कस्तो छ जीवनशैली ?
के साँचो, आवश्यक कागजात, सेलफोन आदि राख्ने ठाउँ निश्चित छ ?
क) एकदम निश्चित छ,
ख) कहिलेकाहीँ ध्यान पुर्याएर राख्नुहुन्छ,
ग) प्रायः सर-सामान हराउँदैन ।
घर व्यवस्थित हुनुपर्छ भन्ने विषयमा कति सजग हुनुहुन्छ ?
क) तपाईंको उपस्थितिमा घर अव्यवस्थित हुँदैन,
ख) केही हदसम्म ध्यान दिनुहुन्छ,
ग) समय अभावका कारण जति हुन्छ त्यसमै सन्तुष्ट रहनुहुन्छ ।
घरमा कस्ता पहिरन लगाउनुहुन्छ ?
क) सधै आफूलाई आराम र सुविधा महसुस हुने पहिरनलाई प्राथमिकता दिनुहुन्छ,
ख) बाहिर जाने पहिरनलाई बढी
महत्व दिनुहुन्छ,
ग) घरमा बस्दा खासै ख्याल गरिँदैन ।
खाना खाँदा डाइनिङ टेबल व्यवस्थित र सफा हुनुपर्छ ?
क) एकदम व्यवस्थित र सफा हुनुपर्छ, नभए खाना खान सकिँदैन,
ख) कहिलेकाहीँ आवश्यक महसुस हुन्छ,
ग) खासै महत्व दिनुहुन्न, पेट भर्ने, भोक मेटाउने कुरा महत्वपूर्ण हुन्छ ।
अवसरअनुसार प्रयोग गरिने सर-सामान राख्ने ठाउँ निश्चित हुनुपर्छ ?
क) अत्यन्त जरुरी छ,
ख) हुनुपर्छ,
ग) खासै जरुरी छैन, जहाँ ठाउँ हुन्छ, त्यहीँ राख्न सकिन्छ ।
के तपाईंलाई आफ्नो भावनालाई वशमा राख्न आउँछ ?
क) अत्यन्त जरुरी छ, सधै राख्नुहुन्छ,
ख) कहिलेकाहीँ,
ग) जरुरी छैन, भावना वशमा राख्न
होइन, अभिव्यक्त गर्नुपर्छ ।
शिशुहरूका खेलौना एवं सरसामान राख्ने ठाउँ लिभिङ रूममा नभई कुनै अरू निश्चित ठाउँमा हुनुपर्छ ।
क) जरुरी छ होइन भने चारैतिर फोहोर देखिन्छ,
ख) भए राम्रो,
ग) आवश्यक छैन ।
के सधै ठीक ढंगबाट तयार हुनुहुन्छ ?
क) सधैं हुनुहुन्छ,
ख) बाहिर जानुपरे,
ग) खासै जरुरी मान्नुहुन्न ।
तपाईंलाई कस्तो संगीत मनपर्छ ?
क) शास्त्रीय,
ख) पप,
ग) फिल्मी ।
मनपर्ने सौन्दर्य उत्पादन ?
क) परफ्युम,
ख) लिपिस्टिक,
ग) मोस्चराइजर ।
तपाईंको पावर ड्रेसिङको सूचक ...
क) मोबाइल फोनसित मिल्दो एसेसरिज,
ख) ह्यान्ड ब्याग,
ग) बेल्ट ।
कस्ता चलचित्र मन पराउनुहुन्छ....
क) विदेशी चलचित्र,
ख) आर्ट चलचित्र,
ग) मसाला चलचित्र ।
कस्तो प्रकारको जिन्स मनपर्छ...
क) स्ट्रेच डेनिम,
ख) हिपस्ट्रस वा केपरी,
ग) कार्गो पाइन्ट ।
धेरैजसो के पढ्न रुचाउनुहुन्छ ...
क) कम्प्युटरमा नेट सफिर्ङ,
ख) कविता वा कथा,
ग) यसका लागि समय छैन ।
कुनै पार्टी वा समारोहमा डि्रंक लिनुपरे
क) सफ्ट डि्रंक वा जुस,
ख) जिन वा वाइन,
ग) कुनै पनि डि्रंक ।
समयमै पूरा गर्नुपर्ने कामलाई तपाईं कति महत्व दिनुहुन्छ ?
क) काम सुरु गरेपछि समाप्त
गरेरै छोड्नुहुन्छ,
ख) भए राम्रो,
ग) खासै आवश्यक मान्नुहुन्न ।
के कुनै सामान किन्दा मोलतोल गर्नुहुन्छ ?
क) संकोच मान्नुहुन्छ,
ख) समय भए गर्नुहुन्छ,
ग) पर्याप्त मोलतोल गर्नुहुन्छ ।
सरल जीवनलाई प्राथमिकता दिनुहुन्छ.....
क) दिनुहुन्न, समय कम छ, काम धेरै, अतः व्यस्त रहनु नै राम्रो,
ख) जीवन सहज छैन,
ग) आराम ठूलो कुरा हो, फुर्सदमा आनन्दको लाभ उठाउनुपर्छ ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया