निर्देशक सिरोहियालाई मातृशोक

कान्तिपुर पब्लिकेसन्स प्रा. लि. तथा कान्तिपुर एफएमकी निर्देशक स्वस्तिका सिरोहियालाई मातृशोक परेको छ । श्रीमती सिरोहियाकी ७७ वषर्ीया आमा सौभाग्यवती स्वाँरको गत महिना निधन भएको हो । उनका दुई छोरा र पाँच छोरी छन् । उनी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाकी सासू हुन् ।

नारी मासिक, परिवारका तर्फबाट शोक सन्तप्त परिवारमा हार्दिक समवेदना अनि स्वर्गिय स्वाँरको चिरशान्तिको कामना गर्दछौं ।





मानव अधिकार

रक्षकसम्बन्धी मार्गनिर्देशिका २०६९ माथि सुझाव हस्तान्तरण मानव अधिकार आयोगले गत महिना मस्यौदा गरेको मानव अधिकार रक्षकहरूसम्बन्धी मार्गनिर्देशिका २०६९ माथि विभिन्न जिल्लाबाट आएका सुझावहरू राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय केदारनाथ उपाध्यायलाई हस्तान्तरण गरिएको छ । उक्त मस्यौदा समीक्षा गर्ने कार्य समूहमा अधिवक्ता दलबहादुर धामी, महिला मानव अधिकार रक्षकहरू विष्णु न्यौपाने, डा. रेणु राजभण्डारी, करुणा जोशी तथा कला राई संलग्न थिए ।



जलवायु परिवर्तनबाट पनि महिला नै बढी पीडित

नेपालमा जलवायु परिवर्तनसँग सम्बन्धित गतिविधि, नीति र कार्यक्रमले महिलालाई सम्बोधन गर्न नसकेको निष्कर्ष एक अध्ययनले निकालेको छ । जलवायु परिवर्तनका कारण महिलाहरूले अनेकन समस्या भोगिरहेका भए पनि सम्बोधन गर्न पर्याप्त कार्यक्रम नल्याइएको अध्ययनको ठहर छ । लन्डनस्थित इन्टरनेसनल इन्स्िटच्युट अफ इन्भाइरोमेन्ट एन्ड डेभलपमेन्टले गरेको 'जलवायु र महिला मूल प्रवाहीकरण' शीर्षक अध्ययनमा महिलाका विषयमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइएको छ । अध्ययनले महिलाका विषयहरू मूल प्रवाहीकरण गर्न महिला जीवीकोपार्जनका तथ्यांकसहितको विशेष योजना बनाउने, चुनौती पत्ता लगाउन समुदायको नेतृत्वमा नीतिनिर्मातालाई प्रभावित पार्ने संयन्त्र बनाउनुपर्ने, जलवायु परिवर्तनसित अनुकूलित हुन महिलाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने आदि सुझाव दिएको छ । नीति तथा कार्यक्रम निर्माणमा महिलाको उपस्थिति कम भएकाले त्यसतर्फ ध्यान दिन पनि प्रतिवेदनमा आग्रह गरिएको छ । नेपाली महिला घाँस, दाउरा, पानीजस्ता प्राकृतिक स्रोत-साधनमा प्रत्यक्ष भर पर्ने भएकाले उनीहरू जलवायु परिवर्तनबाट धेरै प्रभावित भएको कुरा प्रतिवेदनमा उल्लेख छ ।  



महिला हिंसा अन्त्यका लागि सामाजिक जागरुकता

महिला हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा संचार मन्त्रालय, सूचना विभाग एवं नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा गत महिना राजधानीमा आयोजित 'लैङ्गकि हिंसा न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका' विषयक गोष्ठीमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिलामाथि हुने हिंसा अन्त्यका लागि सामाजिक जागरुकता जगाउनुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री भट्टराईले महिला हिंसासम्बन्धी एउटा अध्ययनलाई उद्धृत गर्दै ६५ प्रतिशत महिला घरेलु हिंसाबाट पीडित भएका र तीमध्ये २० प्रतिशतले मात्र कानुनी उपचार र सहायता लिने गरेको र त्यसो हुनुको पछाडि समाजको पुरातनवादी सोच र अशिक्षा कारण रहेको बताए ।  प्रधानमन्त्री डा. भट्टराईले महिलामाथिको हिंसा अन्त्यका लागि श्रम, सत्ता र सम्पत्तिमा महिलाको अग्राधिकार हुनुपर्ने तर नेपाली महिलाले अझैसम्म आपmनो शरीरमाथि समेत अधिकार पाउन नसकेको विडम्बना औंल्याए । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारी तथा नेपाल प्रेस इन्स्िटच्युटका महासचिव शोभा गौतमले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै लैङ्गकि हिंसा नियन्त्रण गर्न सरकारी प्रयास रहे पनि हिंसाका घटनामा कमी आउन नसकेको उल्लेख गरे ।



क्रियाशील संचारकर्मीलाई सम्मान र प्रशंसा

महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा गत महिना महिला अधिकारका क्षेत्रमा क्रियाशील संचारकर्मीहरूलाई महिला हिंसा न्यूनीकरणका लागि योगदान पुर्‍याएवापत महिला अधिकारकर्मीहरूले सम्मान र प्रशंसा गरेका छन् ।

ओरेक नेपाल, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजाल तथा बेलायती राजदूतावासको संयुक्त आयोजनामा सञ्चार क्षेत्रका उत्कृष्ट १५ जनालाई कदर पत्रसहित सम्मान र अन्य सम्पूर्ण पत्रकारहरूलाई धन्यवादसहित प्रशंसा गरिएको थियो । यसरी पुरस्कृत हुनेहरूमा टंक पन्त समाचार पत्र, चन्द्र बानियाँ रेडियो नेपाल, मञ्चला झा लेखकतर्फ, आरती चटौत नेपाल टेलिभिजन, महिलाहरूका विषयमा कलम चलाउने अमिका राजथला हसना म्यागेजिन, लक्ष्मी आचार्य सम रेखा, रेडियोतर्फ लक्ष्मी बस्नेत सीआइएन नेटवर्क, संघर्षशील प|mन्ट लाइनमा रिपोर्टिङ गर्ने पत्रकारहरूमा कल्पना घिमिरे कान्तिपुर दैनिक, लक्ष्मी महर्जन द हिमालयन टाइम्स, मत्छय गुरुङ रेडियो सगरमाथा, दिव्या ज्योति एबीसी टेलिभिजन, सीता शर्मा गोरखापत्र, पार्वता चौधरी कान्तिपुर एफएम, पवित्रा सुनार नागरिक दैनिक तथा सत्रुधनकुमार शाह खोज पत्रिका छन् ।



नौ कन्यालाई नई पुरस्कार

नई प्रकाशनले गत महिना राजधानीमा १५ वर्षमुनिका नौजना बालप्रतिभालाई नई देरूनिखपु पुरस्कार-२०६९ प्रदान गरेको छ । पुरस्कृत हुनेहरूमा साहित्यतर्फ स्मृति अधिकारी, चित्रकलातर्फ आयुष्मा रञ्जित, गायनतर्फ गरिमा ज्ञवाली, नृत्यतर्फ प्रतिष्ठा पौडेल, खेलकुदतर्फ शकुन्तला ठगुन्ना एवं बहुआयामिकतर्फ आर्या पोखरेल छन् । यसैगरी नई देरूनिखपु कोपिला पुरस्कार गायनतर्फ सुदृष्टि राई तथा नृत्यमा डेचेन लामालाई प्रदान गरिएको छ । नई देरूनिखपु चिचिला पुरस्कार साढे तीन वषर्ीया अगि्रया सिंहलाई प्रदान गरिएको छ ।



निणर्ायक तहमा महिला आवश्यक

गत महिना भरतपुर, चितवनमा सम्पन्न एक कार्यक्रममा सहभागीहरूले निणर्ायक तहमा महिलाको सहभागिता नभएका कारण महिलासम्बन्धी समाचार प्रकाशन र प्रसारणमा कमी आएको बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत केयर नेपालको सहयोगमा नेपाल पत्रकार महासंघ चितवनले आयोजना गरेको लैंगिक हिंसा न्यूनीकरणका लागि संचारकर्मीको भूमिका विषयक अन्तरसंवाद कार्यक्रमका महिला वक्ता एवं अधिकारकर्मीहरूले त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । उनीहरूले महिलाका समस्या सार्वजनिक गर्न महिला संचारकर्मीको आवश्यकता औंल्याए । महिला संचारकर्मी भए पनि सम्पादकीय स्तरमा महिलाको कमी भएको उनीहरूको भनाइ थियो । कार्यक्रमका अधिकांश वक्ताले महिलालाई निणर्ायक तहमा पुर्‍याउनुपर्ने कुरामा जोड दिएका थिए ।



पुष्पा बनिन् सीएनएन हिरो

पुष्पा बस्नेत 'सीएनएन हिरो -२०१२' चुनिएकी छिन् । बन्दी जीवन बिताइरहेका अभिभावकसँग कारागारमै बस्ने बालबालिकाको उद्धार कार्यमा संलग्न पुष्पा टप टेनमा छानिएका अन्य नौ प्रतिस्पर्धीलाई उछिनेर सीएनएन हिरो बन्न सफल भएकी हुन् । काठमाडौंको चपलीस्थित एउटा घर भाडामा लिएर विगत सात वर्षदेखि बालबालिकाको स्याहार गर्दै आएकी २८ वषर्ीया अविवाहित पुष्पाले सीएनएन हिरोको उपाधिका साथै २ लाख ५० हजार अमेरिकी डलर पनि प्राप्त गरिन् । यसअघि उत्कृष्ट १० मा छानिँदा उनले ५० हजार डलर प्राप्त गरिसकेकी छिन् । हालसम्म १ सय ४० जना बालबालिकालाई जेलबाट उद्धार गरेर हुर्काइसकेकी पुष्पाको रेखदेखमा अहिले ४५ जना बालबालिका छन् । उनलाई सबै बालबालिकाले 'मामु' भनेर बोलाउँछन् ।

नेपाली महिला सीएनएन हिरो घोषित भएको यो दोस्रो अवसर हो । यसअघि सन् २०१० मा माइती नेपालकी संस्थापक एवं चेलिबेटी बेचबिखनविरुद्ध निरन्तर रूपमा क्रियाशील अनुराधा कोइराला सीएनएन हिरो बन्न सफल भएकी थिइन् । अमेरिकाको केबल न्युज नेटवर्क -सीएनएन) ले प्रदान गर्ने यो उपाधि हालसम्म ६ जनाले प्राप्त गरेका छन् भने छ वर्षे यो अवधिमा १ सय ८० भन्दा बढी सीएनएन हिरोमा मनोनीत भैसकेका छन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

आँखाअनुरूप मेकअप

यदि आँखा सानो छ भने आँखा ठूलो देखाउने मेकअप गर्नुपर्छ। यसका लागि... पूरा लेख »

तटीय मस्तीका लागि गोवा

समुद्री छालमा लुकामारी खेल्नुको आनन्द कस्तो हुन्छ ? हामी धेरैलाई... पूरा लेख »

बलिउड वुमेन पावर

अन्य क्षेत्रमा जस्तै मेल डोमिनेटिङ बलिउड चलचित्र उद्योगमा पनि अब... पूरा लेख »

पुरुष

तपाईंको आइडियल पर्सन... पूरा लेख »

विज्ञापन