कुकरीवेयर

जब तातो खानालाई प्लास्टिकका भाँडामा राखिन्छ तब बिसफिनाएल अर्थात् बीपीए नामक एक विषाक्त रसायन निस्केर खाद्यपदार्थमा मिसिन्छ । माइक्रोवेभमा खाना तताउँदा एवं कन्टेनरमा राख्नाले खानामा प्लास्टिकको अर्क घुल्छ । लामो समयसम्म प्लास्टिकको बोतलमा राखिएको पानी विषालु हुन्छ । प्लास्टिकका भाँडा बढी प्रयोग गर्नाले नपुंसकता हुने  खतरा बढ्छ ।



कुनै समयमा माटो र तामाका भाँडामा खाना पकाइन्थ्यो र त्यसरी पकाइएको खाना खाएर मानिस स्वस्थ पनि हुन्थे अर्थात् आजका मानिस बढी बिरामी हुन्छन् भन्ने होइन तर समयसँगै हामीले पकाउने भाँडाकुँडामा पनि धेरै परिवर्तन देखा परेको छ ।

ननस्टिक ः पीएफओका कारण ननस्टिकका भाँडा कतिपय अवस्थामा विवादित छन् । कोतरिएको खण्डमा यसको लेयरबाट मेटल निस्कने, गलत प्रयोगले वा खाली भाँडा बढी ताते घातक तत्त्व निस्किएर भोजनमा मिल्ने हुन्छ जुन शरीरका लागि हानिकारक हुनसक्छ । त्यसैले बिगि्रएका ननस्टिक भाँडा प्रयोग गर्नु हुँदैन ।

एल्मुनियम ः यो अत्यन्त नरम हुन्छ । त्यसैले कडा एसिड वा नुन भएको भोजनको सम्पर्कमा आए यो घुल्न पुग्छ । भोजनमा एल्मुनियमको उपस्थिति स्वास्थ्यका लागि बढी घातक हुन्छ । अल्जाइमर रोगकोे एउटा कारण यसलाई पनि मानिन्छ । त्यसैले यस्ता भाँडामा चिया, प्युरी, अचार आदि बनाउनु हुँदैन ।

कपर, ब्रास र ब्रोन्ज ः यो न गर्‍हौं हुन्छ न त यसले राम्रोसँग ताप ग्रहण गर्छ । यो चाँडै कालो हुन्छ यसले नुन एवं एसिडसित मिलेर प्रतिक्रिया जनाउँछ, जुन फुड प्वाइजनिङको कारण बन्न सक्छ ।

कास्ट आइरन ः यो विस्तारै तातो हुन्छ । स्टोभ र ओवनमा खाना पकाउँदा यसको राम्रो प्रयोग हुन्छ । प|mाइङ प्यान, केटली, कराही आदि यही मटेरियलबाट बनेका हुन्छन् । यसमा खाना बनाउँदा भोजनमा आइरनको मात्रा बढ्छ । जसलाई एनिमियाको समस्या छ उनीहरूले यस्ता भाँडामा पकाइएको खाना खानु लाभदायक हुन्छ ।

प्लास्टिक ः विभिन्न शोधअनुसार जब तातो खानालाई प्लास्टिकका भाँडामा राखिन्छ तब बिसफिनाएल अर्थात् बीपीए नामक एक विषाक्त रसायन निस्केर खाद्यपदार्थमा मिसिन्छ । माइक्रोवेभमा खाना तताउँदा एवं कन्टेनरमा राख्नाले खानामा प्लास्टिकको अर्क घुल्छ । लामो समयसम्म प्लास्टिकको बोतलमा राखिएको पानी विषालु हुन्छ । प्लास्टिकका भाँडा बढी प्रयोग गर्नाले नपुंसकता हुने  खतरा बढ्छ ।

विचार पुर्‍याउनुपर्ने कुरा

    भाँडालाई सफा गर्न फलाम भएको भाँडा पुछ्ने सामग्री प्रयोग गर्नु हुँदैन । यसबाट भाँडामा स्क्रेच हुन्छ ।

 प्याजको रस र सिरका बराबर मात्रामा लिएर स्टिलको भाँडामा रगडे

भाँडा चम्किन्छन् ।

 ननस्टिकका भाँडालाई तातो साबुन पानीले धुनुपर्छ अनि भाँडाबाट चिल्लोपन हट्छ ।

 कागतीको रसमा नुन मिसाएर सफा गर्दा तामाका भाँडा चम्किला देखिन्छन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन