आधुनिक सामान

दाउराले बाल्नुपर्ने चुल्हो, चुलेसी, बेल्ना-चौकी, ठेकी, सिलौटो आदि सामग्री अब एकादेशका कथा भएका छन् । मानिसको बदलिँदो जीवन शैलीसँगै आएका विभिन्न आधुनिक सामानले पुराना सामग्रीको ठाउँ लिएका छन् । अब खाना बनाउन अगेनोमा कसौडी राखेर आगो फुक्ने समय छैन । त्यसमा पनि व्यस्त जीवन शैलीमा आफन्तलाई दिन समय पनि अपुग छ । यस्तो अवस्थामा विभिन्न खालका आधुनिक सामग्रीले हाम्रो जीवन सरल बनाएका छन् । व्यस्तता, आधुनिकता तथा समयको अभावलाई मध्यनजर गर्दै बजारमा विभिन्न खालका सामग्री आएको बताउँछन्-किचेन टे्रडिङ कन्सर्नका सर्वज्ञज्योति कंसाकार । अब पहिलेको जस्तो तरकारी पकाउँदा हतार-हतार सिलौटोमा मसला राखेर पिस्नु पर्दैन । बत्तीको सहायताले चल्ने मिक्सरले तत्काल मसला तयार गरिदिन्छ । त्यसैगरी अगेनामा राखिएको खाना डढ्छ कि भनेर कुर्नु पर्दैन । यसका लागि विभिन्न खालका कम्प्युटराइज्ड अटोमेटिक सामग्री आएका छन् । यति मात्र होइन आफूले बनाएको खाना बढी भएर खेर जाला भन्ने टेन्सन पनि छैन किनभने पि|mज त छँदैछ । आधुनिकताले विकास गरेका यी सबै सामग्रीले दैनिक जीवनलाई शारीरिक परिश्रमबाट टाढा राखेका छन् ।



स्विजल स्टिक

घरमा ककटेल, मोकटेल वा लस्सी बनाउँदा प्रयोग हुने सुइजल स्टिक बजारमा आएको छ । यसको सहायताले डिं्रक्स चलाउन सकिन्छ । विभिन्न रंगमा उपलब्ध यो स्टिक हेर्दा निकै सुन्दर देखिन्छ । यसको मूल्य प्रतिगोटा ३० रुपैयाँ पर्छ ।





आइसक्रिम मेकर

फेसनेबल तथा वाइज डिजाइन भएको आइसक्रिम मेकरमा ४-५ जनाका लागि आइसक्रिम तयार गर्न सकिन्छ । मल्टिफङ्सनल बेस र कभर भएको आइसक्रिम मेकरमा खाना पनि सफा रहन्छ । चलाउन सजिलो, पावर सेभिङ तथा नन स्टिक यो आइसक्रिम मेकर अल्मुनियमको बाउलयुक्त हुन्छ जसमा लामो समयसम्म चिसो राख्न सक्ने क्षमता हुन्छ । यसको सहायताले १३ देखि १० डिग्री सेल्सियसमा ४५ मिनेटमै आइसक्रिम तयार गर्न सकिन्छ ।





इलेक्टि्र्रक बारबिक्यु गि्रल

यो मासु तथा तरकारी गि्रल गर्ने सबैभन्दा उपयुक्त साधन हो । यसमा आफूलाई चाहिने सामग्री तयार पारी टेम्प्रेचर सेट गरेर राख्नुपर्छ । खानेकुरा तयार भएपछि यो आफै बन्द हुन्छ । यसले गर्दा खाने कुरा डढ्ने सम्भावना हुँदैन । यसले गि्रल खाने कुरा रुचाउने मानिसलाई घरमै परिकार तयार पार्न तथा सर्भ गर्न सजिलो बनाएको छ ।



स्पाइस पोट

सिसा तथा एक्रोलिकबाट बनेका स्पाइस पट मसला राख्ने उपयुक्त सामग्री हुन् । विभिन्न साइज, सेप तथा मूल्यमा पाइने यी निकै आकर्षक छन् । यी सामान सफा गर्न पनि सजिलो छ ।





योगकर्ट मेकर

दही तयार गर्न अब एकदिन कुर्नु पर्दैन । बजारमा आएको योगकर्ट मेकरको सहयोगले ४ घन्टामै दही तयार पार्न सकिन्छ । दही बनाउने यो भाँडो अटोमेटिक छ  । दहीलाई प|mेस राख्न तथा प्रदूषणबाट बचाउन यसको भित्री भागमा प|mेसनेस बक्स छ । यसमा १ लिटर दूधको दही तयार गर्न सकिन्छ । यसमा ट्रान्सपरेन्ट लिडका साथमा ७ वटा ग्लास जार पनि छन् ।





रोटी मेकर

क्षणभरमै रोटी बनाउन सकिने यो रोटी मेकर ८ इन्च नन स्टिक सर्फ]{ले युक्त छ । २२० देखि २ सय ४० भोल्टेज लिने रोटी मेकरमा स्टिललेस फिनिस सर्फ]{ हुन्छ । क्रोन प्लिटेड डबल ह्यान्डलयुक्त रोटी मेकर छिटो तथा सरल तरिकाले रोटी बनाउने उपयुक्त साधन हो । यसले गर्दा अब रोटी बेल्नुपर्ने तथा तावामा सेक्नुपर्ने झन्झट हटेको छ । पिठो मोली गोलो बनाएर यसमा राखेपछि केही मिनेटमै रोटी तयार हुन्छ । यसमा भएको रेडी लाइट इन्डिकेटरले रोटी बनाउन सजिलो बनाएको छ । यसमा बनाइएका रोटी शुद्ध, क्रिस्पी तथा स्वादिला हुन्छन् ।





कम्प्युटराइज्ड राइस कुकर

आधुनिकताले ल्याएको विभिन्न विकास क्रमको उदाहरण कम्प्युटराइज राइस कुकर पनि हो । यसमा कम्प्युटरमा जस्तै टाइम सेट गरेर खाना तयार गर्न सकिन्छ । जापानी ब्रान्डमा उपलब्ध यी राइस कुकर १ लिटरमा उपलब्ध छन् । सानो तथा चिटिक्क परेको यो राइस कुकर सानो परिवार एवं विद्यार्थीका लागि उपयुक्त छ ।





एप्पल स्लाइसर

एप्पल स्लाइसरले स्याउ काट्ने कामलाई सजिलो बनाएको छ । यसलाई स्याउमाथि राखेर काट्दा स्याउको बीच भाग छुट्टन्िछ भने स्लाइस पनि उत्तिकै आकर्षक हुन्छ । सबै स्याउ एउटै सेपमा काट्ने । एप्पल स्लाइसरमा काटिएका स्याउ टेबलमा राख्दा पनि यो सुन्दर देखिन्छ ।  





एग बोइलर

एग बोइलरले गर्दा अब अण्डा उसिन्दा फुट्ला भन्ने चिन्ता गर्नु पर्दैन । यसमा ७ पिस अण्डा ६ देखि १२ मिनेटमा सजिलै उसिन्न सकिन्छ । यसमा भएको एग पिन स्ट्राइ होलले अण्डा फुट्ने डर हुँदैन । यो बत्तीको सहायताबाट चल्ने अटोमेटिक मेसिन हो । अण्डा पाकेपछि यो आफै अफ हुन्छ । यसले समयको बचत गर्नुका साथै इन्धन पनि बचाउँछ । यसमा तयार भएको अण्डा प|mेस तथा पौष्टिक हुन्छ ।





ककटेल अम्ब्रेला

ककटेल, मोकटेललगायत विभिन्न डि्रङ सर्भ गर्न प्रयोग हुने ककटेल अम्ब्रेला पनि बजारमा खरिद गर्न सकिन्छ । विभिन्न रंगमा उपलब्ध यो सानो स्टिकमा कागजले छाताजस्तो आकार दिइएको छ । हेर्दा आकर्षक एक सेट अम्ब्रेलाको १ सय ३५ रुपैंयाँ पर्छ ।





एग कटर

हामी सामान्यतया हरेक कुरा एउटै साधनले काटिरहेका छौं । बजारमा विभिन्न खालका काट्ने सामग्री आएका छन् । एग कटरको माध्यमले उसिनेको अण्डा काट्न सकिन्छ । यसले अण्डा काट्दा अरूमा जस्तै पहेंलो भाग छुट्टनिे डर हुँदैन । यसले अण्डा काट्दा बराबर भागमा सुन्दर ढंगबाट काट्न सकिन्छ ।





सेफ एण्ड डिस

स्टिलबाट बनेको सेफ एण्ड डिस घरमा सानो पार्टी गरेका बेला खाना राख्न उपयुक्त सामग्री हो । ४-५ जना पाहुनाका लागि यसमा खाना राखेर सेल्फ सर्भ गर्न सजिलो हुन्छ । हेर्दा सानो तथा चिटिक्क परेको सेफ एण्ड डिस सानो परिवारका लागि पनि उपयुक्त छ ।





डिजिटल स्टिललेस स्टिल फुड स्टिमर

यो बिजुलीबाट चल्ने मःम बनाउने साधन हो । यसमा अटोमेटिक टाइमर छ । मःम तयार भएपछि यो आफै बन्द हुन्छ । यसमा ३ वटा लेयर छन् । यो लेयर स्टिललेस फुड स्टिमर हो । पानी राखेर आफूलाई मन परेको कुरा मःम, मकै, आलु आदि यसमा बोइल गर्न सकिन्छ । पानीको लेबल कति छ भनेर चेक गर्न यसको भाँडो उठाएर पटक-पटक हेरिरहनु पर्दैन । यसको पानीको लेबल बाहिरबाट सजिलै हेर्न सकिन्छ । यसमा भएका सबै नन इलेक्टि्रकल पार्ट्स सफा गर्न सजिलो छ । पानी राखेको १५ सेकेन्डमै बाफ निकाल्ने, यो मःम मेकरलेे काम गर्न सजिलो मात्र बनाएको छैन यसमा बनाइएको मःम स्वादिलो पनि हुन्छ ।





स्यान्डबीच मेकर


स्यान्डबीच मेकर विभिन्न ब्रान्डमा उपलब्ध छन् । यसमा पाउरोटीलाई भर्टिकल्ली सेक्न सकिन्छ । यसले गर्दा स्पेस सेभिङ पनि हुन्छ । बढी तातोबाट बचाउन यसमा ओभर हिट प्रोटेक्सनको सुविधा पनि छ । नन स्टिक यो मेकर सफा गर्न पनि सजिलो छ । यसमा एकपटकमा २ पिस पाउरोटी तयार गर्न सकिन्छ । यसमा बनाइएको टोस्ट खाँदा स्वादिलो तथा प|mेस हुन्छ ।





बारबिक्यु गि्रल सेट

घरमा आफूलाई इच्छा लागेका बेला बारबिक्यु बनाउन अब धेरै सोचविचार गरिरहनु पर्दैन । यसमा  बारबिक्युका साथमा कुकिज, बिस्कुट आदि एउटै भाँडोमा सजिलै बनाउन सकिन्छ । यसका लागि बारबिक्यु गि्रल सेट सबैभन्दा सरल उपाय भएको छ । बारबिक्यु गि्रल सेटको माथिल्लो भागमा ८ पिस मासु अथवा भेजिटेबल सेकुवा बनाउन सकिन्छ भने तल्लो भागमा आफ्नो इच्छाअनुसार बिस्कुट अथवा केक बनाउन सकिन्छ । बिजुलीबाट चल्ने यो सेटमा एडजस्टेबल टेम्पे्रचर कन्ट्रोल छ । स्टिललेस स्टिल हिटर, ह्याड गि्रप, पाइल लाइट, गि्रल मेसले यसमा काम गर्न सजिलो बनाएको छ ।





पिज्जा ओभन

स्टिललेस स्टिल बडी भएको पिज्जा ओभनमा लगातार १२ वटासम्म पिज्जा तयार गर्न सकिन्छ । यसका साथै आफूलाई केक खान मन लागेका बेला अर्को भाँडा खोज्नुपर्ने झन्झट पनि हुँदैन  । यसमा केक, कुकिज आदि खानेकुरा सजिलै तयार गर्न सकिन्छ ।





प्रोफेसनल हट प्लेट तथा बफेट सर्भर

यो घरमा सानो पार्टी आयोजना गर्दा वा लामो समयसम्म खाना तातो राख्न उपयोगी सामग्री हो । यसमा ३ वटा बफेट सर्भिङ स्टेसन जडान गरिएको छ । यसले खाने कुरालाई लामो समयसम्म तातो राख्छ । यसमा बारबिक्यु, करी, ब्रेकफास्ट आदि हरेक प्रकारका परिकार लामो समयसम्म तातो राख्न सकिन्छ । यसको प्रयोग खाना सर्भ गर्न पनि हुन्छ । आफ्नो इच्छाअनुसार यसलाई हट प्लेटका रूपमा पनि प्रयोगमा ल्याउन सकिन्छ ।





साल्ट एण्ड पिपर मिल सेट

यसमा मरिच, ल्वाङ, सुकमेल आदि सामग्री पिस्न सकिन्छ । आफूले पिसेको कुरा तुरुन्तै प्रयोग गर्न चाहने मानिसका लागि यो उपयुक्त सामग्री हो । यसमा पिसेको कुरा स्वाथ्स्यका हिसाबले पनि लाभदायक छ । यसमा ओर्जिनल स्वाद हराउने डर पनि हुँदैन ।



इलेक्टि्रक ओभन

विभिन्न ब्रान्डमा उपलब्ध इलेक्टि्रक ओभन खाना बनाउने सजिलो सामग्री हो । यसमा तीन वटा प्लेट उपलब्ध हुन्छन् । ६० लिटर क्षमताको ओभनमा स्टिललेस स्टिल हिटिङ एलिमेन्ट हुन्छ । ६० मिनेट टाइमरयुक्त यसभित्र ल्याम्प पनि हुन्छ । टेम्प्रेचर कन्ट्रोल गर्न सक्ने क्षमता भएको ओभनमा खाना तातो बनाउने ६ वटा स्टेज हुन्छन् । यसमा आफ्नो आवश्यकताअनुसार टप हिटिङ र बटम हिटिङ, बटम हिटिङ र कन्भेन्सन, कन्भेन्सन र टप हिटिङ आदि सुविधा उपयोग गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन