रुल्स अफ लाइफ म्यानेजमेन्ट
जीवन जिउने आ-आफ्नै तरिका हुन्छ र जीवनलाई नियमको परिधिभित्र बाँध्न पनि सम्भव हुँदैन । यस्तो जीवनलाई सही रूपमा अघि बढाउन र जीवनमा सन्तुलन कायम राख्न आफूमा केही परिवर्तन ल्याएर केही नयाँ शैली समावेश गरे जीवन सहज हुन्छ र टेन्सनबाट पनि मुक्ति पाइन्छ ।
सकारात्मक सोचः व्यक्तिले चाहे सकारात्मक कुरा सोचेर नै आफ्नो मस्तिष्कलाई ट्रेन्ड गर्न सक्छ । अतः नकारात्मक कुरा र सोच भएकाहरूबाट टाढा रहनुपर्छ अनि हरेक काममा सकारात्मक दृष्टिकोण अपनाउनुपर्छ ।
लक्ष्य तय गर्नुपर्छः जीवनमा के गर्ने हो सोहीअनुसार निर्णय गरेर लक्ष्य तय गर्नुपर्छ । त्यसपछि विशेष तयारीमा जुट्नुपर्छ । यसबाट भविष्यको दिशा निर्धारित हुन्छ र सहज रूपमा अघि बढ्न सकिन्छ ।
टार्गेटमा फोकस गर्नुपर्छः एकपटक निश्चित गरेपछि त्यसमा फोकस रहनुपर्छ । यसबाहेक अरू पनि गर्न सकिन्थ्यो भन्ने सोचेर समय र इनर्जी खर्च गर्नु ठीक होइन । लगनशील भै निरन्तर परिश्रम गरे अवश्य प्राप्त हुन्छ ।
चुनौती स्वीकार गर्नुपर्छः आम मानिसले जस्तै दैनिक गुजारा चलाउन दाल, भात एवं तरकारीकै लागि जीवन बिताउन सकिन्छ, तर विशेष रूपमा अलग पहिचानका साथ अघि बढ्न चाहने हो भने हरेक चुनौतीलाई पन्छाउँदै अघि बढ्न सकिन्छ ।
टाइम म्यानेजमेन्टः समय बितेपछि गरिएको कामको मूल्य रहँदैन । समयको मूल्य र महत्वलाई पहिचान गरी योजनाबद्ध ढंगले त्यसलाई म्यानेज गर्नुपर्छ ।
राम्रो कम्युनिकेटर बन्नुपर्छः अफिस वा घर, सबैतिर प्रेमपूर्वक कुराकानी गर्नुपर्छ कुनै त्यस्तो प्रोजेक्ट जसमा काम गर्दा बढी खुसी प्राप्त हुन्छ, त्यसका लागि बोसप्रति आभारी हुनुपर्छ । यसबाट आफ्नो कुशलताका सम्बन्धमा बोसलाई जानकारी प्राप्त हुन्छ साथै उनलाई आफ्नो जिम्मेवारीबाट डराउनु वा आत्तिनु हुँदैन भन्ने पनि थाहा हुन्छ ।
सामाजिक बन्नुपर्छः यदि नयाँ मानिसहरूसित मेलमिलाप गर्ने कुरा आफ्नो बानीमा समावेश छैन भने त्यसलाई व्यवहारमा ल्याउने प्रयास गर्नुपर्छ । आफ्नो डेली रुटिनबाट हटेर कुनै सामाजिक नेटवर्कको हिस्सा बन्नुपर्छ । केही समय सामाजिक कामका लागि छुट्याउनुपर्छ ।
नयाँ कुरा सिक्नुपर्छः यदि कुनै कामलाई लिएर आफैंप्रति विश्वस्त हुन सकिएन भने त्यसलाई राम्रोसँग सम्पन्न गर्न कुनै तालिम लिन सकिन्छ जुन आफ्नो कामसित जोडिएको हुन्छ । यसबाट नयाँ दृष्टि प्राप्त हुन्छ । यसले आफूलाई अपडेट राख्छ र बायोडाटाको वजन बढाउँछ ।
प्राथमिकता तय गर्नुपर्छः क्षेत्र कुनै पनि किन नहोस्, प्राथमिकता तय गर्नु आवश्यक छ, यो इष्टमित्र, घर एवं कार्यक्षेत्रसम्म महत्वपूर्ण छ । जरुरी कामको सूची बनाउनुपर्छ र सबैभन्दा पहिले गर्नुपर्ने काम तय गरी त्यसलाई पहिले गर्नुपर्छ ।
योजना बनाउनुपर्छः कुनै पनि काम योजना बनाएर मात्र गर्नुपर्छ । आफ्नो प्रत्येक कार्यका लागि समय निश्चित गर्नुपर्छ ।
सामूहिक भावनाः सबैसित मिलेर काम गर्ने प्रवृत्तिले आफ्नो कार्य सहज मात्र हुँदैन सबैको मनमा स्थान बनाउन पनि सक्षम भइन्छ । समूहलाई सँगै लिएर काम गर्ने रुचिका कारण एकदिन लिडर पनि बन्न सकिन्छ ।
स्वास्थ्यमा ध्यान दिनुपर्छः बदलिँदो जीवनशैली र फास्टफुडप्रतिको बढ्दो क्रेजसँगै आफ्नो स्वास्थ्यसित खेलवाड गर्नु हुँदैन । त्यसैले सन्तुलित भोजन ग्रहण गर्नुपर्छ । हरियो तरकारी एवं फलफूललाई भोजनमा समावेश गर्नुपर्छ । आफ्नो दैनिकीमा व्यायाम र योगलाई समावेश गर्नुपर्छ ।
प्रोफेसनल र पर्सनल लाइफमा सन्तुलनः
अफिसको कामलाई अधूरो नहुने गरी म्यानेज गर्नुपर्छ । यदि घर र अफिसलाई व्यवस्थापन गर्न गाह्रो भैरहेको छ भने आफ्नो कार्य शैलीमा परिवर्तन ल्याउनुपर्छ । त्यसका लागि सहयोगी राख्नुपर्ने हुन्छ तर कामलाई लिएर स्वयं र अरूलाई टेन्सन दिनु ठीक होइन ।
केही समय कामबाट फुर्सदः आफ्नो जिम्मेवारीलाई साथीसित मिलेर बाँड्नुपर्छ र थोरै समय आफू र आफ्नो परिवारका लागि फुर्सद निकाल्नुपर्छ । कहिलेकाहीँ छुट्टी मनाउन जानुपर्छ जहाँ घरको काम र अफिसको टेन्सन हुँदैन ।
फाइनेन्सियल प्लानिङः आफ्ना आर्थिक आवश्यकताहरूलाई पूरा गरेर भविष्यका लागि बचत योजना बनाउनु फाइनेन्स प्लानिङ हो । आम्दानीअनुसार केही बचत गरी भविष्य सुरक्षित गर्नु बुद्धिमानी हुन्छ ।
अपडेट रहनुपर्छः समयसँगै चल्नु आवश्यक छ । आफू अपडेट हुनुपर्छ र यसका लागि अखबार, म्यागजिन, नेट र सोसल नेटवर्किङ साइटबाट विभिन्न जानकारी लिइरहनुपर्छ । यसबाट ज्ञानको भण्डार बढ्छ र आत्मविश्वास पनि ।
चिन्ताबाट मुक्त भएर अघि बढ्नुपर्छ । त्यसपछि जीवन सहज हुन्छ । जीवनमा दुःख एवं समस्याहरू आउँछन् तर जसले त्यसको सामना गर्छ उसैले जीवनलाई सही रूपमा अघि बढाउन सक्छ ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया