लगनशील संगीहरू

महिलाको धैर्य तथा परिश्रमले भताभुङ्ग भएको काम पनि पुनः सप्रन्छ । महिलाहरूको परिश्रमले चारैतिरको वातावरण सुखमय बन्छ । महिलाहरूमा जुन धैर्यको गहना हुन्छ त्यसले गर्दा उनीहरूलाई जगत्माताको दर्जा दिइएको हो । आमाको शीतल छहारीले परिवारमा आएको जस्तोसुकै विपत्तिलाई पनि साम्य पार्न सक्छ । उनीहरूको छहारीले समस्त परिवारलाई एक प्रकारको ऊर्जा प्रदान गर्छ । आमाहरूकै साहसले यो संसारको सृष्टि निरन्तर चलिरहेको छ ।

अहिले नेपालकै पहिलो रिकन्डिसन हाउस तेज एण्ड करणले अटो बजारमा जोडतोडका साथमा पुनर्जन्म पाएको छ । त्यसका पछाडि यसकी संचालिका मञ्जु जैनको धैर्य एवं साहसले भूमिका खेलेको हो भन्दा फरक पर्दैन । एक दशकदेखि गाडीहरू किनबेचको काम गर्दै आएकी यस संस्थाकी संचालिका मञ्जु अहिले घरायसी तथा आफ्नो व्यापारलाई समानान्तर रूपबाट अघि बढाइरहेकी छिन् । दिनमा उनी सयौं मान्छेसँग कुराकानी गरी आफ्नो व्यापारलाई सफलतातिर डोर्‍याउँछिन् । पटना युनिभर्सिटीबाट स्नातक मत्तजु सहनशीलतालाई नारीको सबैभन्दा ठूलो गहना मान्छिन् र जीवनलाई सधैं सकारात्मक रूपमा हेर्छिन् । कहिल्यै हरेस नखाने मञ्जुले यो आफ्नो संस्थाको व्यापारको परिधि विस्तार गरिरहेकी छिन् । अहिले उनी गाडी मात्र होइन घरजग्गासम्बन्धी कार्यमा पनि व्यस्त छिन् । ३७ वषर्ीया जैन महिलाहरूले चाहे हरेक क्षेत्रमा आफूलाई स्थापित गर्न सक्ने बताउँछिन् ।

त्यसो त मानिसहरूको भेटघाटबाट बिहान १० बजेदेखि आफ्नो दिनचर्या सुरु गर्ने निमाको जीवनचर्या पनि यस्तै रोचक छ । ३० वसन्त पार गरेकी निमा श्रेष्ठले आफ्नो स्कुले जीवन सेन्ट मेरिजमा बिताइन् । स्नातक लगत्तै बंैकिङ जीवन आरम्भर गरेकी निमाले यो क्षेत्रमा धेरै समय बिताएकी छिन् । उनले थप बैंकिङसम्बन्धी अध्ययन नेदरल्यान्डबाट पूरा गरिन् । हाल उनी सनराइज बैंकमा संलग्न भएकी हुन् । उनले यो बंैकको बजार हेर्छिन् । यो काममा दिनहुँ नयाँ-नयाँ अनुभव तथा नयाँ-नयाँ मानिसलाई भेटेर आफूलाई एक्स्प्लोर गर्न पाइने उनी बताउँछिन् । उनी आफूलाई सधंै अपटुडेट राख्न मन पराउँछिन् । पढ्न मन पराउने निमा विविध काममा आफूलाई प्रखर राख्ने एक साहसिक पात्र भन्न रुचाउँछिन् ।

त्यसैगरी व्यापारिक पृष्ठभूमिमा खेली-बढेकी मिसु श्रेष्ठले आफ्नो अध्ययन नेपाल तथा जर्मनीमा पूरा गरेकी हुन् । सानैदेखि सिर्जनात्मक कार्य गर्न मन पराउने श्रेष्ठले बुबाकै सूर्य कार्पेट तथा पस्मिनामा पृथक् शैली निम्त्याउन सघाइन् । आफूलाई प्रखर डिजाइनरका रूपमा स्थापित गर्न उनी कटिबद्ध छिन् । आफ्नो सिर्जनालाई अझ निखार्न उनी तालिमका लागि फेसननगरी मिलान पुगिन् । उनले हालसालै आयोजना गरेको फेसन शोको फिडब्याक निकै राम्रो थियो । उनले तयार पारेका पोसाकहरू निकै राम्रा तथा नेपालकै लागि युनिक थिए । डिजाइनबाहेक फोटोग्राफीमा रुचि राख्ने मिसुको जनावर तथा प्रकृतिसम्बन्धी फोटोग्राफीको वेवसाइड पनि चाँडै नै सर्च गर्न सकिने छ । ४० वषर्ीया श्रेष्ठको उत्तम सिर्जनाले नेपाली फेसन जगत्मा नयाँ आयाम थप्न सक्छ ।

 

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by झरना नहर्की
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

आँखाअनुरूप मेकअप

यदि आँखा सानो छ भने आँखा ठूलो देखाउने मेकअप गर्नुपर्छ। यसका लागि... पूरा लेख »

तटीय मस्तीका लागि गोवा

समुद्री छालमा लुकामारी खेल्नुको आनन्द कस्तो हुन्छ ? हामी धेरैलाई... पूरा लेख »

बलिउड वुमेन पावर

अन्य क्षेत्रमा जस्तै मेल डोमिनेटिङ बलिउड चलचित्र उद्योगमा पनि अब... पूरा लेख »

पुरुष

तपाईंको आइडियल पर्सन... पूरा लेख »

विज्ञापन