सिल्भर क्विन

आउटलेटः विशाल बजार

विशेषताः अनुभवद्वारा खारिएका विशेष सामग्रीहरूका लागि उपयुक्त चाँदीलाई सबैभन्दा शुद्ध, सौम्य तथा कोमल धातु मानिन्छ । यसको चमकले वातावरणलाई शीतलता प्रदान गर्छ । चाँदीको माग निकै बढेको वर्तमान सन्दर्भमा सिल्भर क्विनले यही कुरालाई मध्यनजर गरेर सामग्री निर्माण गर्छ । विगत ९ वर्षमा चाँदीको माग तथा शैलीमा निकै परिवर्तन आएको छ । यसका प्रबन्ध निर्देशक सुशील अग्रवाल ग्राहकहरूको चाहना निकै परिवर्तन भएको बताउँछन् । यो नेपालकै ठूलो तथा आइएसओ सम्बन्धन प्राप्त गर्ने पहिलो शोरुम हो । यहाँ सानादेखि ठूला सबै सामग्री पाइन्छन् । यहाँ शतप्रतिशत चाँदीका गहना तथा गिपmट आइटम पनि उपलब्ध छन् । यहाँ पूजाका लागि चाँदीका चामल, लड्डु, काजु, पेस्ता, केरा, गहुँजस्ता सामग्रीहरू पनि राखिएका छन् । यहाँ ग्राहकहरूलाई बाइब्याकको सुविधा प्रदान गरिन्छ ।





सिल्भर प्यालेस

आउटलेटः विशाल बजार

विशेषताः चाँदीका मौलिक सामानहरू उपलब्ध अहिले चाँदीको माग बढ्दो क्रममा छ । त्यसैले सबै खाले रेन्ज शोरुममा राखिएको बताउँछन्-सिल्भर प्यालेसका प्रबन्ध निर्देशक वासुदेव भेटवाल । संचालनको १५ महिनामा यसले चाँदीका आकर्षक तथा राम्रा सामग्रीद्वारा ग्राहकहरूको मन जितिसकेको छ । यहाँ आएपछि ग्राहकहरू सामान नपाएर फर्किएको रेकर्ड छैन । यहाँ चाँदीका सबै रेन्जका सामग्रीहरू पाइन्छन् । यहाँ नेपाली हस्तकलाका सामग्रीका साथै चाँदीका गहनाहरू पनि राखिएका छन् । यहाँ नेपाली संस्कृति झल्काउने ठेकी, पेटारो, खुकुरी आदि पनि पाइन्छन् । यहाँका टीकादानी, वाइन ग्लास, ठेकी आदि सामग्री युनिक छन् जसको डिजाइन निकै पृथक् छ । फराकिलो तथा खुल्ला ठाउँ भएकाले सजिलोसित छानी-छानी सामान खरिद गर्न सकिने सिल्भर प्यालेसमा बाइव्याक ग्यारेन्टी पनि प्रदान गरिन्छ ।





जयमातादि सिल्भर प्यालेस

आउटलेटः नयाँ सडक

विशेषताः चाँदीका विशेष रेन्जका लागि उपयोगी गन्तव्य खुल्ला वातावरणयुक्त यो शोरुममा सामग्री खरिद गर्दाको मज्जा नै फरक छ । यहाँ शुद्ध चाँदीबाट बनेका विविध रेन्जका सामग्री खरिद गर्न सकिन्छ । पृथक् शैली एवं गुणस्तरीय सामग्रीका कारण यसले ग्राहकहरूको मन जितेको छ । चाँदीको माग बढिरहेको वर्तमान अवस्थामा यहाँ १ सयदेखि १ लाख रुपैयाँसम्मका सामग्री उपलब्ध छन् । यहाँ टीकादानी, गणेशका मूर्ति, वाइन ग्लास आदि आकर्षक सामग्री पनि पाइन्छन् जसमा शतप्रतिशत बाइव्याक ग्यारेन्टी प्रदान गरिन्छ । दसैं-तिहार तथा विवाहको मौसममा विविध अफर दिइने हुँदा यहाँ ग्राहकको भीड लाग्छ । सुनको व्यवसायमा विशेष छाप छोड्न सफल पवन अग्रवालले सुरु गरेको चाँदीको यो शोरुम छोटो समयमै लोकपि्रय भएको छ ।





सिल्भर स्टेट

आउटलेटः शुक्रपथ तथा धर्मपथ

विशेषताः विविध रेन्जका सामान उपलब्ध १७ वर्षको लामो यात्रामा सिल्भर हाउसले चाँदीको संसारमा क्रान्ति नै ल्याएको छ । सुनका मात्र शोरुम भएका बेला चाँदीको मात्र शोरुम खोल्दा केही कठिनाइ उत्पन्न भए पनि पछि विस्तारै विवाह तथा चाडपर्वमा चाँदीका भाँडा राख्ने चलन बढ्दै गएकाले सजिलो हुन थालेको यसका संचालक बताउँछन् । अहिले यसका दुई शाखा छन् । दुवै शाखामा आवश्यक सबै रेन्जका सामान उपलब्ध छन् । यहाँका सामग्रीहरूमा शतप्रतिशत चाँदी प्रयोग गरिएको हुन्छ । शतप्रतिशत बाइब्याक ग्यारेन्टीयुक्त यहाँका सामान सस्तोमा ५ सयदेखि १ लाख रुपैयाँसम्मका रेन्जमा  उपलब्ध छन् । यहाँ छिरेपछि सामान नपाएर र्फकनु पर्दैन भन्छन्-संचालक सुशील मेहता । यहाँ पास्नी, व्रतबन्ध, विवाह एवं पूजाका अन्य सबै सामग्री बजेटअनुसार खरिद गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन