स्कुटीमा सरर...

महिलामा वृद्धि भैरहेको व्यावसायिकताका साथै व्यस्तताका कारण चार वा दुईपाङ्ग्रे सवारी साधनतर्फ उनीहरूको आकर्षण बढ्दै गएको छ । त्यसैले व्यवसायीहरूले महिलालाई लक्षित गरी सवारी साधन भित्र्याउने क्रम पनि तीव्र बनाएका छन् । दसैं-तिहारजस्ता चाडपर्व लक्षित विविध खालका स्किम र योजनाले गर्दा पनि यो समयलाई सवारी साधन किनबेचको उपयुक्त सिजन मानिन्छ । पछिल्लो समयमा नेपाली बजारमा देखा परेका स्कुटरहरू निक्कै परिमार्जित  छन् जसले सवारी साधनको काम मात्र नगरी अन्य थुप्रै आवश्यकता पनि पूर्ति गर्छन् ।

स्टाइलिस्ट बाइकको दुनियाँमा पृथक् नाम-पहिचान बनाउन सफल भारतीय कम्पनी यामाहाको नेपालस्थित आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टर प्राइजेज, टेकुले भर्खरै मात्र यामाहा कम्पनीको लिम नामक स्कुटर नेपाल भित्र्याएको छ । १ सय १० सिसीको लिम डिक्स तथा ननडिक्स दुवै मोडलमा उपलब्ध छ । ४५ किलोमिटरसम्म माइलेज क्षमता भएको लिम कालो, रातो तथा खैरो रंगमा बढी बिक्री भैरहेको कम्पनीका सेल्स एक्ज्युकेटिभ अनोज खड्गी बताउँछन् । खड्गी भन्छन्-लिमको खरिदमा ग्राहकले फाइनान्स सुविधा, १ वर्षे वा ११ हजार किलोमिटरसम्मको वारेन्टी प्राप्त गर्न सक्नेछन् । लिम अटो गियरयुक्त भएकाले पहाडी मार्गका लागि पनि उपयुक्त छ । यसको अर्को विशेषता भनेको ठूलो पाङ्ग्रा हुनु हो जसले लङ टुरलाई सहज बनाउँछ ।

श्रेष्ठ कम्पनी प्रा.लि,. टेकु ताइबानी कम्पनी एस.वाइ.एम. -श्याम) को आधिकारिक बिक्रेता हो । जसले एस.वाइ.एम.का स्कुटर र कब जस्ता महिला लक्षित बाइक यसै वर्ष नेपाल भित्र्याएको छ । जेट-४ र अर्बिट-११ गरी २ वटा मोडलका स्कुटर डिक्स ब्रेक तथा ट्युबलेस टायरयुक्त छन् । ४ गियर क्षमता भएको कब मोडलमा म्याजिक-११० आरआर बाइकमा शून्य प्रतिशत व्याजदरमा दैनिक १ सय १० रुपैंयाँको किस्तासहितको सुविधामा ग्राहकलाई उपलब्ध गराइने श्रेष्ठ कम्पनी प्रा.लि. का मार्केटिङ सेल्स म्यानेजर सुमन श्रेष्ठले बताए । १ लाख ५९ हजार ९ सयदेखि २ लाख ९ हजार ९ सयसम्म पर्ने एस.वाइ.एम. का स्कुटर इलेक्ट्रोप्लेटेड सेरामिक कोटेड इन्जिनयुक्त भएकाले अरूको तुलनामा पृथक् र बलियो भएको श्रेष्ठको दाबी छ । श्रेष्ठ भन्छन्-हामीकहाँ ग्राहकले वान रुफ सिस्टम फेसिलिटी प्राप्त गर्न सक्नेछन् । हामीले फाइनान्स, एक्सचेन्ज, ५ पटक पि|m सर्भिसिङ आदिको सुविधा दिइरहेका छौं । त्यसबाहेक बाइकको विशेषता भनेको लामो यात्रालाई पनि उपयुक्त हुने इन्जिन र यसको क्षमता हो । नेपाल भित्रिएको २ महिनाको छोटो अवधिमा ७५ वटा स्कुटर नेपाली मार्केटमा पुर्‍याएको यो कम्पनीका स्कुटरले प्रतिघन्टा ९० किलोमिटर पिकअप दिन्छन् भने यसमा ४५ माइलेज शक्ति छ ।

इटालियन ब्रान्ड पियाजिओका स्कुटर तथा मोटरसाइकललाई संसारमै बलियो तथा प्रतिष्ठित मानिन्छ । लिजेन्ड अफ स्कुटरको उपाधि  पाएका यो ब्रान्डका स्कुटरलाई अन्ना अटोमोबाइल्स प्रा.लि.ले नेपाल भित्र्याएको हो । पियाजिओको १०० सिसीको आइसाइन स्कुटर कालो, गुलाबी तथा पहेंलो रंगमा उपलब्ध छ । अन्ना अटोमोबाइल्स प्रा.लि. का प्रबन्धक प्रेम लामाका अनुसार संसारकै प्रतिष्ठित ब्रान्ड भएकाले मात्र होइन यसको दशमलव ६ लिटर पेट्रोल अट्ने ठूलो ट्यांकी, १० पटक निःशुल्क सर्भिसिङ, २ वर्षे वारेन्टी आदि कुराले पनि ग्राहकलाई लोभ्याएको छ । लामाले भने-आइ साइनमा पावर, पिकअप, स्मुथनेस तथा क्वालिटी कुनै कुरामा सम्झौता गरिएको छैन । १ लाख ४९ हजार पर्ने आइसाइनको खरिदमा ४ हजार नगद छुटको व्यवस्था छ ।

नेपाली मनको नेपाली बाइक बिक्रेता कम्पनी अन्नपूर्ण लिफान कम्पनीले विगत ९ वर्षदेखि अन्ना लिफान स्कुटी बिक्री गर्दै आएको छ । नेपालमै बनेको यो स्कुटर २ वटा मोडलमा उपलब्ध छ । ११० सिसीको डिजायरमा ४ लिटर पेट्रोल क्षमताको ट्यांक जडान गरिएको छ भने यसको मूल्य १ लाख ६ हजार ९ सय रुपैंयाँ पर्छ । कालो र रातो रंगमा प्राप्त गर्न सकिने ड्यु १०० सिसी क्षमताको अर्को स्कुटर हो । जसको मूल्य ९९ हजार ९ सय  छ भने यसमा ४ दशमलव ५ लिटर क्षमताको तेल ट्यांकी जडान गरिएको छ । यी दुवैको खरिदमा ग्राहकले १२ पटक निःशुल्क सर्भिसिङ तथा २ वर्षे वारेन्टी प्राप्त गर्न सक्छन् ।

मोस्ट पपुलर भारतीय ब्रान्ड महिन्द्रा एण्ड महिन्द्राले स्कुटरका विविध मोडल र भेराइटी एस.जी. ग्लोबल प्रा.लि. अन्तर्गतको महिन्द्रा टु हि्वलर्समार्फत नेपाली बजारमा पठाएको छ । महिन्द्रा एण्ड महिन्द्राको नेपालस्थित आधिकारिक बिक्रेता महिन्द्रा टु हि्वलर्सले महिन्द्राका ३ वटा मोडल नेपाली बजारमा उपलब्ध गराइरहेको छ । १ लाख ६४ हजार ९ सय पर्ने १ सय २५ सिसीको रोडियो आर जेड युवा लक्षित स्कुटर भएको बताउँदै कम्पनीका असिस्टेन्स म्यानेजर धीरज भट्टराई भन्छन्-यो स्कुटर बहु उद्देश्यीय प्रयोगका लागि लक्षित छ । मोटरसाइकल भएका श्रीमान्हरू पनि अहिले आफ्नो बाइक बेचेर श्रीमान्-श्रीमती दुवैले प्रयोग गर्न मिल्ने रोडियो आर जेडतर्फ आकषिर्त छन् । १२५ सिसीकै फ्लाइट पनि महिन्द्राको सर्वाधिक बिक्री भएको स्कुटर हो । एक्सलेन्स पिकअप तथा माइलेज दिने फ्लाइटको मूल्य १ लाख ५२ हजार ९ सय रुपैंयाँ पर्छ । १ लाख ५४ हजार ९ सय पर्ने महिन्द्राकै ड्युरो डी जेड स्कुटर सेफ्टीको हिसाबले निक्कै राम्रो भएको भट्टराई बताउँछन् । अन्य स्कुटरको तुलनामा महिन्द्राका स्कुटर किन फरक छन् भन्ने प्रश्नको जवाफमा धीरज भन्छन्-प|mन्ट फ्युल सिस्टमयुक्त भएकाले हाम्रो ब्रान्डका स्कुटरमा अरूमा जस्तो पेट्रोल भर्दा ओर्लिरहनुपर्ने झन्झट हुँदैन भने यो सिसी तथा पुलिङ पावरका हिसाबले पनि तुलनात्मक रूपमा बलियो छ । त्यसका अतिरिक्त ६ पटक निःशुल्क सर्भिसिङ, इन्जिनमा २ वर्षे वारेन्टी एवं फाइनान्सको सुविधा पनि उपलब्ध छ ।

भारतीय कम्पनी हिरो होन्डाको डियो र प्लेजर तथा होन्डाको एभिएटर पछिल्लो समयमा सर्वाधिक रुचाइएको स्कुटर हो । यी ब्रान्ड नेपालमा लामो समयदेखि चर्चामा छन् । अत्यधिक बलियो इन्जिन तथा पिकअप क्षमता, बढी माइलेज, स्टाइलिस्ट लुक्स आदिका कारण चर्चामा रहेको डियो युवतीदेखि वयस्क महिलाको पनि पहिलो रोजाइमा परेको छ ।

चौधरी गु्रपअन्तर्गतको टीभीएस स्कुटी पेप्ट केही समयअघि हरेक नेपाली युवतीहरूको रोजाइमा परेको स्कुटर हो । सहज, हलुका तथा तेल कम खाने अनि बढी माइलेज दिने भन्दै पहिलो पटक स्कुटर खरिद गर्नेहरूको पहिलो रोजाइमा परेको स्कुटी पेप्ट हाल आएर अन्य विविध सुविधायुक्त अत्याधुनिक स्कुटरका कारण केही ओझेलमा परे पनि यसका छुट्टै प्रयोगकर्ता छन् जो एकपटक यो स्कुटर चढ्छन् उनीहरूलाई पेप्ट छोडेर अर्को स्कुटर चढ्न भारी महसुस हुन्छ ।

 

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by लिक्ष्मी भण्डारी थापा
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन