सेरामिकका आकर्षक गमला

सुन्दर बगैंचा तथा त्यसमा भएका एसेसरिजले सबैलाई लोभ्याउँछन् । यसका लागि बजारमा विभिन्न खालका लाइट, वाटर फाउन्टेन, फर्निचर, गमला आदि उपलब्ध छन् । त्यसमा पनि सेरामिक प्रयोग गरी कोरियाली प्रविधिबाट बनेका गमला निकै आकर्षक छन् । विभिन्न रंगमा उपलब्ध यस्ता गमला स्वदेशी लगानीमा हेटौंडा औद्योगिक क्षेत्रस्थित उद्योगमा निर्माण गरी देश-विदेशमा बिक्री  गरिन्छ । नेपालमा त्यसको बिक्री मड हाउसले गर्दै आएको छ । यसले गमलाबाहेक सेरामिकसम्बन्धी भान्साका सामान, सजावटका सामान तथा अन्य उच्च गुणस्तरका सेरामिकका भाँडाहरू पनि बिक्री गर्छ ।

गमला तयार पार्न आवश्यक कच्चापदार्थ छिमेकी मुलुक तथा अन्य तेस्रो मुलुकबाट आयात गरिन्छ । सेरामिकका सामानहरू आकर्षक, बलिया तथा घर सजावटका लागि उपयुक्त छन् । अत्याधुनिक मेसिनरी तथा हस्तकलाबाट उत्पादित गमला भान्साका सामानहरूमा विभिन्न रंग तथा साइजमा आएका हुनाले आफ्नो चाहनाअनुरूप कप, बास्केट, भास, गमला आदि सेपमा खरिद गर्न सकिन्छ । यसको न्यूनतम मूल्य १ सय रुपैंयाँ पर्छ । सेरामिकका सामानमा रंग जाने डर हुँदैन । यसलाई घरभित्र, बाहिर एवं बगैंचामा पनि राख्न सकिन्छ । यी गमला प्लेटका साथमा आउँछन् । सेरामिकका गमला हाल ५० भन्दा बढी साइज तथा आकारमा उपलब्ध छन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन