सौन्दर्यलाई नयाँ रंग दिने मोती

सुनका हुन् वा चाँदीका, पित्तलका हुन् वा मोतीका गहना महिलाहरूको कमजोरी तथा पहिलो रोजाइ बनेका छन् । आज पनि यसको क्रेज उस्तै छ । हिँजोआज गहना लगाउने चलनमा निकै तीव्रता आएको छ । अहिले साना-ठूला सबै स्टोरमा मोतीका सबै खालका गहना पाइन्छन् । मोतीका गहना धेरै महँगा पनि हुँदैनन् । जति धेरै लगाइन्छ यसले त्यति नै आकर्षण बढाउँछ । मोतीको राम्रोसँग हेरचाह गर्ने हो भने यसले लामो समयसम्म काम दिन्छ । त्यसैले यसको हेरचाहमा लापरबाही गर्नु हुँदैन ।

विशेष सुरक्षा गरौं     मोतीका गहनालाई प्लास्टिक वा रेशमी धागोमा उनिन्छ । जुन धेरै प्रयोग गरेपछि कमजोर हुन्छ । प्रतिदिन लगाइने गहनालाई ५ देखि ६ महिनापछि नयाँ धागोमा उन्नुपर्छ । यसो गर्दा मोती टुट्दैन ।

    कमजोर बनावट भएका गहना सावधानीपूर्वक लगाउनुपर्छ । सुत्दा एवं नुहाउँदा मोतीका गहना फुकाल्नुपर्छ ।

    मोतीका गहनालाई गहना राख्ने डब्बामा राख्दा सावधानी अपनाउनुपर्छ । हतारमा डब्बामा गहना राख्दा कोरिन सक्छ ।

    गहनालाई अलग-अलग राख्नुपर्छ । एकसाथ राख्दा गहना जेलिन सक्छ । जेलिएको मोती मिलाउन गार्‍हो हुन्छ ।

    मोतीका गहनालाई परफ्युम आदिबाट बचाउनुपर्छ अन्यथा यसको चमक कम हुन्छ ।

    मोतीका गहनालाई सेतो रंगको कागजमा बेरेर राख्नुपर्छ ।

    फोहोर भए गहना पसलमा गएर सफा गराउनुपर्छ । रिठ्ठाको फिँजले सफा गरी यसलाई तौलियाले हल्का पुछ्नुपर्छ । ओलिभ आयल लगाउँदा मोतीका गहना चम्कन्छन् ।











ज्यो.मेटि्रकल सेपको जंक ज्वेलरीजस्तै स्टार, सर्किल, स्क्वायर, ट्राइंगल सेपका इयररिङ, रिङ र ब्रासलेटलाई वेस्टर्न आउटफिट वा क्याजुयल पहिरनसित लगाउन सकिन्छ । ज्योमेटि्रकल सेप विशेष गरी स्टार तथा सर्किल कहिल्यै आउट अफ फेसन हुँदैन ।

हातमा धेरै चुरा लगाउँदा घडी नलगाए पनि हुन्छ । समय हेर्न मोबाइल प्रयोग गर्न सकिन्छ । कारण धेरैवटा चुराका साथ घडी मेल खाँदैन ।

रातो र सुनौलो रंगको तालमेल लोभलाग्दो हुन्छ । रातो, मरुन, कत्थइ र हरियो रंगका पहिरनसित गोल्डेन ज्वेलरी सुहाउँछ ।

ब्लुको कुनै पनि सेडलाई ड्रेस वा साडीका साथमा पर्ल ज्वेलरी लगाउन सकिन्छ ।

हेभी ज्वेलरी लगाउने हो भने साडी हल्का हुनुपर्छ । यसबाट ज्वेलरी हाइलाइट हुन्छ । साडी र ज्वेलरी दुवै हेभी लगाउँदा अनुहारको सुन्दरता दबेको महसुस हुन्छ ।

हेभी साडी लगाउने हो भने ज्वेलरी लाइट हुनुपर्छ । यसबाट पहिरन र मेकअप दुवै हाइलाइट हुन्छ ।

जिन्स र स्कर्टका साथमा घाँटीमा बिड्सको सिंगल स्टि्रङ लगाउनुपर्छ, हातमा कलरफुल बिड्सका ब्रासलेट वा चुरा लगाउन सकिन्छ । दुवै खुट्टामा पायल लगाएको राम्रो देखिन्छ, तर आजभोलि एउटा खुट्टामा पायल लगाउने चलन छ । कलेज गर्लहरूले एउटा खुट्टामा पायल लगाउन सक्छन् । पाका उमेरका महिलाहरूले भने यसो गर्नु सुहाउँँदैन । ट्रेडिसनल साडीसित दुवै खुट्टामा पायल लगाउनु राम्रो हुन्छ ।

रंगीबिरंगी काँच, मोती तथा चाँदीका सिंगल पायल चल्तीमा छन् । कलेज जाने युवतीहरूमा सिल्भर र स्कुल जाने युवतीहरूका लागि बिड्सको सिंगल पायल सुहाउँदिलो हुन्छ ।

टेराकोटा, बुड वा जुटको ज्वेलरी क्याजुयल पहिरनका साथ लगाउन सकिन्छ । कुन्दनजस्तो ट्रेडिसनल ज्वेलरी ट्रेडिसनल साडीका साथमा म्याच गर्छ ।

थरीथरीका स्टोन स्टड इयररिङ र ब्रासलेट एकसाथ प्रयोग गर्नु हुँदैन । यदि स्टोन स्टडेड इयररिङ लगाउने हो भने प्लेन चुरा लगाउनुपर्छ । स्टोन स्टडेड इयररिङ र ब्रासलेट लगाउने हो भने साना खालका इयररिङ लगाउनुपर्छ ।

पर्ल ब्रासलेटका साथमा काँचका चुरा प्रयोग गर्नु ठीक होइन । यसबाट पर्ल ज्वेलरीको ब्युटी कम हुन्छ ।

सिल्भर तथा गोल्ड ज्वेलरी कहिल्यै एकसाथ लगाउनु हुँदैन । सिल्भरले कुल इफेक्ट प्रदान गर्छ, जबकि गोल्डले वार्म महसुस गराउँछ ।

केही अफ बिट ज्वेलरी जस्तै कम्मरबन्द, आर्मलेट, खुट्टामा लगाइने राजस्थानी कडा आज पनि लगाइन्छ । चेन र घुँघरु भएको कम्मरबन्दले पातलो कम्मरलाई हट लुक प्रदान गर्छ । कट् स्लिभ ड्रेससित हातमा हल्का डिजाइनको आर्मलेट राम्रो देखिन्छ ।

साडीका साथमा कम्मरबन्द राम्रो हुन्छ । यसलाई लगाउँदा घाँटीमा ज्वेलरी लगाउनु हुँदैन । यसबाट कम्मरबन्द हाइलाइट हुन्छ ।

डायमन्ड रिङ औंलाको दोस्रो-तेस्रो औंलामा लगाउनु  हुँदैन । सिंगल रिङ लगाए डायमन्ड हाइलाइट हुन्छ ।

डायमन्डको सिंगल ब्रासलेटका साथ चाँदी र सुनका चुरा लगाउनु हुँदैन, यसबाट ब्रासलेटको सुन्दरता दब्छ ।

हेभी ज्वेलरी लगाउँदा हेयर एसेसरिज प्रयोग गर्नुपर्छ ।

सुनको मंगलसूत्रका साथमा पर्ल वा चाँदीको चेन लगाउनु हुँदैन तर सुनको चेन भने लगाउन सकिन्छ । गर्दन मोटो छ भने एकभन्दा बढी चेन लगाएको राम्रो देखिँदैन । सुराहीदार गर्दनमा कण्ठहार सुहाउँछ ।

अक्सिडाइज्ड ज्वेलरीका साथमा सुनका गहना सुहाउँदैनन् । यसका साथमा सिल्भरको कम्बिनेसन म्याच गर्छ । सिंगल डायमन्ड लगाउने हो भने हेभी ज्वेलरी लगाउनु हुँदैन ।





ज्वेलरी कसरी लगाउने ?



एसेसरिज ट्रेन्ड्स

स्टाइल र फेसनको प्रसंगमा एसेसरिजलाई बेवास्ता गर्न सकिँदैन । यो सिजनमा आफूलाई सुपर हिट सावित गर्न एसेसरिजको ट्रेन्ड पछ्याउनु राम्रो हुन्छ ।

कलरफुल सनग्लासेज ः ग्रीन, एलो, ब्लु वा अरेन्ज कलरका सनग्लासलाई आफ्नो एसेसरिजमा समावेश गर्नुपर्छ ।

सानो लेदर ब्याग ः सानो सोल्डर स्ट्रेप्स लेदर ब्यागले बोरिङ लुक दिन्छ भन्ने अवधारणा पाइन्छ, तर सही एटिट्युडका साथ क्यारी गर्न सके यसले व्यक्तिलाई कुल लुक प्रदान गर्छ ।

फंकी ब्यांगल्स ः आफ्नो स्लिम वा फ्लावरी ड्रेसका साथ टिम अप गर्ने हो भने हरेक कलरका थुप्रै फंकी ब्यांगल्स लगाउनुपर्छ चाहे त्यो ग्लासको होस् वा मेटल, वुड वा प्लास्टिकको । फेसन एक्सपर्टहरूका अनुसार अनेक रंगका ब्यांगल्स लगाएर ट्रेन्डी देखिन सकिन्छ ।

पmलावरी र एनिमल पि्रन्ट स्कार्फ ः सुपर हट देखिनु छ भने एनिमल पि्रन्ट स्कार्फ प्रयोग गर्नुपर्छ, कारण यो सुपर इन छ । अतः यसलाई आफ्नो स्टाइल स्टेटमेन्टको हिस्सा बनाउनुपर्छ ।

ज्वेलरी ट्रेन्ड्स ः हिजोआज बल बिड्स, बोल्ड फ्लावर्स, चोकर, सर्कुलर मेटल, डेडलिङ, ज्योमेटि्रक्स, डि्रपिङ, चेन्स, इनेमल, ब्रासलेट्स, एथनिक पेन्डेन्ट्स, ग्लिटरी, लेयर्ड नेकलेस, लेदर कफ्स, मल्टी फिंगर रिङ, ब्रासलेट्स आदि चलनचल्तीमा छन् ।

स्कार्फ ः अहिले पोल्का डट्स, ठूलो साइजको कोलर्स, फ्लावर्स प्याटर्नका स्कार्फ आदि पनि लोकपि्रय छन् ।

हेडवेयर ः अहिले सत्तरी दशकको ह्याटको पुनरागमन भएको छ । ककटेल ह्याट, ड्रामेटिक, एथनिक, फेबि्रक हेडब्यान्ड्स, फ्लपी ह्याट पनि उत्तिकै चल्तीमा छन् ।

ब्याग्स ः ब्याक पेक्स, मेटल, प|mेम्ड, मिनियर्स, ओवर साइन्ड कोहन पर्सेस, क्लचेज, रोल्ड क्लचेज, क्रसबडी सिंग्स, स्कवेयर बडी ब्याग्स आदि फेसनमा छन् ।

फुटवेयर ः सत्तरीको दशकताकाका स्यान्डल्स, एंकल कफ स्यान्डल्स, बेले फ्लेट्स, फ्लेट स्यान्डल्स, ब्लक हिल, क्रस स्ट्रेप्स, सर्ट बुट्स, ओपन टो, लेस अप स्यान्डल्स, टेनिस सु, वेस्टर्न पनि यसपटक ट्रेन्डमा छन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन