६ सालमा आफ्नै इन्स्िटच्युट खोलेपछि उनी दलित एवं महिलाहरूलाई लक्षित गर्दै अघि बढिन् । इन्स्िटच्युटमा उनले २ हजार बढी दलित विद्यार्थीलाई निःशुल्क पढाइन् । त्यसले उनको प्रतिष्ठालाई उचाइमा पुर्‍यायो ।    

 दलित समुदायभित्र पनि छुवाछूतको सिकार हुँदै आएको मरिक -डोम) समुदायमा हुर्किएर उच्च जातिसँग प्रतिस्पर्धा गर्दै सफल आइटी प्रोफेसनलको पहिचान बनाएकोमा उनी सन्तोष मान्छिन् । आनन्द श्रेष्ठसँग विवाहित सुनीता एउटी छोरीसहितको घर-व्यवहार आफै चलाउँछिन् । २२ घन्टा लोडसेडिङको समस्यासँग जुझ्दै उनी आफ्नो प्रतिष्ठामा कायम छिन् ।  

शिक्षा ः बीबीएस ।

योगदान ः विशेष गरी दलित एवं पिछडिएका वर्गलाई कम्प्युटर शिक्षामा अघि बढाउने कार्य ।  

प्रेरणा ः पिता वेचन मरिक -डोम)।

अनुभवले के भन्छ ः अहिले प्रतिस्पर्धाको जमाना छ । सोहीअनुसार जुनसुकै बेला प्रतिस्पर्धीका रूपमा आफूलाई तयार बनाउनुपर्छ, कठिन मानेर पछि हट्नु हँुदैन ।   

विशेषता ः एक्लै काम गर्न सक्छु भन्ने सोच ।  

कमजोरी ः अरूलाई विश्व्ाास गरिहाल्ने बानी ।  

अझ के गर्न सकिन्छ ः आइटीको क्षेत्रमा दलित एवं पिछडिएका वर्ग थप पछाडि छन् । उनीहरूका लागि केही गर्नुपर्छ ।

चुनौती ः कुनै पनि व्यवसायमा लागेका महिलाहरूको विकासमा सामाजिक चुनौतीहरू विद्यमान छन्, त्यसको सामना गर्न उनीहरूमा आत्मविश्वास जगाउने चुनौती अहिले पनि छ ।   

लक्ष्य ः आफू आइटीको क्षेत्रमा दलित वर्ग पनि प्रतिस्पर्धामा उत्रिन सक्छन् भन्ने उदाहरण बने पनि समग्र दलित समुदायलाई उठाउन सकिएको छैन ।

परिचितहरू भन्छन् ः 'सुनीता जस्ती आँटिली महिला कमै छन् ।' जस्तोसुकै परिस्थितिमा पनि धैर्य धारण गर्ने, मानिसहरूसँग व्यावसायिक रूपमा सम्पर्क बढाउन सक्ने क्षमताकी धनी हुन्-उनी ।



सुनीता मरिक श्रेष्ठ

२७ वर्ष, आइटी प्राेफेसनल









गाउँकै विद्यालयमा पढेकी वसुधाले आपmनो नाममा प्रा.डा. जोडिन्छ भनेर सोचेकी पनि थिइनन् । परिश्रमले सफलता दिलायो । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा माइक्रोबायोलोजी विभागकी प्रमुख हुन् भने उनी प्रतिष्ठानमा एक साहसी नारीका रूपमा परिचित छिन् ।

सानैदेखि परिश्रमी भएकीले उनी यो ठाउँमा पुगेकी हुन् । प्राथमिक कक्षादेखि नै प्रथम हुँदै आएकी खनालले आइएस्सीमा प्रवेश पाएपछि छोरी डाक्टर बन्ने भै भनेर परिवारले ठूल्ौ आशा राखेको थियो । छात्रवृत्तिमा पाकिस्तानबाट एमबीबीएस गरेपछि परिवारको सपना साकार भयो । प्रतिष्ठानमा काम गरेपछि उनले जवाहरलाल नेहरू इन्स्िटच्युटमा एमडी गरिन् । सानैदेखि डाक्टर बन्ने लक्ष्य लिएकी खनाल अहिले यो पेसाप्रति सन्तुष्ट छिन् र आफूलाई सफल मान्छिन् । उनका सूक्ष्म जीव विज्ञानअन्तर्गत सरुवा रोगहरू -जापानिज इन्सेफ्लाइटिस, कालाजार, एचआईभीको आदि) को पहिचान एवं निदानसम्बन्धी पुस्तक प्रकाशित छन् ।

शिक्षा ः एमडी -माइक्रोबायोलोजी) ।

योगदान ः विश्वमा सरुवा रोगले धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रत्यक्ष-अप्रत्यक्ष रूपमा यही विज्ञानसँग सम्बन्धित रहेर सेवा गर्ने लक्ष्य एवं अरूलाई सचेत गराउने ।

प्रेरणा ः परिवार ।

अनुभवले भन्छ ः काम जटिल हुन्छ तर पनि डटेर त्यसको सामना गर्नुपर्छ । जिम्मेवारीका साथ परिश्रम गर्नुपर्छ ।

विशेषता ः जिम्मेवारी पूरा गर्दा कहिल्यै विचलित नहुने, परिश्रमी ।

चुनौती ः यो पेसामा परिश्रमबिना सफलता चुम्न सकिँदैन । यो पेसामा लागिसकेपछि चुनौती थपिँदै जान्छन् ।

लक्ष्य ः सरुवा रोगहरू -जापानिज इन्सेफ्लाइटिस, कालाजार, एचआईभी आदि) सम्बन्धी विभिन्न तर्कयुक्त पुस्तक एवं लेखहरू प्रकाशित गर्ने तथा यो पेसालाई चुस्त-दुरुस्त राख्न प्रयास गर्ने ।



वसुधा खनाल

५५ वर्ष, प्राध्यापक-डाक्टर





बाल्यावस्थामा गुडियाको पहिरनमा तल्लीन रहने चासोले उनलाई सफल बुटिक व्यवसायी बनाएको हो । त्यही चासोकै कारण काठमाडौं र फिलिपिन्समा तालिम लिएकी हेमा राईले २०५४ मा स्प्लेन्डर बुटिक खोल्दा मानिसहरूले त्यसलाई टेलरिङ हाउस भने । उनले पनि रहरले खोलिएको बुटिकले व्यावसायिक रूप लिन्छ भन्ने कल्पना पनि गरेकी थिइनन् । उनको बुटिक व्यवसायले सफलतापूर्वक १५ वर्ष पूरा गरिसकेको छ । अहिले उनलाई कामकै कारण फुर्सद हुँदैन । उनले अहिले आफ्नो बुटिकमा ३० जनालाई रोजगारी दिएकी छिन् । एकपटक आउने ग्राहक दोहोर्‍याएर आउन थालेपछि स्थायी ग्राहकहरूकै संख्या थुप्रै भएको पाउँदा उनलाई सफल मात्र होइन सन्तुष्ट पनि बनाएको छ । सानैदेखिको रहरले सफल व्यवसायको रूप लिएको पाउँदा उनलाई आन्ान्दको अनुभूति हुन्छ । उनका छोराछोरी एवं श्रीमान्सहित चारजनाको परिवार छ । परिवारको भरणपोषणका लागि भन्दा आफ्नो जीवनको अभीष्ट पूरा गर्न उनी यो व्यवसायमा लागिपरेकी छिन् ।     

शिक्षा ः आई.ए. ।  

योगदान ः बुटिक व्यवसायलाई काठमाडौंबाहिर स्थापित गरेको ।   

प्रेरणा ः आमा र माइजू ।

अनुभवले भन्छ ः रहरकै विषय भए पनि प्रतिबद्ध भएर लागे सफल भइन्छ ।    

विशेषता ः सिर्जनशील सोच ।   

कमजोरी ः झट्टै साथीहरूसँग घुलमिल हुन नसक्नु ।   

अझ के गर्न सकिन्छ ः बुटिक व्यवसायको सम्भावना राजधानीबाहिर पनि प्रशस्तै छ । मानिसहरू राजधानीलाई मात्र केन्द्र मान्छन् । छुट्टै विशेषता दिन सकियो भने व्यवसायको केन्द्र बन्न सकिन्छ ।  

चुनौती ः व्यापार-व्यवसायका लागि मुलुकको अवस्था प्रतिकूल बन्दैछ । त्यसमाथि २२ घन्टासम्मको लोडसेडिङले व्यवसाय चलाउन ठूल्ाो समस्या छ ।

लक्ष्य ः व्यावसायिक सफलताले मात्र सन्तोष हुँदैन । अब वृद्धवृद्धाको सेवाको क्षेत्रमा केही लगानी गर्ने सोच छ ।

सहयात्रीहरू भन्छन् ः व्यावसायिक विशेषता भएकी योग्य महिला । व्यवहार शालीन एवं समान छ ।



हेमा राई

३८ वर्ष, बुटिक प्राेफेसनल





भ्ाारतको पूनामा सम्पन्न साफ च्याम्पियनसीपमा स्वर्ण पदक हासिल गर्दा उनले स्कुलका खेलकुदका दिनहरू सम्भिmइन् । कक्षा-७ मा हुँदा सबैले कराँतेमा भाग लिन हौस्याएपछि उनले पछाडि फर्केर हेरिनन् । दर्जनौं राष्ट्रिय स्वर्ण पदक हासिल गरेकी मनिका खेलकुद शिक्षिकाका रूपमा कार्यरत छिन् । प्ादक मात्र होइन जीवन धान्ने आधार पनि खेलकुदबाटै पाउनु उनका लागि सफलता अनुभव गर्ने अर्को आधार भएको छ । विद्यालयका स-साना नानीहरूलाई कराँतेको कला सिकाउन पाउँदाको खुसी अर्कै छ । बाल्यकालमा जीवनमा सफल खेलाडी बन्छिन् भनेर अभिभावकले पनि नसोचेको स्थितिमा अहिले उनी आफै बालबालिकालाई ठूलो खेलाडी बन्नुपर्छ भनेर प्रेरणा दिन्छिन् ।

कराँतेमा ख्याति कमाएपछि अहिले उनी बास्केटबलमा पनि अघि बढेकी छिन् । छैठौं राष्ट्रिय खेलकुदको बास्केटबलमा सहभागी सुब्बाको टिमले दोस्रो स्थान हासिल गरेको थियो । राष्ट्रिय महिला बास्केटबलमा पनि उनी चौथौं भइन् । खेलकुदका दुई विधामा पाएको सफलताले उनको छुट्टै पहिचान बनेको छ ।               

शिक्षा ः आई.ए. -स्पोर्ट्स विषयमा थप अध्ययन गर्ने ।)    

योगदान ः खेलकुदप्रति प्रेरणा जगाउने काम ।   

प्रेरणा ः शिक्षक एवं साथीभाइ ।

अनुभवले भन्छ ः खेलकुदबाट पनि राष्ट्रलाई योगदान दिन सकिन्छ ।     

विशेषता ः परिश्रमी र धीरता ।   

कमजोरी ः झट्टै विश्वास गरिहाल्ने ।   

थप के गर्न सकिन्छ ः मैदानपछि अब खेलकुद विषय लिएर अध्ययनलाई अघि बढाउने, त्यसपछि गनुपर्ने काम धेरै छन् । प्रशिक्षक बन्न सके धेरै काम गर्न सकिन्छ ।

चुनौती ः खेलाडीलाई कुनै सुविधा उपलब्ध नभएको अवस्था छ । खेलबाट जीव्ान यापनको ग्यारेन्टी छैन । खेलाडीहरू तालिम एवं खेल सामग्रीको अभावसँग जुधिरहेका छन् । राज्यले खेलाडीको मूल्यांकन गर्न सकेको छैन । खेलमा राजनीति हावी छ ।

लक्ष्य ः राम्रो प्रश्ािक्षक बनेर योग्य खेलाडीहरू उत्पादन गर्ने ।

प्रशिक्षक भन्छन् ः उनी प्रतिभाशाली खेलाडी हुन् । कराँतेको राष्ट्रिय एम्पाएर भैसकेकी सुब्बा अहिले बास्केटबलमा पनि निकै अघि छिन् ।



मनिका सुब्बा

२९ वर्ष, कराँतेकी राष्ट्रिय खेलाडी





भित्री मनदेखि नै दुःखीको सेवामा जुटौं-जुटौं लाग्थ्यो

 समय, परिस्थिति र पारिवारको सहयोगले उनी नर्स भइन् । त्यतिबेला छोरी नर्स भए बिगि्रने मानसिकता थियो तर उनी पछि हटिनन् । नर्स बन्नु पनि त्यति सजिलो थिएन । उनी नर्सिङकै कामका लागि भोजपुरको विकट गाउँ पुगिन् । तीन दिनको बाटो हिँडेर र्फकदा पैताला फोकैफोका हुँदा बीपी प्रतिष्ठानमा उपचार गराएको अनुभव छ-उनीसँग । गाउँको हेल्थपोस्टमा पनि गरिब-दुःखीका लागि सेवा गरेकीले जीवन सफल भएको मान्छिन्-उनी । १६-१७ वर्षको उमेरदेखि नै जिम्मेवारी सम्हालेकी तामाङ आपmनो काम र कर्तव्यलाई नबिर्सिए सधैं सफल हुने बताउँछिन् ।

शिक्षाः एमएस्सी नर्सिङ ।

नर्सिङ विभाग प्रमुख, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ।

योगदान ः गाउँमै गएर महिलाहरूलाई अघि बढ्न प्रेरणा प्रदान गर्नु ।

प्रेरणा ः आमा ।

अनुभवले भन्छ ः काम जटिल हुन्छ तर पनि डटेर त्यसको सामना गर्नुपर्छ । आपmनो पेसाप्रति कटिबद्ध भए सफल भइन्छ ।

विशेषता ः जिम्मेवारी पूरा गर्नुपर्छ । जुन काममा लागियो त्यसैलाई निरन्तरता दिनुपर्छ ।

कमजोरी ः भावुक छु तर  भावुक महिला नै जिम्मेवार हुन्छन् ।

अझ के गर्न सकिन्छः विकट गाउँमा पुगेर गरिब-दुःखीको सेवा गर्न पाए जीवनमा त्यो भन्दा ठूलो उपलब्धि केही हुने छैन, त्यसैका लागि प्रयासरत छु ।

चुनौती ः जीवन नै चुनौतीपूर्ण छ ।

लक्ष्य ः आधा उमेर स्वास्थ्यमै बिताइयो, गाउँमै सेवा दिन पाए घिटघिटो मेटिन्थ्यो । गाउँका नारी अझै अशिक्षित, अनपढ नै छन् । गाउँका महिलालाई शिक्षाप्रति आकषिर्त गर्ने ।

प्रोफेसर डा. रत्ना बराल भन्छिन्-परिश्रमले नै यहाँसम्म आइपुगेकी । नरिसाउने, काम सजिलै बुभmने, गाउँदेखि परिश्रम गरेर आएकी महिला भएकीले जिम्मेवारीप्रति प्रतिबद्ध ।



बेङ्मु तामाङ

४४ वर्ष, नर्स







स्कुले जीवनदेखि नै साहित्यतर्फ रुचि राख्दै आएकीले कुन्ता शर्मा साहित्यिक फाँटकी अग्रणी महिला हुन्  । साहित्यप्रति रुचि एवं परिवारको पनि साथ पाएकीले आन्ान्द लाग्छ भन्छिन्-उनी । साहित्य लेख्न एकान्त ठाउँ चाहिन्ो कुन्तालाई क्याम्पस पढ्दा साथीभाइले हौस्याउँथे । साथीभाइकै हौसलाले कवयित्रीका रूपमा ख्याति पाएको उनी बताउँछिन् । कविता लेख्न सजिलो थिएन तर पनि लेख्दै जाँदा जागरण ल्याउने महिलाका रूपमा उनले पहिचान बनाइन् । बुबा उदार विचारका भएकाले परिवारमा समस्या भएन । उनी २०५६ सालमा निर्वाचित सांसद पनि भइन् ।

शिक्षा ः एम.ए. -नेपाली), बी.कम. ।

योगदान ः कविता लेखेर महिला जागरण ल्याउने अग्रणी । विशेषतः  व्यंग्यात्मक एवं महिला जागरणका कविता लेखनमा ।

प्रेरणा ः परिवार ।

अनुभवले भन्छ ः चेतनशील परिवार भएकाले पनि मलाई ठूलो सपोर्ट मिल्यो । जुन माध्यमबाट भए पनि महिलाहरूका लागि समाजमा केही गर्न सकिन्छ ।

विशेषता ः जिम्मेवारी पूरा गर्ने, चेतना बोक्ने र बोकाउने ।

कमजोरी ः परम्परागत संस्कार नमान्ने ।

अझ के गर्न सकिन्छ ः सामान्य प्राणीजस्तो खाएर एवं सुतेर मात्र जीवन बिताउनु हुँदैन । समाजलाई केही न केही दिनुपर्छ । अनि मात्र समाज ब्युँझिन्छ, अझै समाज ब्युँझाउनमै व्यस्त ।

चुनौती ः साहित्यमा लाग्नु नै चुनौती हो ।

लक्ष्य ः प्रगतिशील साहित्यलाई हुर्काउन हरतरहले सहयोग गर्ने । साहित्यकै माध्यमद्वारा महिला जागरणमा कटिबद्ध भएर लाग्ने ।



कुन्ता शर्मा

६६ वर्ष,साहित्यकार





ज्ानकपुरको शिवचोकस्थित जनज्योति पुस्तक भण्डारमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सधंै हँसिलो अनुहार बनाएर बस्ने सुशीला अधिकारी एक सफल पुस्तक एवं पत्रपत्रिका व्यवसायी हुन् । व्यवसायसँगै घर-गृहस्थी तथा व्यवहारमा समेत पोख्त सुशीलाका तीन छोराछोरीमध्ये जेठी छोरी स्टाफ नर्समा अध्ययनरत छिन् भन्ने माहिली छोरी १२ मा र कान्छो छोरा कक्षा ९ मा अध्ययनरत  छन् । श्रीमान् भरत अधिकारी राजनीतिमा लागेपछि सुशीलालाई समय अभाव हुन थालेको छ । घरको कामका साथै पसल चलाउनेसम्मको सबै काम उनकै जिम्मामा छ । पिता ओखलढुंगाका स्थायी निवासी भए पनि भारत पश्चिम बंगालको मालदहमा गएर काम थालेकाले उनको जन्म भारतको फरिदावादमा भएको हो । २०४६ सालमा भरत अधिकारीसँग प्रणयसूत्रमा बाँधिएपछि उनी जनकपुरकी बुहारी भएर बसेकी छिन् । उनको पसलमा श्रीमान्-श्रीमतीका अतिरिक्त चार स्टाफ र झन्डै डेढ दर्जन साइकल ब्व्ााय कार्यरत छन् । अधिकारी  भन्छिन्-यही व्यवसायबाट छोराछोरी पढाएकी छु ।

शिक्षा ः १२ कक्षा ।

योगदान ः मैथिली महिलाहरूलाई आफैले केही गर्न सकिन्छ भन्ने नमुना प्रस्तुत ।

प्रेरणा ः श्रीमान्बाट ।

अनुभवले भन्छ ः जनकपुरका मानिस अत्यन्त असल छन् ।

विशेषता ः कडा परिश्रम । नरम व्यवहार तथा सधैं हाँसिरहने ।

कमजोरी ः अलि बढी बोल्ने  ।

अझ के गर्न सकिन्छ ः यही पसललाई अझ बढी व्यवस्थित गर्ने ।

चुनौती ः लगातारको बन्द र हड्तालले उद्योग-व्यवसाय धराशायी भैरहेका छन् । बन्दका क्रममा पसल खोल्न कठिन हुन्छ ।

लक्ष्य ः छोराछोरीलाई राम्रो शिक्षा दिनु ।



सुशीला अधिकारी

४५ वर्ष, व्यवसायी







ध्ानुषा जिल्ला लक्ष्मीपुर वगेवा गाविस-७ कुम्हरौडाकी मञ्जुला ठाकुर जनकपुर-१२ कुवास्थित नारी विकास केन्द्रसँग आबद्ध नभएकी भए उनको जीवन सम्भवतः घुम्टोमुनि नै बित्थ्यो । २०४६ सालमा केन्द्रसँग आबद्ध भएयता उनले लेखपढ गर्न मात्र सिकेकी छैनन्, अमेरिका र स्पेनजस्ता मुलुकको भ्रमण पनि गरेकी छिन् । बाल्यकालमा आमाबाट सिकेको मिथिला पेन्टिङले उनको जीवनमा यस्तो परिवर्तन ल्याउला भन्ने उनले कल्पनासम्म गरेकी थिइनन् । दुई छोराकी आमा मञ्जुलाले मिथिला पेन्टिङमार्फत नाम र माम दुबै आर्जन गरेकी छिन् । धार्मिक तथा सांस्कृतिक उत्सवहरूमा घरको भित्ता, पूजा कोठा तथा आँगनमा बनाइने पेन्टिङ र अरिपनलाई नेपाली कागज र कार्डबोर्डमा उतार्नु सजिलो थिएन तर अमेरिकी नागरिक क्लियर वर्घटले उनलाई उक्त कला पनि सिकाइन् । मिथिला पेन्टिङको क्षेत्रमा आएको प्रतिस्पर्धाबाट अलि खिन्न देखिए पनि मञ्जुला यसको भविष्यप्रति आशावादी छिन् । मञ्जुला भन्छिन्-मिथिला पेन्टिङलाई विश्वले मन पराएको छ । यसको भविष्य उज्ज्वल छ ।

शिक्षा ः साधारण लेखपढ ।

योगदान ः पारम्परिक मिथिला पेन्टिङलाई विश्वमा परिचित गराउनु ।

प्रेरणा ः आमाबाट ।

अनुभवले भन्छ ः राम्रो उद्देश्यले काम गर्दै गए सफलता नमिल्ने कुरै छैन ।

विशेषता ः काममा निरन्तर लागिरहने ।

कमजोरी ः बाल्यकालमा पढ्न सकिन ।

अझ के गर्न सकिन्छ ः मिथिला पेन्टिङलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिमको आवश्यकता ।

चुनौती ः मिथिलाञ्चलका महिलाहरूलाई घुम्टोबाट बाहिर निकाल्नु ठूलो चुनौती थियो तर अब धेरै हदसम्म सफलता प्राप्त भएको छ ।

लक्ष्य ः मिथिला पेन्टिङको व्यवसायीकरण गरेर ग्रामीण भेगका महिलाहरूलाई स्वरोजगारी दिलाउनु ।



मञ्जुला ठाकुर

५० वर्ष,धनुषा





भ्ाारत मधुवनी जिल्लाको बेनीपटी वेहटाका शिक्षित तथा प्रतिष्ठित परिवारका पिता सूर्यनारायण झा तथा आमा सत्यभामा देवीको सन्तानका रूपमा जन्मिएकी अधिवक्ता रेखाकुमारी झाको शिक्षा-दीक्षा भारतमै भएको हो । धनुषा जिल्लाको देवडिहा गाउँमा इन्जिनियर श्यामसुन्दर झासँग वैवाहिक बन्धनमा बाँधिने बेला रेखा १४ वर्षकी थिइन् । विवाहपछि उनले एल.एल.बी. र मैथिली भाषामा अनर्स गरिन् । तीन सन्तानकी आमा रेखाका जेठा छोरा चिकित्सक छन् भने माहिला इन्जिनियर । चार वर्षअघि जन्मिएकी कान्छी छोरी अहिले परिवारकी खेलौना बनेकी छिन् । छोराहरू हुर्काएपछि २०६१ सालदेखि कानुन व्यवसायमा लागेकी रेखा छोटो समयमै कानुन व्यवसायीका रूपमा छुट्टै स्थान बनाउन सफल छिन् । नेपाली कानुन तथा भाषामा कमजोर रेखाले सुरुको एक वर्ष जनकपुर जिल्ला अदालतमा बिताइन् । यस क्रममा उनले बहस सुन्ने, विभिन्न मुद्दाका फाइल अध्ययन गर्ने आदि काम गरिन् भने २०६२ सालमा लाइसेन्स लिएर विधिवत् कानुन व्यवसाय थालिन् । हाल उनी धनुषा, महोत्तरी र सर्लाही जिल्ला अदालत तथा जनकपुर पुनरावेदन अदालतमा प्राक्टिस गर्छिन् । प्रायः महिलाहरूकै मुद्दा हेर्ने रेखा महिलाहरूमा अंश तथा सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेकोमा चिन्तित छिन् ।

शिक्षा ः एल.एल.बी. तथा मैथिलीमा अनर्स ।

योगदान ः जनकपुर बारकी प्रथम महिला कानुन व्यवसायी ।

प्रेरणा ः आमाबुबा ।  

अनुभवले भन्छ ः गलत प्रचारको पछि नलागी आफ्नो लक्ष्यतर्फ अघि बढ्नुपर्छ ।   

विशेषता ः लगनशील, निर्भीक तथा प्रतिपक्षीको विचार खण्डन गर्दै आफ्नो तर्क स्थापित गर्न सक्नु  ।  

कमजोरी ः मुखमुखै सही कुरा गर्नु  ।  

अझ के गर्न सकिन्छ ः महिलाहरूलाई अधिकारका लागि सचेत र जागरुक बनाउनुपर्छ ।  

चुनौती ः महिलाहरू कानुन व्यवसायीका रूपमा स्थापित हुनु नै ठूलो चुनौती हो ।

लक्ष्य ः महिलाहरूको हक-अधिकारका लागि सधैं लागिरहने । पैसाभन्दा पनि नाम कमाउने ।



रेखाकुमारी झा

४५ वर्ष,कानुन व्यवसायी





ध्ानुषा देवडिहा गाविसकी स्थायी बासिन्दा पुष्पाकुमारी झाले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा एम.ए. पूरा गरेकी छिन् । पुष्पा अहिले मालपोत कार्यालय धनुषामा अधिकृत छिन् । पुष्पाका श्रीमान् प्रवीणकुमार झा डब्लुएचओमा कार्यरत छन् । बी.ए. अध्ययनकै क्रममा २०५५ सालमा प्रणयसूत्रमा बाँधिएकी पुष्पाले २०५२ देखि २०६४ सालसम्म स्थानीय एक विद्यालयमा शिक्षिकाका रूपमा पनि काम गरेकी थिइन् भने  ६४ देखि ६८ सालसम्म एजुकेसन इन्टरनेसनलको प्रोजेक्टमा काम गरेकी थिइन् । आठ महिनाको सघन तयारीपछि लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्ने पुष्पाको उद्देश्य कम्तीमा पनि सचिवसम्म पुग्नेछ । पुष्पा भन्छिन्—दुई वर्ष जनकपुरमा काम गरेर, कुनै लो प्रोफाइल कार्यालयमा सरुवा गराउँछु अनि त्ायारी गरेर उप-सचिवको परीक्षा दिन्छु ।

शिक्षा ः एम.ए. अंग्रेजी ।  

प्रेरणा ः आमाबुबा र श्रीमान् ।  

अनुभवले भन्छ ः लगनशील भएर काम गर्दा जस्तोसुकै सफलता पनि प्राप्त गर्न सकिन्छ । लोक सेवालाई हौवा बनाउनुभन्दा राम्रो तयारी गरे उत्तीर्ण हुन सकिन्छ ।

विशेषता ः लगनशील, निर्भीक तथा अध्ययनशील  ।  

कमजोरी ः भावुक ।   

अझ के गर्न सकिन्छ ः मालपोत अधिकृतका रूपमा लथालिङ्ग फाइलिङलाई व्यवस्थित गर्नु छ  ।  

चुनौती ः नेपाल सरकारको अधिकृतका रूपमा भय, त्रास, लोभ, लालचमुक्त भएर सफलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नु ।



पुष्पाकुमारी झा

३६ वर्ष

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन