काजु पान टोकरी
काजुः ५ सय ग्रा, पिस्ता २ सय ग्राम, हनी ः १ सय ग्राम, गुल्ाकन्द ५० ग्राम, चिनी २ सय ग्राम, चेरी १ सय ग्राम, पोस्तादाना ५० ग्राम ।
विधिः सबै ड्राई mुट्सलाई सफा गरी भिजाउने । भिजेको काजुलाई पिस्ने, चिनी हालेर काजुको लेदोलाई पकाउने । कडा भएपछि हातले गोलो बनाएर टोकरी बनाउने । बदाम तथा पिस्ता कटिङ गर्ने । चेरी, हनी, गुल्ाकन्द, पोस्तादाना आदि मिसाउने र टोकरीको माथिबाट भर्ने । यसलाई सजाउन बर्क पनि प्रयोग गर्न सकिन्छ ।
ब्राउन मिल्क केक
सामग्रीः दूध ५ लिटर, चिनी आधा केजी, घिउ २ सय ग्राम ।
विधिः दूधलाई धेरैबेर पकाएर सुक्न थालेपछि घिउ र चिनी मिसाउने । फेरि १० मिनेटजति मसिनो आँचमा पकाउने । अर्काे सफा भाँडामा खन्याउने । ५-६ घन्टा सेलाएपछि लामो साइजमा काट्ने ।
कानपुरी लड्डु
सामग्रीः चना दाल १ केजी, चिनी ३ सय ग्राम, घिउ १ सय ग्राम, सुकमेल पाउडर सेन्सका लागि, केसर थोरै, पिस्ता, पानी १ लिटर ।
विधिः सबैभन्दा पहिले चनाको दाललाई मसिनो पाउडर हुने गरी पिस्ने र पानी हालेर उक्त पाउडरको घोल तयार गरी १० मिनेटसम्म चलाउने । कराहीमा घिउ तताउने अनि मसिनो प्वाल परेको चाल्नीबाट बुन्दी तयार गर्ने । स-साना बुन्दी तयार भएपछि सेलाउन दिने । थोरै चिनीको पाकमा बुन्दी, थोरै केसर तथा सुकमेल पाउडर हालेर चलाउने । गोलो डल्लो बनाएर ट्रेमा राख्ने । माथिबाट पिस्ताले सजाउने ।
बालुसाही
सामग्रीः मैदा आधा केजी, घिउ १ केजी, बदाम-पिस्ता आवश्यकताअनुसार, चास्नी १ लिटर ।
विधिः मैदा मुछेर १ घन्टा छोड्ने । त्यसमा हल्का डल्लो पारेर घिउमा तार्ने । खैरो भएपछि निकाल्ने । हल्का सेलाएपछि चास्नीमा डुबाएर १५ मिनेटपछि झिक्ने । बटर पेपर माथि राखेर डेकोरेसनका लागि माथिबाट बदाम-पिस्ता छर्कने ।
संगम स्पेशल लड्डु
सामग्रीः बेसन १ केजी, गुँड ३ सय ग्राम, सुकमेल पाउडर २५ ग्राम, ठूलो अलैंची पाउडर २५ ग्राम, बदाम १ सय ५० ग्राम, पिस्ता १ सय ५० ग्राम, घिउ १ केजी, सेतो चिनी ३ सय ग्राम ।
विधिः बेसन र घिउलाई विस्तारै मसिनो आँचमा १ घन्टा भुट्ने । छुट्टै घिउमा गुँडलाई तार्ने । बेसन र गुँडलाई मिसाएपछि सबै ड्राई प|mुट्स र चिनी पनि मिक्स गर्ने । एकछिन सानो आँचमा चलाउँदै पकाउने । चिनी पग्लन थालेपछि निकाल्ने र गोलो पार्ने । त्यसपछि पिस्ता र बदाम कटिङ गरी माथिबाट सजाउने ।
काजु रोल
सामग्रीः काजु १ केजी, सेतो चिनी ३ सय ग्राम, वर्क आवश्यकताअनुसार, सुकमेल पाउडर थोरै ।
विधिः काजु सफा गरेर भिजाउने । ५-६ घन्टापछि त्यसलाई पिस्ने । चिनीलाई पनि पाउडर बनाएर राख्ने । सानो आँचमा चिनी, काजुको लेदो र सुकमेल पाउडरलाई १५ मिनेट झिक्ने । केही सेलाएपछि बेल्नामा राखेर रोल गर्ने । माथिबाट वर्कले सजाउने ।
संगम बाइट्स
सामग्रीः काजु, बदाम, पिस्ता ३ किलो, घिउ १ किलो, बरक पेपर, चकलेट पाउडर आवश्यकताअनुसार, चिनी २ सय ग्राम ।
विधिः काजु, बदाम, पिस्ता राम्रोसँग सफा गर्ने र भिजाउने । ४-५ घन्टापछि पिसेर लेदो बनाउने । उक्त लेदोलाई चिनी राखेर घिउमा चकलेट पाउडर राखेर प|mाई गर्ने । केही समयपछि ट्रेमा जमाउने । कडा भएपछि कटिङ गर्ने । लामो समय राख्न र्यापिङ गर्ने । यो मिठाई ३ महिनासम्म बिगँ्रदैन ।
जेरी केसर
सामग्रीः मुंगको दालको पिठो १ सय ग्राम, चनाको दालको पिठो ५० ग्राम, मैदा २ सय ग्राम, घिउ १ केजी, केसर थोरै, चिनी आधा केजी, हनी १ सय ग्राम, केसर पाउडर थोरै ।
विधिः चास्नी बनाउन पहिले चास्नी तयार गर्ने । चास्नीमा थोरै केसर पाउडर तथा हनी हाल्ने । जेरीको घोल बनाउन मुंगको दालको पिठो, चनाको दालको पिठो, थोरै मैदामा पानी हालेर ५-६ घन्टाअघि भिजाउने र घोल तयार गर्ने । कराहीमा घिउ तताउने । त्यही लेदोलाई प्वाल भएको कपडामा राखेर घुमाउने । खैरो भएपछि तातो चास्नीमा डुबाएर निकाल्ने ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया