टप क्लास
टप क्लास युवतीहरूमाझ लोकपि्रय छ । यसले नेपाली युवतीहरूलाई नयाँ-नयाँ च्वाइस दिन्छ । यहाँँ निकै राम्रा तथा युनिक पहिरन एवं एसेसरिज खरिद गर्न सकिन्छ । यहाँ समय सुहाउँदा तथा उमेरअनुसार पाइन्ट, वन पिस, टिसर्ट, टप्स, स्कर्ट उपलब्ध छन् । टप क्लासमा आकर्षक ब्याग तथा जुत्ताको कलेक्सन पनि छ ।
सिको
ब्रान्डेड पिकहरूका लागि उपयुक्त गन्तव्य बनेको ब्लु बर्ड मलको सिकोको आउटलेटमा यसमा सबै खाले रेन्ज पाइन्छन् । घडीको मूल्य ८ हजारदेखि ७० हजार रुपैयाँसम्म पर्छ ।
बडी सप
अहिले ब्रान्डेड कस्मेटिक लगाउने होड चलेको छ । मानिसहरू नेपालमा राम्रो गुणस्तरका सामान नपाइने हुँदा विदेशबाट र्फकदा अधिकांशले कस्मेटिक नै खरिद गर्ने गरेका छन् । बडी सपमा बडी सप, क्लिनिक तथा लोरियलका ब्रान्डेड कस्मेटिक पाइन्छन् जुन गुणस्तरीय छन् । नक्कली कस्मेटिकबाट वाक्क भएका नेपाली ग्राहकले यहाँ सक्कली सामग्री खरिद गर्न सक्छन् । यहाँ ब्रान्डेड सामग्रीका विविध रेन्ज उपलब्ध छन् ।
फेसन भाइभ
आउटलेटः क्रिपुरेश्वर
ब्रान्ड पारखीहरूबीच पि्रय यो शोरुमले ग्राहकहरूलाई विभिन्न ब्रान्डका सामान बिक्री गर्दै आएको छ । यो राम्रो फेसन स्टोरमा गनिन्छ ।
रहर इन्सेप्सन
सिभिल मलको चौथो फ्लोरमा अवस्थित यो युनी सेक्स स्टोर हो । यहाँ महिला तथा पुरुषलाई लक्षित सबै प्रकारका सामग्री उपलब्ध छन् । यहाँका वन पिस, स्कर्ट, पाइन्ट तथा जुत्ता निकै पृथक् छन् ।
टे्रन्ज
आउटलेटः कमलपोखरी
यो ब्रान्डेड जुत्ता पारखीहरूका लागि उपयुक्त गन्तव्य हो । यहाँ विशेष गरी छालाका जुत्ता पाइन्छन् । सिङ्गापुरबाट आयातीत यहाँका जुत्ता निकै टिकाउ तथा राम्रा छन् । यहाँ इटालियन शैलीका जुत्ता विविध रेन्जमा उपलब्ध छन् ।
सेभेन्टिन रक स्टोर
यो महिलाहरूलाई लक्षित गरी खोलिएको फेसनेबल सप हो । यहाँ महिलाहरूका लागि चाहिने सबै सामग्री उपलब्ध छन् । अहिले चलेका सबै खाले रेन्जका पाइन्ट, टिसर्ट, चस्मा, बेल्ट, ब्याग आदि एसेसरिज यहाँ उपलब्ध छन् । यो स्टोरमा हलुका फेबि्रकलाई विशेष प्राथमिकता दिइएको छ ।
फेसन वल्र्ड
आउटलेटः त्रिपुरेश्वर
यो शोरुम विशुद्ध महिलाहरूलाई केन्दि्रत गरी स्थापना गरिएको हो । यहाँ चलेका फेसनका पहिरन उपलब्ध छन् । यहाँ विविध रेन्ज तथा प्रकारका पहिरन खरिद गर्न सकिन्छ । यहाँ सधैं नयाँ-नयाँ शैलीका परिधान उपलब्ध हुन्छन् । यहाँ ग्राहकहरूको मल्टिपल च्वाइसलाई ध्यान दिएर विभिन्न रेन्ज भित्र्याइन्छ ।
स्टाइल युनिट
यो सोरूम हेर्दा निकै रंगीचंगी देखिन्छ । युवतीहरूलाई केन्दि्रत गरी खोलिएको यो शोरुममा उनीहरूलाई चाहिने सबै सामग्री उपलब्ध छन् । यहाँ आधुनिक युवतीहरूको रोजाइ एवं रुचिलाई ध्यानमा राखी परिधान आयात गरिन्छ । यहाँँ गार्मेन्टबाहेक जुत्ता पनि खरिद गर्न सकिन्छ ।
म्याडिसन
विगत १७ वर्षदेखि ब्रान्डेड जुत्ताको कारोवार गर्दै आएको म्याडिसनले आफ्नो अर्को शाखा टाइम्स स्क्वायरमा पनि विस्तार गरेको छ । यहाँँ बेस लन्डन, ब्लु स्टोन, न्यू रक फुट वेयर, बेस लन्डन फुट वेयरजस्ता विविध विदेशी ब्रान्डका जुत्ता पाइन्छन् ।
रेबलन
रेबलन स्वीडिस ब्रान्ड हो । यो ब्रान्डले आपmनो शाखा ब्लु बर्ड मलमा पनि स्थापना गरेको छ । यसका मेकअप उत्पादन ९ सयदेखि २ हजार ५ सय रुपैयाँसम्मका छन् । मिनरल मेकअप गर्न चाहनेहरूका लागि यो राम्रो बान्ड मानिन्छ । यहाँँ यो ब्रान्डका सबै रेन्ज उपलब्ध छन् ।
बिग मार्ट
ग्रोसरी आइटमबिना कुनै पनि सपिङ मल पूरा हुन सक्दैन । सिटी सेन्टरको तल्लो तल्लामा बिग मार्ट नामको सपिङ सेन्टर छ । यो सपिङ सेन्टरमा ग्रोसरी तथा तरकारीहरू बिक्रीका लागि राखिएका छन् । यहाँका सामानहरू ताजा तथा गुणस्तरीय हुन्छन् । यहाँँको खुलापन एवं सुन्दर वातावरणमा सामान छानी-छानी खरिद गर्नुको मज्जा विशेष छ ।
अप्सन
ग्राहकहरूका लागि नामले जस्तै यसले पनि विविध सामग्री उपलब्ध गराएको छ जसमा विविध ब्रान्डका सनग्लास, लेदरका सामग्री, पेन तथा परपmयुम प्रमुख छन् । यहाँ रेबन, भर्साजे, भोग, टम फोर्ड, प्राडा, बुल्गेरी, मार्कजेकोभ, टम्मी हाइफिगरजस्ता ब्रान्ड उपलब्ध छन् । ग्राउन्ड पmलोरमा रहेको यो शोरुम फेसनपारखीहरूका लागि राम्रो गन्तव्य हो ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
तटीय मस्तीका लागि गोवा
समुद्री छालमा लुकामारी खेल्नुको आनन्द कस्तो हुन्छ ? हामी धेरैलाई... पूरा लेख »










तपाईंको प्रतिकृया