आकर्षण एमआरमा

रोग र रोगीको संख्यामा आएको वृद्धिसँगै अस्पताललगायत स्वास्थ्य केन्द्रहरू स्थापना हुने क्रम बढेको छ । अहिले सहरी क्षेत्रमा धमाधम अस्पताललगायत स्वास्थ्य केन्द्रहरू स्थापना भैरहेका छन् भने ग्रामीण क्षेत्रमा पनि त्यसको विस्तार हुने क्रम जारी छ । यता रोग निदानका लागि औषधि उत्पादन र खपत पनि बढ्दो छ । त्यसैले स्वास्थ्य क्षेत्रमा रोजगारीको सम्भावना व्यापक बन्दै गएको जानकारहरू बताउँछन् । यसमध्ये पनि औषधि तथा मेडिकल इक्विपमेन्टको बिक्री तथा बजार प्रवर्द्धनसम्बन्धी काम गर्नेहरूका लागि यो क्षेत्र रोजगारीको र्ऊवर थलो बनेको छ ।

'जागरुक र आत्माविश्वासी युवा-युवतीहरूले यहाँ राम्रो प्रगति गर्न सक्छन्' नेपाल मेडिकल सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसनका कार्यकारी सदस्य कुमार क्षेत्री भन्छन्-'यो रोजगारीको व्यापक सम्भावना बोकेको क्षेत्र हो ।' नेपालमा मात्र औषधि उत्पादन गर्ने कम्पनीको संख्या ५० नाघेको छ भने भारतलगायत मल्टिनेसन गरी करिब डेढ सय कम्पनी नेपाली बजारमा सक्रिय छन् । यी कम्पनीमा आबद्ध सयौंले एमआर -मेडिकल रिप्रेजेन्टेटिभ) का रूपमा राम्रो आय आर्जन गरिरहेका छन् ।

के हो एमआर ?

कुनै पनि कम्पनीले उत्पादन गरेको औषधिको बजार प्रवर्द्धन गर्ने व्यक्ति हुन्- एमआर । चिकित्सक तथा औषधि बिक्रेताकहाँ पुगेर आफ्नो कम्पनीको औषधिको मार्केटिङ गर्न सक्ने खुबी हुनुपर्छ-उनीहरूमा । कुन कम्पनीको औषधि हो, कति मूल्य पर्छ, अन्य औषधिभन्दा के फरक छ, यसको प्रभावकारिता कस्तो छ आदि विषयमा जानकारी गराएर बिक्री गर्न सक्नेले नै यस क्षेत्रमा प्रगति गर्न सक्छन् । यसका लागि उनीहरूमा औषधिसम्बन्धी ज्ञान हुनुका साथै त्यसको सबल पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने क्षमता पनि हुनुपर्छ ।

यद्यपि प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको यो क्षेत्र कम जिम्मेवारीपूर्ण छैन । बारम्बार चिकित्सकसँग साक्षात्कार गर्नु, आफ्नो उत्पादनका सम्बन्धमा विश्वास दिलाउनु यो पेसाको आकर्षण र चुनौती हो । एमआरले आफूलाई सधैं सफा, स्वस्थ, आकर्षक र सभ्य रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । अंग्रेजी भाषामा राम्रो दख्खल, कम्युनिकेसन स्किल, मार्केटिङ ज्ञान, मीठो बोली एवं प्रभावशाली व्यक्तित्व एमआरका लागि आवश्यक गुण हुन् ।

