चाडपर्वको फेसन टिप्स

फेसनले हरेक युवतीको सौन्दर्यमा थप निखार ल्याउँछ तर शरीरको बनावट एवं रंगअनुसार पहिरन लगाउन सकिएन भने त्यसको उल्टो परिणाम पनि आउन सक्छ । तिहार वर्षको एकपटक मात्र मनाउन पाइन्छ । धनकी देवी लक्ष्मीको पूजा पनि यथासक्य सजिएर गर्नुपर्ने मान्यता छ । त्यसैले तिहारमा सजिन चाहनु स्वाभाविक हो तर सुन्दर देखिने इच्छा बुन्न जति सजिलो हुन्छ त्यति नै आफूलाई सुहाउने पहिरनको पहिचान गर्न गार्‍हो छ ।



चा.डपर्वको आगमनले प्रत्येक व्यक्तिको अनुहारमा खुसी, उत्साह एवं मनमा रौनक बढाएको पाइन्छ । चाडपर्वलाई रमाइलो बनाउन हरेक प्रयास गरिन्छ । त्यसमा पनि महिलाहरूको आकर्षणको केन्द्रबिन्दु फेसन नै हुन्छ । त्यसै पनि फेसनले हरेक युवतीको सौन्दर्यमा थप निखार ल्याउँछ तर शरीरको बनावट एवं रंगअनुसार पहिरन लगाउन सकिएन भने त्यसको उल्टो परिणाम पनि आउन सक्छ । तिहार वर्षको एकपटक मात्र मनाउन पाइन्छ । धनकी देवी लक्ष्मीको पूजा पनि यथासक्य सजिएर गर्नुपर्ने मान्यता छ । त्यसैले तिहारमा सजिन चाहनु स्वाभाविक हो तर सुन्दर देखिने इच्छा बुन्न जति सजिलो हुन्छ त्यति नै आफूलाई सुहाउने पहिरनको पहिचान गर्न गार्‍हो छ । फेसनका भेराइटी धेरै भए पनि आफू सुहाउँदो डिजाइन लगाउनु निकै कठिन विषय भएको न्यूरोड, मखनगल्लीस्थित चेलीबेटी बुटिकका डिजाइनर प्रेम देव बताउँछन् । पहिरन प्रयोग गर्दा निकै संवेदनशील भएर शरीरको आकार तथा अनुहारको रंगलाई ध्यान दिनुपर्ने देवको सुझाव छ ।

रंग

 चाडपर्वमा रातो, गुलाबी, मरुन, क्रिम, गोल्डेन वा मिक्स रंग नै बढी प्रयोग हुन्छ । कतिपय अवस्थामा महिलाहरूको अनुहारको रंग र शरीरको बनावटले पनि रंग निर्धारण गर्छ । कालो वर्णका युवतीहरूका लागि गाढा भन्दा हल्का रंग राम्रो हुन्छ । फिरोजी, लाइट मजेन्टा, सी ग्रीन, लाइट पर्पल, क्रिम रंगकै ड्रेस तयार गर्नुपर्छ । गोरा युवतीहरूलाई प्रायः सबै रंग सुहाउँछ । त्यसैगरी होचा युवतीहरूमा मरुन, अरेन्ज, ग्रीन, रोयल ब्लु, पर्पल आदि रंग जम्छ । मोटा युवतीहरूले भने लाइट रंग प्रयोग गर्नुपर्छ । लामो अनुहार भएका युवतीहरूमा वार्म रंग जस्तै मरुन, ग्रीन, डार्क ब्लु, ब्याक, रेड, अरेन्ज आदिले सुन्दरता वृद्धि गर्छन् ।

डिजाइन

 चाडपर्वमा फेसन महत्त्वपूर्ण हिस्सा हो । आफ्नो क्षमताले भ्याएसम्म सुन्दर पहिरन नै हरेकको रोजाइमा पर्छ । त्यसैले यतिबेला लगाइने पहिरनको डिजाइन अझ सुहाउँदो हुनु जरुरी छ । पहिरन डिजाइन गर्दा शरीरको बनावट र रंगमा विशेष ध्यान पुर्‍याउनुपर्छ । चाडपर्वमा प्रयोग हुने विशेष पहिरनमा लेहेंगा, साडी-ब्लाउज तथा कुर्ता-सुरुवाल महत्वपूर्ण मानिन्छन् ।

मोटा युवतीहरूका लागि स्टेट लेहेंगा, लङ चोली राम्रो हुन्छ । त्यसैगरी लङ अनारकली कुर्ता-सुरुवाल पनि उपयुक्त मानिन्छ । होचा युवतीहरूका लागि भने फिस्टेल लेहेंगा र रेडिमेड साडी सुहाउँछ । त्यसैगरी स्टेट चुडीदारमा सर्ट निलेन्थ कुर्ता-सुरुवालले अग्लो देखाउँछ । लामो अनुहार भएका युवतीहरूका लागि ब्रोट नेक भएको डिजाइन उपयुक्त हुन्र्छ । फेयरवाला लेहेंगा तथा एलाइन लेहेंगा निकै ग्ल्यामरस देखिन्छ भने पि्रन्टेट र थ्री पिस पनि आकर्षक देखिन्छ । गोलो अनुहारमा भीनेकका सबै भेरियसन जम्छन् तर गोलो नेक भने हास्यास्पद नै हुन्छ ।

फेबि्रकमा ध्यान

 फेबि्रक रोज्दा पनि शरीरको बनावटलाई ध्यान दिन सके सुन्दरता झल्कन्छ । मोटा युवतीहरूका लागि नेट, जर्जेट, क्रेपस्लिक उपयुक्त हुन्छ । अरु किसिमको शारीरिक बनावट भएका महिलाहरूले नेट, जर्जेट, भेल्बेट, साटन, लाइक्रा, ब्रोकेट, टिस्यु, पि्रन्टेट, कटन मिक्स तथा  सिफन प्रयोगमा ल्याउनुपर्छ ।

सिक्वेन्स र इम्ब्रोइडरी

सिक्वेन्स र इम्ब्रोइडरी गर्दा पनि संवेदनशील हुनुपर्छ । मोटा युवतीहरूका लागि साडीमा लहरा टाइपको बुट्टाको इम्ब्रोइडरी उपयुक्त हुन्छ । ब्लाउज भने पछाडि बढी खोलेको भीनेक र स्वीट हाफ स्लिपमा हल्का ब्रोकेट प्याचवर्क राम्रो हुन्छ । लेहेंगामा सिक्वेन्स गर्दा ग्लास प्याच वर्क, कोरा, दप्का र स्टोन वर्क गर्नुपर्छ । लङ स्टेट लेहेंगामा इम्ब्रोइडरी नै गराउनुपर्छ । कुर्ता-सुरुवालमा स्टोन वर्क, नेक र बोर्डरमा प्याच वर्क सुहाउँछ । होचा महिलाहरूका लागि साडीको बोर्डरमा इम्ब्रोइडरी गर्ने, स्टोन वर्क पनि राम्रो हुन्छ । फ्याजिङ बुट्टाले अग्लो देखाउँछ । कुर्ता-सुरुवालमा पनि नेक र बोर्डरमा स्टोन वर्क गर्न सकिन्छ । लेहेंगामा प्याच वर्क नै राम्रो हुन्छ । लामो अनुहार भएका युवतीहरूलाई भने साडीमा जाल वर्क, पि्रन्टमा पोल्का डट तथा ठूलो फ्लावरको पि्रन्टले नै सुन्दर र ग्ल्यामरस देखाउँछ । गोलो अनुहारका लागि सबै इम्ब्रोइडरी सुहाउने भए पनि नेकमा प्याच वर्क धेरै राम्रो देखिन्छ ।

क्याजुअल पहिरनमा जोड

क्याजुअल पहिरन चाडपर्वमा कमै प्रयोग हुन्छ । युवतीहरूले भने क्याजुअल पहिरन पनि लगाउँछन् जुन फरक-फरक डिजाइनमा उपलब्ध छ । युवतीहरूले लङ र फुल डिजाइन भन्दा पनि हाफ, क्वार्टर निलेन्थ तथा थाइ लेन्थलाई विशेष महत्व दिएको पाइन्छ । सकेसम्म शरीर सुहाउने लुज डिजाइन, हाफ र फुल बाउला भएका क्याजुअल पहिरन नै प्रयोग गर्नुपर्छ  जसले गर्दा परिवारका सदस्यसँग बस्दा वा घरायसी काम गर्दा आफैलाई सजिलो हुन्छ ।

 मिहालक्ष्मी सिलवाल

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन