नारी अझ पठनीय बनोस्

म नारी पत्रिकाको नियमित पाठक हुँ । मेरो परिवारका सबैजसो सदस्य नारीलाई रुचिपूर्वक  पढ्छन् । विगत केही समययता नारी व्यापारमुखी भएजस्तो लागेको छ । हुन त विज्ञापनबिना पत्रिका चल्ने कुरा पनि भएन । त्यसैले पत्रिकामा सकेसम्म बढी विज्ञापन राखिनु स्वाभाविक हो । नारीजस्तो नेपाली नारीको प्रतिनिधिमूलक पत्रिकाले व्यापारीकरणतर्फ बढी लहसिनु भएन । पठनीय सामग्रीभन्दा बढी विज्ञापन भएकाले पढ्ने कुरा कता छन् भनी खोज्दै जानुपर्ने अवस्था सिर्जना भएको छ । मलाई रेसिपी स्तम्भ निकै मन पर्ने भएकाले यो पहिलेभन्दा नघटोस् ।  अन्त्यमा नेपाली नारीहरूको यो पत्रिका अझ फैलियोस्, यसले नारीहरूको हृदय छुन सकोस्, उनीहरूको पीडा-व्यथामा मल्हम लगाउन सकोस् भन्ने कामना गर्दछु ।

सुस्मिता दवाडी, स्युचाटार, काठमाडौं



नेपाली  महिलाको वैदेशिक रोजगारी

नेपालबाट प्रशस्त महिला वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये धेरैजसो घरेलु कामदारका रूपमा विदेश पुगेका छन् र पूर्णरूपमा सुरक्षित पनि छैनन् । विदेश जानुअघि त्यहाँको वस्तुस्थिति नबुझी हचुवामा निर्णय गर्नु तथा मेनपावर एजेन्सीहरूले यथार्थ कुरा नबताई आपmनो दुनो सोभmयाउँदा महिलाहरू बढी पीडित भएको पाइन्छ । विदेशमा भरोसा गरेका व्यक्तिहरूले धोका दिएर हुने ठगी तथा अन्य विभिन्न कारणले अलपत्र परेका कारण महिला कामदारहरू सुरक्षित हुन नसकेका हुन् । सुखद भविष्य निर्माण गर्ने सपना बोकेर विदेश भासिएका असहाय नेपाली नारीहरूले घरेलु कामदारका रूपमा काम गर्दा कतिपय अवस्थामा गाली, कुटपिट, यौनशोषणजस्ता समस्या झेल्नु परिरहेको छ भने भनेको समयमा भनेजति तलब नदिने समस्या पनि विकराल छ । फेरि अर्काको पञ्जामा परेपछि सहजै फुत्कन मिल्ने अवस्था पनि रहँदैन । त्यसैले उनीहरू बाध्यतावश यातना झेलिरहेका छन् या त आत्महत्याको बाटो रोजिरहेका छन् । यसलाई रोक्न सरकारले गैरकानुनी ढंगले विदेश जान पूर्णतः रोक लगाउने, मेनपावरहरूलाई व्यवस्थित गर्ने, विदेश जान चाहनेहरूलाई वैधानिक तवरले पठाउने र जानुअघि आवश्यक तालिम एवं सरसल्लाह प्रदान गर्ने काम गर्नुपर्छ । यसो गर्न सके विदेश गएर चेलीहरूले कमाएको पैसाले देशको आर्थिक पक्ष समृद्धितर्फ उन्मुख हुनेछ ।

सुशीला शर्मा, घट्टेकुलो, काठमाडौं



सार्वजनिक शौचालय थप्नुपर्‍यो

राजधानीमा यात्रा गर्दा शौच गर्न मन लागे पनि शौचालय पाउन मुस्किल छ । काठमाडौंमा केही सशुल्क शौचालय छन् तर ती पनि पर्याप्त मात्रामा छैनन् । फेरि शौचालयको समस्या पुरुषले भन्दा बढी महिलाले बेहोर्नुपर्छ । प्राकृतिक रूपमा पनि पुरुषले मूत्र त्याग गर्दा महिलाको तुलनामा निकै सजिलो छ । फेरि पुरुषप्रधान समाज भएकाले पुरुषले गरेजस्तो महिलाले सजिलै गर्नसक्ने अवस्था पनि छैन । कतिपय कुनाकाप्चाहरू मूत्र त्याग गर्ने काममा पनि ल्याइएका छन् जुन एक प्रकारको बाध्यता हो । त्यहाँ पुरुषहरू ठिङ्ग उभिएर शौच गर्दै हुन्छन्, नहेरौं भने पनि देखिन्छ । के गर्नु उनीहरूको पनि आफ्नै किसिमको बाध्यता छ । उखानै छ-मर्नुभन्दा बहुलाउनु जाती । महिलाहरू त बहुलाउन पनि सक्दैनन् । यसमा सरोकारवालाहरूले एकपटक विचार पुर्‍याउने हो कि ?

सविता मुडभरी, बालाजु, काठमाडौं   



ऊर्जामा लगानी बढाउनुको विकल्प छैन

लोडसेडिङको समय क्रमशः बढ्दो छ । आमजनता अन्धकारमा रुमल्लिन बाध्य छन् तर देश चलाउनेहरू कुर्सी हत्याउने दाउमा लाज पचाएर लागिरहेका छन् । लोडसेडिङ घटाउन थर्मल प्लान्ट भित्र्याउने हल्ला पनि चलिरहेकै छ । जुन देशमा सवारी साधन गुडाउन आवश्यक पेट्रोलियम पदार्थको हाहाकार छ त्यही देशमा थर्मल प्लान्ट लगाउनु कति उपयोगी हुने हो ? जलविद्युत्को प्रशस्त सम्भावना हुँदाहुँदै त्यतातिर लगानी नबढाएर हचुवाका भरमा कमिसनको रकम कुम्ल्याउनकै निम्ति थेग्नै नसकिने खालको सेतो हात्तीरूपी थर्मल प्लान्ट ल्याउँदा नेपालको हित होला र ? बरु तत्कालका लागि भारतबाट बिजुली ल्याउने र जनतालाई जलविद्युत् आयोजना निर्माण नहुन्जेल धैर्य धारण गर्न आग्रह गर्ने हो कि ?  होइन भने समाधान के त ? विकासको पहिलो सर्त ऊर्जा हो । ऊर्जाबिना देशको विकास सम्भव छैन । यही कुरालाई मध्यनजर गरी सरकारले अब ऊर्जाको विकासका निम्ति दूरगामी योजना बनाएर अघि बढ्नुपर्छ । बरु जलस्रोतको उपयोग गर्न केही वर्षका निम्ति अन्य क्षेत्रको बजेट पनि ऊर्जा क्षेत्रमै खन्याएर देशलाई ऊर्जामा आत्मनिर्भर बनाउनुपर्छ । उद्योग होस् वा कृषि, पर्यटन होस् वा व्यापार हरेक क्षेत्रमा ऊर्जाकै आवश्यकता अपरिहार्य छ । त्यसैले अब दीर्घकालीन हितको उपाय सोचेर देश विकासका लागि ऊर्जा क्षेत्रमा लगानी बढाउनुको विकल्प छैन ।

सरिता लामा, जोरपाटी, काठमाडौं



संविधान कहिले बन्ला ?

जनताको संविधान बनाउने मामिलामा नेपालका राजनीतिक दलहरू करिब-करिब असफलजस्तै भएका छन् । संविधानसभाको म्याद सकिएर पटक-पटक थप्दा पनि काम हुन नसकेर विघटित भएको संविधानसभा न त अब ब्युँतन्छ न त राजनीतिक दलहरूले अर्को चुनाव गराएर अर्को संविधानसभा खडा गर्ने छाँटकाँट छ । सम्बन्धित पक्षहरू स-साना कुरामा अल्भिmएर मूल मुद्दाबाट टाढिएका हुनाले मुलुक अहिले अनिश्चितताको दलदलमा भासिएको छ । सरकार नै झन्डै-झन्डै अवैधानिक भन्नुपर्ने अवस्थामा छ । यस्तो हुँदा देशमा अराजकता पैदा हुने तथा जसको लाठी उसको भैंसी हुने अवस्था सिर्जना हुने भएकाले जिम्मेवारी बोकेका राजनीतिक दल एवं तिनका नेताहरूले बेलैमा विचार पुर्‍याउनु आवश्यक छ । अब जनताको विश्वास एवं भविष्यमाथि खेलवाड धेरै लामो समयसम्म टिकिरहन सक्नेछैन । धैर्यशाली नेपाली जनता अहिले किंकर्तव्यविमूढ बनेर बसेकाले कुनै ठूलो अनिष्ट निम्तिहालेको त छैन तर यस्तै स्थिति लम्बिरहने अवस्था भए के हुने हो भन्न सकिँदैन । अहिले सुशासनको अभावमा बढिरहेको महँगी, असुरक्षा, राष्ट्रको बेइज्जतीजस्ता अनेकौं कारणको जिम्मेवारी कसले लिने र कसले यस्तो अवस्थाबाट राज्यलाई उन्मुक्ति दिलाउने भन्ने कुराको अन्योल चाँडै हटाउनु आवश्यक छ । संविधान यो बेलासम्म यसरी बन्छ भन्ने कुराको प्रत्याभूति जनताले दलहरूबाट चाहेका छन् त्यसको सम्बोधन हुनु अत्यन्त जरुरी छ ।

सुरक्षा वली, दाङ



पठनीय सामग्री कम

म नारीको नियमीत पाठक हँु । मलाई यो पत्रिका साह्रै मन पर्छ । यसका सामग्रीहरू पठनीय हुन्छन् । विगत केही समययतादेखि भने नारीमा पठनीय सामग्रीभन्दा पनि बढी विज्ञापन देखिन्छ । अझ त्यसमा पनि नारीमा बेला-बेलामा आउने ज्याकेट एडले नारीको कभर पेज नै छोपिएको हुन्छ जसले गर्दा नारी मासिकको नाम नै ओझेलमा परेको हो कि जस्तो लाग्छ । कभर पेजमा नारी लेखेको ठाउँसम्म तस्बिर राख्दा पूरा नाम देखिँदैन । यसको अगाडिको ना देखिए पनि री भने हटाएजस्तो लाग्छ । हरेक कुरामा नामको महत्त्व हुन्छ । त्यसैगरी नारीको नाममै यसको मान छ । त्यसैले यस्तो संवेदनशील कुरामा ध्यान पुर्‍याउन अनुरोध गर्छु । यसका साथै आगामी अंकमा अझ बढी पठनीय सामग्री समेटिने कुरामा आशावादी छु ।

अजिता शर्मा,  कीर्तिपुर

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन