सजावटका लागि आर्टिफिसियल फूल
भित्तामा फूल ह्याङ गर्न चाहनेहरूका लागि ह्याङगिङ फूल पनि उपलब्ध हुन्छ । फूल-बिरुवा भासमा सजाउन रुचाउनेहरूका लागि बञ्च तथा स्टिकमा विभिन्न खालका सुन्दर फूल उपलब्ध छन् । यसका साथै अहिले लहरा फूलमा तिहारका लागि विभिन्न खालका लाइट पनि आएका छन् । कपडाले बनाइएका यी फूलमा रबर पनि प्रयोग गरिएको हुन्छ ।
घर सजावटमा फूल-बिरुवाले महत्वपूर्ण भूमिका खेल्छन् । राम्रोसँग हेरचाह गरे घर घरवरिपरि रोपिएका फूल-बिरुवाले घरै उज्यालो बनाउँछन् तर तिनै फूल-बिरुवा राम्रोसँग हेरचाह गर्न सकिएन भने सकारात्मक परिणाम आउँँदैन । त्यसैले अहिले विकल्पका रूपमा बजारमा नक्कली फूल-बिरुवा उपलब्ध छन् र यी निकै आकर्षक पनि देखिन्छन् । चीनको गोन्जाउ तथा युबाट नेपाली बजारमा ल्याइने हरेक प्रकारका प्राकृतिक फूल-बिरुवा नक्कली फूल अहिले सर्वसुलभ भैसकेका छन् । यी नक्कली फूल-बिरुवा पनि प्राकृतिक फूल-बिरुवाजस्तै देखिन्छन् । कतिपय आर्टिफिसियल फूल त नछोई नक्कली हो भनेर छुट्याउन पनि सकिँदैन ।
महाबौद्धस्थित कुमारी आर्केडको पसल नम्बर क १ सय ७ का रामगोपाल श्रेष्ठका अनुसार मानिसको व्यस्त जीवन शैली तथा प्राकृतिक फूललाई धेरै समय दिनुपर्ने हुँदा कृत्रिम फूलको चलन बढ्दो छ । श्रेष्ठ भन्छन्-'यी फूल-बिरुवा स्याहार्ने-हुर्काउने झन्झट हुँदैन र गोडमेलको आवश्यकता पनि पर्दैन । यी फूल-बिरुवालाई सीधै घरको कुनै पनि भागमा राखेर सजाउन सकिन्छ ।
रोजमेरी गिफ्ट ग्यालरी पसल महाबौद्धका जोन श्रेष्ठका अनुसार यी नक्कली फूल-बिरुवाको माग अहिले घर, अपार्टमेन्ट, सहकारी संस्था, बैंक, होटल आदि विभिन्न ठाउँमा बढ्दो छ । हरेक आर्टिफिसियल फूल ५-६ रंगमा उपलब्ध छन् । फूलको मूल्य स्टिकको १ सयदेखि माथि छ । बञ्चमा यसको मूल्य १ सय नै छ भने रुखमा भने यो अलिक महँगो छ । एउटा रुखको मूल्य ३ हजार रुपैयाँभन्दा माथि छ । यसको मूल्य गुणस्तर एवं साइजमा पनि निर्भर हुन्छ । कृत्रिम फूल बञ्च, स्टिक, लहरा, वाल ह्याङगिङ, फ्लटिङ प्लान्ट आदि विविध भेराइटीमा उपलब्ध छन् । यी फूललाई इच्छाअनुसार सजाउन सकिन्छ । फ्लट्री बिरुवा रुचाउने मानिसका लागि फ्लिटिङ फूल-बिरुवा पनि उपलब्ध हुन्छन् । यसमा दैनिक पानीको भाँडामा कुन फूल हाल्ने भन्ने टेन्सन हुँदैन । यी फूल-बिरुवामा प्राकृतिक फूलजस्तै हरेक दिन पानी हाल्नुपर्ने झन्झट पनि हँुदैन ।
भित्तामा फूल ह्याङ गर्न चाहनेहरूका लागि ह्याङगिङ फूल पनि उपलब्ध हुन्छ । फूल-बिरुवा भासमा सजाउन रुचाउनेहरूका लागि बञ्च तथा स्टिकमा विभिन्न खालका सुन्दर फूल उपलब्ध छन् । यसका साथै अहिले लहरा फूलमा तिहारका लागि विभिन्न खालका लाइट पनि आएका छन् । कपडाले बनाइएका यी फूलमा रबर पनि प्रयोग गरिएको हुन्छ । यसका साथै आर्टिफिसियल बिरुवा पेपर, कटन, पारचामेन्ट, लेटेक्स, फूल तथा बिरुवाका सुकेका भाग, प्वाँख आदिबाट पनि निर्माण गरिन्छ । सुन्दर डिजाइन, आकर्षक बनावट तथा विविध रंगले गर्दा यसले जोकोहीलाई आफूतर्फ आकषिर्त गर्छ ।
यी फूल किन्दा प्रतिगोटाका आधारमा लिइन्छ । कुनै भासयुक्त छन् भने कुनै भास पछि किन्नुपर्ने हुन्छ । त्यसैगरी कुनै गमलामा रोपेजस्तो तयारी अवस्थामा हुन्छन् । यसमा फूल, गमला तथा गमलामा स-साना ढुङ्गा पनि हुन्छन् । यी फूल-बिरुवा आकर्षक देखिएकैले दिनहुँ लोकपि्रयताको सिँढी चढ्दैछन् ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया