खानपानसम्बन्धी भ्रान्तिहरू

खाद्यपदार्थ र त्यसको उपयोगको तौरतरिकालाई लिएर विश्वभर अनेकौं धारणा प्रचलित छन् । यसमध्ये कतिपय धारणा वैज्ञानिक हिसाबले सत्य छन् भने कतिपय केवल भ्रमपूर्ण देखा पर्छन् ।

बेलुकाको पाँच बजेपछि कार्बोहाइड्रेडयुक्त भोजन खानु हुन्छ कि हुँदैन ?

यदि तौल नियन्त्रण गर्ने हो भने पाँच होइन सात बजेपछि कार्बोहाइड्रेडयुक्त पदार्थ खानुहुँदैन । राति त्यस्ता चीज खानुपर्छ जुन सजिलैसँग पच्न सक्छन् ।

केरा र स्याउमा आइरन बढी हुन्छ । त्यसैले काटेपछि तिनको रंग परिवर्तन भएर

रातोरातो वा खैरो हुन्छ ?

खैरो हुने कारण आइरन नभई इन्जाइम हो । खैरो रंग गाढा हुँदै जानुका पछाडि ती फलहरूमा हुने फिनालिक कम्पाउन्डको अक्सिडेसनले भूमिका खेलेको हुन्छ, यो कम्पाउन्ड हावाको सम्पर्कमा आएपछि रंग परिवर्तन हुन्छ ।

दूध एवं दूधजन्य पदार्थ बाल्यकाल बितेपछि उपयोगी हुँदैनन् ।

दूध एवं दूधजन्य पदार्थमा प्रोटिनका अतिरिक्त एमिनो एसिड, पmयाटी एसिड तथा क्याल्सियमका साथै भिटामिन ए, डी तथा म्याग्नेसियम, फोस्फोरस तथा पोटासियम पनि हुन्छ तसर्थ दूध सबैका लागि उपयुक्त भोजन हो ।

खाना पकाउने बेलामा हालिएको नुनले भन्दा छर्केर खाएको नुनले हानि गर्छ ।

खाना पकाउने बेलामा हालिएको होस् वा पाकेपछि माथिबाट छर्किएको नुन होस् दुवैमा सोडियमको मात्रा एक समान हुन्छ ।

आइरनको राम्रो स्रोत भएको हुनाले पालुङोको सागले रगतको कमी हुन दिँदैन ।

थुप्रै प्रकारका पात भएका सागसब्जीमा पर्याप्त आइरन पाइन्छ । ब्रोकाउलीमा ४० मिलिग्राम, तोरीमा १६-३० मिलिग्राम, गाजरको पातमा १८ मिलिग्राम, चौलाईमा २० मिलिग्राम आइरन हुन्छ जब कि पालुङ्गोमा केवल १ दशमलव १ मिलिग्राम आइरन हुन्छ ।

सुजी अन्न होइन सुजी मैदाको दानादार रूप हो । यसमा पोषक तत्वको मात्रा पालिस लगाइएको चामल तथा मैदासरह हुन्छ ।

सुगर प|mी उत्पादन स्वस्थ हुन्छ ?

सामान्यतया मानिसहरू सुगर प|mी उत्पादनलाई कम क्यालोरीयुक्त मानेर मधुमेह एवं तौल नियन्त्रणका लागि उपयोगी मान्छन् तर यस्ता उत्पादन अनेकौं नदेखिने खालका सुगरले युक्त हुन्छन् । यस्ता चीजको बढी सेवनबाट स्वास्थ्यमा विपरीत प्रभाव पर्न सक्छ ।

अण्डामा कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ, त्यसकारण अण्डा खानु हुँदैन ।

एउटा अण्डामा २ सय १५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ । केवल एउटा अण्डाको जर्दीमा ३ सय मिलिग्राम कोलेस्ट्रोल हुन्छ तथापि अण्डामा अन्य पौष्टिक पदार्थ प्रशस्त मात्रामा पाइन्छ । हालै गरिएको एक अध्ययनअनुसार जसले प्रतिदिन एउटा अण्डा खान्छ उसलाई अण्डा नखाने व्यक्तिको तुलनामा हृदय रोगको खतरा कम हुन्छ ।

उपवास बसेपछि शरीरबाट टक्सिन बाहिर निस्कन्छ ।

उपवासले अतिरिक्त क्यालोरीमा नियन्त्रण गर्छ तर उपवास बसेका बेला रिच डाइट, फलफूल, जुस तथा ड्राइ प|mुट्सहरू खानाले त्यसको फल उल्टो पनि हुनसक्छ ।

चिनी खाए मधुमेह हुन्छ ?

चिनी नखाए मधुमेह हुँदैन भन्ने सोच गलत हो । स्टार्च, पmयाट, प्रोटिन तथा चिनीजस्ता क्यालोरीयुक्त खाद्यपदार्थले शरीरमा इन्सुलिनको मात्रा बढाएर मधुमेहलाई जन्म दिन्छन् । जब शरीर कार्बोहाइड्रेड पचाउन असक्षम हुन्छ तब मधुमेह हुन्छ ।

महजस्ता प्राकृतिक पदार्थ चिनीका विकल्प हुन् ।

धेरैजसो मानिस के सोच्छन् भने यस्ता पदार्थ सुगर प|mी एवं कम क्यालोरीयुक्त प्राकृतिक स्रोत हुन् तथा यिनलाई प्रशोधन पनि गरिएको हुँदैन त्यसैले यी नोक्सानदायक हुँदैनन् । जब कि १ चम्चा महमा ६५ क्यालोरी तथा १ चम्चा चिनीमा ४६ क्यालोरी हुन्छ । ग्लाइस्मिक इन्डेक्स पनि महमा ८७ तथा चिनीमा ५९ हुन्छ ।

नुन नहालेको खानाले छिटै तौल घटाउँछ ।

स्मरणीय के छ भने सोडियम कम भएपछि पानी कम हुन्छ न कि पmयाट । स्नायु प्रणालीले ठीक ढंगमा काम गर्न सोडियम आवश्यक हुन्छ । नुन कम खानु डिप्रेसन, स्वभाव परिवर्तन तथा कमजोरीको कारण बन्न सक्छ ।

सुगरले मुडलाई प्रभावित गर्छ ।

मानिसको दिमाग ऊर्जाका लागि पूर्णरूपमा ब्लड सुगर -ग्लुकोज) माथि निर्भर हुन्छ । यसको कमीका कारण हाइपोग्लिमिया, कमजोरी, डिप्रेसन, दिमागी असन्तुलन आदि हुनसक्छ ।

राति मेटाबोलिज्म सिस्टम सुस्त हुन्छ, त्यसैले बिहान गर्‍हुँगो नास्ता आवश्यक छ ।

बिहानको नास्ता दिनभरिको ऊर्जाका लागि आवश्यक हुन्छ तर गर्‍हुँगो नास्ता गरिरहनु पर्दैन । केरा वा दूध खाएर पनि काम चलाउन सकिन्छ ।

माछा खानेबित्तिकै दूध पिउनु हुँदैन ।

सधैं होइन तथापि कुनै-कुनै बेला यसलाई मान्नु राम्रो हुनसक्छ ।

गुलियो नहुने फलफूलको जुस प्राकृतिक एवं सुगर प|mी हुन्छ ।

ती अवश्य पनि कम क्यालोरीयुक्त हुन्छन् तथापि प|mुकटोस हुने भएका कारण सुगर प|mी भने हुँदैनन् ।

राति काँक्रो खानु हुँदैन ।

राति काँक्रो खानु हुँदैन भन्ने कुनै वैज्ञानिक आधार छैन । मज्जाले खान सकिन्छ ।

खाली पेट नास्तामा फलफूल खानु हुँदैन ।

खान सकिन्छ । यसमा कुनै आपत्ति छैन ।

राति दही खानु हुँदैन ।

विज्ञानले यो कुरा मान्दैन ।

कागती पानी खानाले हड्डीमा पीडा हुन्छ ।

सामान्य अवस्थामा हुँदैन तर कसैकसैलाई भिटामिन सीले बिगार गर्न सक्छ ।

गर्भावस्थामा मेवा र भुइँकटहर खानु हुँदैन ।

यसमा कुनै वैज्ञानिक आधार छैन । पौष्टिक एवं सुपाच्य भएका कारण चिकित्सकहरू खाने सल्लाह दिन्छन् ।

एसिडयुक्त तथा नुनिलो खाद्यपदार्थ आल्मुनियमको भाँडामा राख्नुहुँदैन ।

टोम्याटो सस, साम्भर तथा चटनीजस्ता सिट्रस खाद्यपदार्थ आल्मुनियमको भाँडामा राख्दा त्यसले आल्मुनियम सोस्छ ।

खाना फलामको भाँडामा पकाउनु हुँदैन ।

नेपालजस्तो देश जहाँ थुप्रै मानिस रक्तअल्पताको सिकार छन्, त्यहाँ यसो गर्नु लाभदायक हुन्छ । आइरन कन्टेनरमा पास्ता सस बनाउँदा त्यसमा आइरनको मात्रा ३ सय प्रतिशतसम्म बढ्छ ।

ननस्टिक भाँडामा खाना बनाउनु सुरक्षित छ ।

टेफलोन कोटेड ननस्टिक कुक वेयरका अनेकौं फाइदा छन् । यसमा खाना पकाउँदा तेल कम लाग्छ तथा सफा गर्न पनि सजिलो हुन्छ तर स्क्र्याच भएपछि भने यस्ता भाँडामा पकाइएको खाना खानु हानिकारक हुनसक्छ ।

डाल्डा घिउ मक्खनभन्दा राम्रो हुन्छ ।

डाल्डा हाइड्रोजन ग्यासद्वारा ताप तथा प्रेसर दिएर भेजिटेबल तेलबाट बनाइन्छ । यसमा पाइने ट्रान्स पmयाटी एसिडले राम्रो कोलेस्ट्रोललाई घटाएर हानिकारक कोलेस्ट्रोल वृद्धि गर्छ । मक्खनले खराब कोलेस्ट्रोल वृद्धि गर्दैन । १ चम्चा मक्खनमा केवल १५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ । मक्खनमा फाइदाजनक खनिज, भिटामिन एवं एमिनो एसिड हुन्छ जुन डाल्डा घिउमा पाइँदैन ।

 घिउ खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

कोलेस्ट्रोल एवं सेचुरेटेड पmयाटको डरले मानिसहरू घिउ खान डराउँछन् । सत्य के हो भने शुद्ध घिउमा ६५ प्रतिशत सेचुरेटेड तथा ३५ प्रतिशत मोनोअनसेचुरेटेड पmयाटी एसिड हुन्छ । यो जैतुनको तेल जति नै गुणकारी हुन्छ ।

मह बालबालिकाका लागि फाइदाजनक हुन्छ ।

मह ब्याक्टेरियामैत्री हुन्छ । बालबालिकालाई अप्रशोधित मह ख्वाउनु हुँदैन । महमा हुने ं क्लस्टिरिडियम बोट्युलाइनम व्याक्टेरियाका कारण कहिलेकाहीँ फुड प्वाइजनिङ हुन्छ जसले गम्भीर रोग बनेर बालबालिकाको स्नायु प्रणालीमा असर पुर्‍याउन सक्छ ।

रिफाइन्ड तेल मुटु र स्वास्थ्य दुवैका लागि राम्रो हुन्छ ।

रिफाइनिङ गर्ने क्रममा कडा तापमान दिइने हुनाले आवश्यक पmयाटी एसिड, प्राकृतिक भिटामिन जस्तो भिटामिन ई तथा एन्टिअक्सिडेन्ट तत्व नष्ट हुन्छन् । यस्तो अवस्थामा यो हानिकारक भएर मुटु रोग हुने खतरा बढ्छ ।

तरल पदार्थ माइक्रोवेभमा तताउनु हुँदैन ।

धेरै तताउनाले तरल पदार्थ उम्लिएर बाहिर आई नोक्सान गर्न सक्छ ।

ड्राइ प|mुट्समा कोलेस्ट्रोल बढी हुन्छ ।

एक शोधअनुसार ड्राइ फुट बराबर फाइदाजनक अरू खाद्यपदार्थ छैनन् । यो न केवल कोलेस्ट्रोलरहित हुन्छ बल्की यसमा कोलेस्ट्रोल पनि कम हुन्छ । २०-३० ग्राम ड्राइ प|mुट्स नियमित खानाले तौल नियन्त्रण हुनुका साथै कतिपय रोगबाट छुटकारा पनि मिल्छ ।

खाना खाएको एक घन्टाभित्र पौडी खेल्नु गलत हो ।

यो भनाइको कुनै वैज्ञानिक आधार छैन । कतिपय पौडीबाज पौडी खेल्ने क्रममा पनि खाइरहेका हुन्छन् ।  

जसको केश तैलीय छ उसले बढी घिउ-तेलयुक्त खाना खानु हुँदैन ।

धेरै चिल्लो खाना स्वास्थ्यका लागि हानिकारक हुनसक्छ तर त्यसले केशमा कुनै असर पुर्‍याउँदैन ।

ताजा सुन्तलाको रस चिस्याएको रसभन्दा फाइदाजनक हुन्छ ।

यो केवल भ्रम हो । अनुसन्धानकर्ताहरूका अनुसार चिस्याइएको सुन्तलाको रस ताजा जुसको तुलनामा बढी भिटामिन सीयुक्त हुन्छ । यति मात्र होइन, चिसो भएका कारण यसमा भिटामिन रहने समय पनि बढ्छ । किनभने भिटामिन सी सजिलै नष्ट हुन्छ जब कि प्रशोधन गरेपछि यो लामो समयसम्म टिक्छ ।

कलेजो पौष्टिक खाद्यपदार्थ हो ।

कलेजोमा थुप्रै प्रकारका खनिज र भिटामिन हुन्छन् तर यसमा चिल्लो पदार्थ र कोलेस्ट्रोल पनि धेरै हुन्छ ।

ह्याङओभर हटाउन दही ख्वाउनुपर्छ ।

नशा उतार्न कागती पानी ख्वाउनुपर्छ । दही ख्वाउँदा नशा कम हुने आधार छैन ।

काठको चपिङ बोर्ड स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

राम्रोसँग सफाइ गर्ने हो भने काठको चपिङ बोर्ड विकल्परहित छ ।

प्रशोधित खाद्यपदार्थभन्दा काँचो खाना खानु राम्रो हुन्छ ।

कुनै चीज काँचै खानु नोक्सानदायक हुन्छ । अहिलेको आधुनिक जीवन शैलीमा प्रशोधित खाद्य पदार्थबाट बच्न मुस्किल छ तथापि स्वस्थ रहन त्यसबाट टाढै रहनु राम्रो हुन्छ ।

जुन खाद्यपदार्थ हेर्दा र सुँघ्दा प्राकृतिक लाग्छ त्यो सुरक्षित हुन्छ ।

सधैं त्यस्तो हुँदैन । कतिपय अवस्थामा खाद्य पदार्थमा बाहिरबाट त्यसलाई बिगार्ने व्याक्टेरिया प्रवेश गरेका हुन्छन् ।

दैनिक एउटा स्याउ खाने हो भने रोगबाट टाढा रहन सकिन्छ ।

यसमा कुनै शंका छैन कि स्याउ गुणकारी फल हो तर यसमा धेरै भिटामिन हुँदैन ।

तौल नियन्त्रणका लागि खानपानमा केवल फलफूलमाथि निर्भर हुनु उचित हुन्छ ।

यसो गर्नु ठीक हुँदैन । शरीर स्वस्थ राख्न सन्तुलित भोजन आवश्यक हुन्छ । त्यसैले फलफूलका अतिरिक्त अन्य पदार्थ पनि मिलाएर खानुपर्छ ।

मोनोडाइट अथवा एकै प्रकारको खानेकुरामा जोड दिनुपर्छ ।

सीमित खाना स्वास्थ्यका लागि लाभदायक हुन्छ । जस्तो कि फल खाएका बेला फलमात्र, सलाद र सागसब्जी लिएका बेला त्यो मात्र तथा दाल, रोटी र भात खाएको बेला त्यो मात्र एकदिनमा पनि समय मिलाएर खानु उपयुक्त हुन्छ ।

कुनै फलफूल वा तरकारीको ठाउँमा त्यसको सप्लिमेन्ट लिन सकिन्छ ।

यो गलत धारणा हो । फलफूल एवं सागसब्जीमा आ-आपmनै फाइटोकेमिकल्स हुन्छ । फाइटोकेमिकल्सको सुरक्षित माध्यम प्राकृतिक खाद्यपदार्थ हो, सप्लिमेन्ट होइन ।

कुनै वंशानुगत कारणले इटिङ डिसअर्डर हुन्छ ।

कुनै नजिकका नातेदारको इटिङ डिसअर्डरका कारण आफैं पनि त्यसको सिकार हुन सकिन्छ । यसमा खानपानको मात्र नभै स्वभाव एवं व्यवहारगत समस्या पनि कारक हुनसक्छ ।

कफी खानाले रक्तचाप बढ्छ ।

यो विवादास्पद विषय हो र यस विषयमा अनुसन्धान भैरहेको छ । शोधकर्ताहरूका अनुसार दिनमा चार कपभन्दा बढी कफी पिउनाले थोरै रक्तचाप वृद्धि हुन्छ ।

लेट्युसको पात खाएर स्लिम हुन सकिन्छ ।

यसमा प्रशस्त क्यालोरी हुन्छ तर यसमा चिल्लो पनि बढी हुने हुँदा धेरै खानु हुँदैन ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको... पूरा लेख »

नवदेवी सम्मान २०७० सम्पन्न

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ... पूरा लेख »

पहिचान गरौं आफ्नो क्षमता

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति... पूरा लेख »

जान्न, सिक्न र बुझ्न तत्पर विद्यार्थीहरू

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्।... पूरा लेख »

विज्ञापन