एमआरले चिकित्सक तथा पसलमा गएर औषधिको बजार प्रवर्द्धन गर्नुपर्ने हुन्छ । चिकित्सकसँग प्रत्यक्ष भेटेर आफ्नो परिचय, कम्पनीको परिचय, औषधि -मोलिक्युल) आदि विषयमा जानकारी दिनुका साथै अरू मोलिक्युलभन्दा आफ्नो मोलिक्युल किन प्रभावकारी छ भन्ने कुरा बुझाउनुपर्छ । यसरी आफ्नो कम्पनीका औषधिप्रति चिकित्सकलाई आकषिर्त गर्नु नै एमआरको सफलता हो । एसोसिएसनका कार्यकारी सदस्य क्षेत्री भन्छन्-'एमआरले हरेक दिन राम्रो पर्फमेन्स देखाउन सक्नुपर्छ, हरेक दिन नै उसको परीक्षा हो ।' यात्रा गरिरहनुपर्ने, चिकित्सकसँग भेट्नका लागि समय कुर्नुपर्ने र आफ्नो उत्पादनप्रति चिकित्सकको विश्वास जित्नुपर्ने चुनौतीको सामान हरेक क्षण गर्नुपर्छ । एमआरले चिकित्सकको मनोविज्ञानअनुसार आफूलाई प्रस्तुत गर्नुपर्ने क्षेत्रीको भनाइ छ ।

पछिल्लो समय एमआरमा महिलाहरूको उपस्थिति पनि बढ्दै गएको छ । अहिले नेपालमा करिब २ सय महिला एमआरका रूपमा सक्रिय रहेको बताइन्छ । त्यसमा दक्षहरूले रोजगारीको अवसर सजिलै पाउने र कमाइ पनि राम्रो हुने भएकाले यो क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको हो । त्यसो त महिलाहरू बढी विश्वासिला र धैर्य हुने भएकाले पनि उनीहरूका निम्ति यो पेसा उपयोगी हुन्छ । पुरुषको तुलनामा महिलाहरूले आफ्नो औषधिका बारेमा राम्रोसँग कन्भिन्स गर्न सक्ने क्षेत्रीले बताए ।

कसरी बन्ने

एमआर अध्ययनका लागि साइन्स ग्राजुएसन हुनुपर्छ । कतिपयले कमर्स ग्राजुएट र सम्बन्धित कामका लागि क्षमतावान् भए आर्ट ग्राजुएटले समेत एमआरसम्बन्धी तालिम हासिल गर्न सक्छन् । एमआर तालिम सम्बन्धित औषधि उत्पादन कम्पनीहरूले उपलब्ध गराउँदै आएका छन् भने केही तालिम केन्द्र संचालनमा छन् ।

शिक्षित, जनसम्पर्क बढाउन सक्ने, मेहनती, बौद्धिक, आत्मविश्वासी एवं आकर्षक व्यक्तित्व भएकाले यो क्षेत्रमा आफूलाई स्थापित गर्न सक्छन् । एमआरले औषधि व्यवस्था विभागमा दिनहुँ दर्ता हुने नयाँ-नयाँ औषधिका बारेमा जानकारी लिइरहनुपर्छ । कस्ता औषधि आएका छन्, कति मूल्य पर्छ, प्याकेजिङ कस्तो छ सबै विषयमा जानकारी हासिल गर्नुपर्छ । चिकित्सकले सोधेको कुनै पनि प्रश्नको तत्काल उचित उत्तर दिन पनि औषधिका सम्पूर्ण पक्षका बारेमा जानकार हुनु जरुरी छ ।

नेपालमा करिब ३ सय औषधि उत्पादन तथा प्रवर्द्धन गर्ने कम्पनी छन् । कमाइको हिसाबले यो पेसा निकै आकर्षक मानिन्छ । एमआरका रूपमा प्रवेश गरेपछि सुरुमै कम्पनीले १० हजारभन्दा बढी वेसिक सेलरी प्रदान गर्छन् । त्यसबाहेक दैनिक भत्ता तथा यात्रा भत्ता छुट्टै पाइन्छ । एक वर्षे परीक्षणकाल पूरा गरेपछि पारिश्रमिक स्वतः वृद्धि हुँदै जान्छ । त्यस्तै लक्ष्य गरिएको परिणाममा बिक्री भए त्यसवापत पनि पैसा आउँछ । राम्रो पर्फमेन्स देखाउन सक्ने योग्य व्यक्तिले मासिक लाखौं रुपैंयाँ कमाउन सक्छन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by शिव मुखिया
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन