रेस्६राझ् विशेष
चाडपर्वमा खानाको मज्जा
रेस्टुराँमा आफूलाई मन पर्ने परिकारको स्वादसँगै आफ्ना आत्मीय साथी तथा आफन्तसँग भलाकुसारी गर्नुको मज्जा बेग्लै हुन्छ । मीठा-मीठा परिकारको स्वादमा डुब्दै सुख-दुःखका कुराकानी गर्दा मन आनन्दित हुनुका साथै उक्त पललाई जीवनकै अविस्मरणीय क्षण बनाउन सकिन्छ । बितेका पल सम्झदै गेटटुगेदरमा एक-अर्कासँग कुरा सेयर गर्नुको मज्जा बेग्लै हुन्छ । त्यसमा पनि स्वादिलो खानाले वातावरणलाई अझ बढी रमाइलो बनाउँछ । यसका लागि रेस्टुराँ उपयुक्त थलो भएको छ । अहिले नेपालमा पनि रेस्टुराँ जाने ट्रेन्ड बढेको छ । हरेक वर्गलाई लक्षित गरेर खोलिएका रेस्टुराँ सबैको पहुँचमा छन् । बाहिर खान जानु अहिले फेसनजस्तै भएको छ । कुनै बेला बाहिर खान जानुलाई ठूलो कुरा मानिन्थ्यो तर आजभोलि यसलाई सामान्य मानिन्छ । विगतको कुरा गर्दा १९९१ मा स्थापना भएको बेकरी क्याफे नेपालकै पहिलो चेन रेस्टुराँ हो । विशेष गरी कन्टिनेन्टल परिकारका लागि लोकपि्रय बेकरी क्याफेले आफ्ना ग्राहकका लागि बेकरी आइटम, नेवारी, इन्डियन तथा चाइनिज परिकारलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी सानो भान्साबाट सुरु गरेको नाङ्लो बेकरी अहिले बेकरी चेन, पव, क्याफे तथा पेयपदार्थका लागि परिचित छ । बाहिर खान जाने संस्कृतिको विकासमा यसको पनि ठूलो योगदान छ । चिकेन मःमको अवधारणा पनि यसैले ल्याएको विश्वास गरिन्छ । त्यसैगरी फास्टफुडको अवधारणा हट ब्रेडले ल्याएको मानिन्छ । काठमाडौंमा हट बे्रडका विभिन्न चेन छन् । नेपालीको स्न्याक्स मानिने सेकुवा घरहरू नेपालमा निकैै चलेका छन् । यसको सुरुवात कहाँबाट भयो भन्ने स्पष्ट थाहा नभए पनि विभिन्न ठाउँमा खुलेका सेकुवा घरमध्ये एयरपोर्ट सेकुवा घर, बाजेको सेकुवा आदिले यसमा क्रान्ति ल्याएको मान्न सकिन्छ ।
जीजी मचान पुल्चोक
खुल्ने समयः बिहान ११ बजेदेखि बेलुकी १० बजेसम्म ।
परिकारः नेपाली, इन्डियन, कन्टिनेन्टल विशेषता ः ६ महिनाअघि खुलेको जीजी मचान रेस्टुरेन्ट झम्सिखेलमा छ । सफा, प्राकृतिक वातावरणमा शान्तसँग बस्न रुचाउने हरेकका लागि जीजी मचान राम्रो गन्तव्य हुनसक्छ । यहाँ स्वस्थकर एवं स्वादिष्ट परिकारहरू खान पाउँदा एउटै खालको स्वाद र मेनु हेरेर दिक्क भएका रेस्टुराँप्रेमीहरूले केही फरक अनुभूति सँगाल्न सक्छन् । यहाँका ट्वाक्क मकै, जीजी प|mाई चिकेन, पराले मसरुम, मेलचिन पकौडा आदि परिकार धेरैले रुचाएका छन् । १ सय जनाजतिको क्षमता भएको यो रेस्टुरेन्ट सानातिना पार्टी तथा गेटटुगेदरका लागि पनि उपयुक्त छ । ६५ भन्दा बढी परिकार पाइने यो रेस्टुराँ राम्रो पार्किङ, वाइफाइको सुविधाका साथमा व्यस्त सहरभित्र जंगलको वातावरण दिने हेतुले निर्माण गरिएको छ ।
थ्री सिक्स्टी रेस्टुरेन्ट झम्सिखेल
खुल्ने समयः १२ बजेदेखि बेलुकी ११ बजेसम्म परिकारः इन्डियन, चाइनिज तथा कन्टिनेन्टल ।
विशेषताः रेस्टुरेन्टमा घरको भन्दा भिन्न स्वाद चाख्न पाउनुपर्ने कुरालाई मध्यनजर गरी थ्री सिक्स्टी रेस्टुरेन्टमा खाइरहेको स्वाद भन्दा फरक स्वादका परिकारहरू उपलब्ध गराइन्छ । यहाँ थ्री सिक्स्टी स्पेशल सेट गार्डेन बार, सिटिङ रुम तथा गेटटुगेदर रुमसमेत बनाइएको यो रेस्टुरेन्टको इन्टेरियर पनि आकर्षक तथा कलात्मक छ । वाइफाइ पि|mयुक्त यो रेस्टुराँ विदेशीका साथै स्वदेशीहरू बीच पनि लञ्चदेखि डिनरसम्मका लागि सुन्दर स्थानका रूपमा चिनिएको छ । यहाँ बर्थ डे, गेटटुगेदर, सेमिनारजस्ता कार्यक्रम पनि सम्पन्न गर्न सकिन्छ । ग्राहकको चाहनाअनुसार यहाँ लाइभ सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिन्छ ।
स्विट केभ कालिमाटी
खुल्ने समयः बिहान ८:३० देखि बेलुकी ८ बजेसम्म परिकार ः भेज फास्टफुड विशेषताः विगत ३० वर्षदेखि कालिमाटीमा सञ्चालन हुँदै आएको स्विट केभमा विभिन्न परिकार चाख्न पाइन्छ । हरेक वर्गलाई लक्षित गर्दै खोलिएको यो रेस्टुराँ शाकाहारीहरूका लागि राम्रो गन्तव्य हो । यहाँको लाखामरी विशेष रुचाइएको परिकार हो । स्विट केभले एरिया हेरेर डोर टु डोर सर्भिस पनि प्रदान गर्दै आएको छ ।
रोयल साइनो, दरबार मार्ग
खुल्ने समयः बिहान १० देखि राति १० बजेसम्म लिन सकिनेः लञ्च तथा डिनर क्षमता ः ३ सय जना विशेषता ः पारखीहरूका लागि रोयल साइनो उत्कृष्ट थलो हो । मल्टी कुसनयुक्त यो रेस्टुरेन्ट पारिवारिक भेटघाट, साथीभाइको गेटटुगेदर आदि विभिन्न पार्टीका लागि उपयुक्त छ । चिकेन मलाई कबाब, चिकेन ससिल्क, मःम प्ल्याटर, मिक्स गि्रल्ड तन्दुरी, सी फुड प्ल्याटर आदि यहाँका विशेष रुचाइएका परिकार हुन् । यो रेस्टुराँ डेबिट कार्ड, क्रेडिट कार्ड तथा वाइफाइ पि|m छ । यहाँ २५ प्रकारका मःम पाइन्छ ।
नेवा डी क्याफे, ठमेल
खुल्ने समयः बिहान ९ बजेदेखि राति ११ बजेसम्म परिकारः नेपाली, नेवारी खानाका साथमा विविध परिकार ।
विशेषताः पर्यटकको मुख्य चहल-पहलको केन्द्र ठमेलस्थित नेवा डी क्याफे विविध प्रकारका परिकार चाख्न रुचाउने मानिसका लागि उपयुक्त थलो हो । यहाँ नेपालीका साथमा इन्डियनलगायत विविध किसिमका परिकार उपलब्ध छन् । नेपाली कलात्मक शैलीमा सजाइएको यो क्याफेमा कम मूल्यमा बढी परिकार खान सकिन्छ । यसले इन्डोर तथा आउटडोर सर्भिस प्रदान गर्छ ।
भेटघाट सेकुवा एन्ड तास, सिनामंगल
खुल्ने समयः बिहान १० बजेदेखि बेलुकी १० बजेसम्म लिन सकिनेः सेकुवाका साथमा फास्टफुडक्षमताः २ सय जना विशेषता ः मीठो तथा स्वादिलो सेकुवा तथा तासका लागि प्रख्यात भेटघाट सेकुवा एन्ड तास पारखीहरूका लागि राम्रो गन्तव्य हो । गुणस्तरीय खाना, सफा वातावरण तथा मीठो परिकारका कारण यसले ग्राहकहरूलाई लोभ्याइरहेको छ । मासु खान नरुचाउने मानिसहरूका लागि पनि यहाँ उचित व्यवस्था छ । यसका अतिरिक्त यहाँ विविध किसिमका फास्टफुड पनि उपलब्ध हुन्छन् । यो सुलभ मूल्यमा गुणस्तरीय परिकारका लागि उपयुक्त थलो हो ।
उत्सव, अथेन्टिक नेपाली रेस्टुरेन्ट
लालदरबार, दरबारमार्ग
खुल्ने समयः बिहान १० बजेदेखि बेलुकी १० बजेसम्म
लिन सकिनेः लञ्च र डिनर
क्षमताः २ सय ५० जना
विशेषताः लालदरबारस्थित यो रेस्टुराँ स्वदेशको मौलिक परिकार रुचाउने मानिसहरूका लागि उत्कृष्ट गन्तव्य हो । यहाँ नेपाली, नेवारी आदि मौलिक परिकारको स्वादमा रम्न सकिन्छ । यहाँ हरेक दिन नेपाली संस्कृति दर्शाउने लाखे, भैरव-काली, नेवारी, थारूलगायत ८-९ वटा नाच पनि प्रस्तुत गरिन्छ । वाइफाइ भएको तथा डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा भएको यो रेस्टुराँ फाइन डाइनिङका लागि उत्कृष्ट थलो हो । बढी मात्रामा विदेशी ग्राहकलाई तान्न सफल यो रेस्टुराँ ३ वर्षअघि
खोलिएको हो ।
बि्रजल बेकरी एन्ड रेस्टुरेन्ट, ठमेल
खुल्ने समयः बिहान ७:३० देखि राति १० बजेसम्म
खान सकिनेः ब्रेकफास्टदेखि डिनर
क्षमताः २ सय ५० जना
विशेषताः बि्रजलमा इटलियन, जापनिज, चाइनिज आदि परिकारका साथमा जिब्रोमा झुन्डिने बेकरीको स्वादसमेत लिन सकिन्छ । विदेशीका साथमा नेपालीलाई समेत ध्यानमा राखेर खोलिएको यो रेस्टुराँमा खानाका साथमा हरेक शुक्रबार र शनिबार नेपाली कला-संस्कृति भल्काउने लाइभ संगीतको मज्जा लिन सकिन्छ । गि्रन मोमो, बेबी कर्न, फापरको मोमो, बि्रजल स्पेशल कफी, बि्रजल स्पेशल किङ् प्राउन विथ कोकोनट तथा नट क्रिम आदि यसका विशेष परिकार हुन् ।
रोजउड, झम्सिखेल
खुल्ने समयः बिहान ८ बजेदेखि राति ११ बजेसम्म
खान सकिनेः ब्रेकफास्टदेखि डिनर
क्षमताः ९० जना
विशेषताः लामो समयदेखि रेस्टुराँसम्बन्धी काम गर्दै आएका व्यक्तिबाट संचालित रोजउड खुलेको धेरै समय नभए पनि यो छोटो समयमै सुपरिचित भएको छ । यहाँ कन्टिनेन्टल, चाइनिज, थाई, इटलियन आदि परिकारको स्वाद लिन सकिन्छ । स्याब हस्पिटालिटी प्राइभेट लिमिटेडद्वारा सञ्चालित यो एउटा पारिवारिक रेस्टुराँ हो । इन्डोर र आउटडोर सिटिङको व्यवस्था भएको रोजउड रमाइलो गर्ने उत्कृष्ट थलो हो ।
डी स्क्वायर क्याफे, पाटन, कृष्णमन्दिर
खुल्ने समयः बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म
परिकारः नेपाली, नेवारी, चाइनिज, इटलियन, कन्टिनेन्टल
क्षमताः ७०-८० जना
विशेषताः बाहिरबाट हेर्दा सानो देखिने यो रेस्टुरेन्ट भित्रबाट ठूलो तथा सुन्दर छ । पाटनको सुन्दर दृश्य हेर्दै यहाँ विभिन्न परिकारको मीठो स्वाद लिन सकिन्छ । वाइफाइ पि|mयुक्त यो स्थान विदेशीका साथै स्वदेशीहरूबीच ब्रेकफास्टदेखि डिनरका लागि सुन्दर स्थानका रूपमा चिनिएको छ । यहाँका हरेक परिकार विशेष भए पनि लाभाजा कफी बढी
रुचाइएको छ ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया