किनमेलको तरीका

के खरिद गर्ने ?

विज्ञहरूका अनुसार सेलमा त्यस्ता ब्रान्डको सपिङ गर्नुपर्छ जुन आफ्नो पर्सनालिटीलाई सुहाउँदो होस् । उदाहरणका लागि टिनएजर्सले वेस्टर्न र फन्की पहिरन एवं एसेसरिजको सपिङ गर्न सक्छन् भने महिलाहरूले ट्रेडिसनल र फ्युजन वेयरलाई प्राथमिकता दिन सक्छन् ।

    चिकनको ह्वाइट कलरको कुर्ता वा ट्युनिकसलाई जिन्स, सलवार र चुँडीदारका साथमा अलग-अलग तरिकाले लगाउन सकिन्छ । ह्वाइट कुर्तालाई कुनै पनि कलरसित मिक्स एण्ड म्याच गरी लगाउन सकिन्छ ।

    एलबीडी -लिटिल ब्ल्याक ड्रेस) लाई कुनै पनि पार्टीमा लगाउन सकिन्छ ।

    ह्वाइट सर्टलाई र्फमल वा सेमी र्फमलका रूपमा प्रयोग गर्न सकिन्छ ।

    ब्लेजरलाई कुनै पनि र्फमल फङ्सनमा प्रयोगमा ल्याउन सकिन्छ ।

    राम्रो फिटिङ ब्रान्डेड जिन्स, जुन हरेक समय सबैलाई काम लाग्छ ।

    डिजाइनर साडी, लाइट वेट लेहेंगा, चोली वा अनारकली ड्रेससलाई चाडपर्व, विवाह, भोज-पार्टी एवं फेमिली फङ्सनमा लगाउन सकिन्छ ।

    डिजाइनर कोर्सेट वा चोलीलाई साडी, लेहेंगा, घेरायुक्त स्कर्टका साथ लगाउन सकिन्छ । कोर्सेटलाई जिन्सका साथमा पनि लगाउन सकिन्छ ।

    कोल्हापुरी चप्पल, गोल्डेन वा सिल्भर स्यान्डल्स, डिजाइनर स्टोललाई ड्रेस, कुर्ती, सर्ट, टिसर्टका साथ लगाउन सकिन्छ ।

    विन्टरमा लगाइने ज्याकेट, कार्डिगन, बुट्स, सल आदि लामो समयसम्म काम लाग्छन् र चाँडै आउट डेटेड पनि हँँदैनन् ।

बनौं स्मार्ट सपर

    सबैभन्दा पहिले आफूलाई कुन-कुन कुरा आवश्यक छ, त्यसको सूची तयार पार्नुपर्छ । यसो गर्दा अनावश्यक किनमेलबाट जोगिन सकिन्छ ।

    सेल प्रारम्भ हुनेबित्तिकै पुग्नुपर्छ । यसबाट आफ्नो रोजाइको सामग्री खरिद गर्न सकिन्छ । ढिलो गरे साइज प्राप्त नहुने, स्टक सकिने हुन्छ ।

    सेलमा सपिङ गर्दा एक्सपेरिमेन्ट गर्नुको साटो बेसिक कुराहरू खरिद गर्नुपर्छ, जुन पछि प्रयोगमा आउँछन् । उदाहरणका लागि यदि प्लेन अफ ह्वाइट ड्रेस खरिद गर्नेर् हो भने त्यसलाई दैनिक प्रयोगमा ल्याउन सकिन्छ । स्मार्ट ब्याग, सुज, नेक पिस आदि पार्टीमा पनि प्रयोग

गर्न सकिन्छ ।

    यसैगरी प्लेन ब्ल्याक, रेड, ब्लु आदि कलरको ड्रेस पनि मिक्स एन्ड म्याच गरी लगाउन सकिन्छ ।

    सेलमा खरिद गर्दा ब्रान्डेड जिन्स, ज्याकेट, ब्याग, सुज, इनर वेयर, र्फमल पाइन्ट, सर्ट, वाच, सनग्लासेस, क्लच, कक्टेल रिङ आदिलाई प्राथमिकता दिनु राम्रो हुन्छ । यिनलाई लामो समय प्रयोग गर्न सकिन्छ ।

स्मार्ट टिप्स

    सपिङका लागि बिहान वा दिउँसो जानु राम्रो हुन्छ, कारण त्यतिबेला बढी भीड हुँदैन,  आरामले किनमेल गर्न सकिन्छ ।

    सेलमा कम मूल्यमा राम्रा सामग्री पाइएका छन् भने आफ्ना साथी र आफन्तजनका लागि थोकमा उपहार खरिद गर्न सकिन्छ, तर उपहार खरिद गर्दा उनीहरूको रोजाइमा पनि विचार पुर्‍याउनुपर्छ ।

    सामान खरिद गर्नुपूर्व मेकअप, कपडा आदिमा कति खर्च गर्ने निश्चित गर्नुपर्छ । यसो गर्दा फजुल खर्चबाट जोगिन्छ ।

    स्वयंमाथि नियन्त्रण राख्न सकिँदैन भने क्रेडिट कार्ड लिएर किनमेलमा जानु राम्रो हुँदैन ।

    कुन ब्रान्ड एवं कुन साइजको परिहरन आफूलाई फिट हुन्छ जानकारी हुनुपर्छ । यसले सेलको भीडमा बारम्बार ट्रायल रुमको चक्कर लगाउनु पर्दैन ।

    सस्तोको चक्करमा गुणस्तरहीन वा अन्य सरसामानबाट जोगिनुपर्छ । सेलमा कुनै पनि कुरा खरिद गर्दा त्यसको गुणस्तरमा विचार पुर्‍याउनुपर्छ ।

    सेलमा खरिद गर्दा पर्याप्त समय भएको बेला जानुपर्छ । हतारमा जाँदा सेलको सही फाइदा उठाउन सकिँदैन ।

    सपिङको जानकार साथीलाई साथमा लानुपर्छ जसले आफूले लगाएको पहिरन सुहाएको छ कि छैन बताउन सकोस् ।

ट्रेडिसनल आउटफिट लगाउने हो भने

    ट्युनिक खरिद गर्नु बेस्ट अप्सन हुन्छ, कारण यसलाई जिन्स, पाइन्ट र चुँडीदारसित लगाउन सकिन्छ ।

    आफूलाई जुन कलरको लेगिङको आवश्यकता छ सेलमा त्यही कलरको ब्रान्डेड लेगिङ खरिद गरेर त्यसको कमी पूरा गर्न सकिन्छ ।

    हेभी दुपट्टा खरिद गरी त्यसलाई सलवार कमिज, लहेंगा-चोली, स्कर्ट र कोर्सेटका साथमा लगाउन सकिन्छ ।

    डल गोल्ड, सिल्भरजस्तो अलटाइम फेभरेट कलरको कोर्सेट, चोली, ज्याकेट आदि खरिद गरी साडी, लेहेंगा, स्कर्ट आदिसित लगाउन सकिन्छ ।

    न्युट्रल कलरको पहिरन पि्रन्टेड र कलरफुल पहिरनमा बढी क्लासी देखिन्छ । त्यसैले सेलमा न्युट्रल कलरका क्लासी पहिरन खरिद गर्नुपर्छ ।

    यसैगरी सेलमा क्लच, ब्याग, स्यान्डल्स, ज्वेलरी, वाच आदिको कलेक्सन एकसाथ खरिद गर्न सकिन्छ । ि

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन