चाडपर्वः महिलालाई सकस

ललितपुर झम्सिखेलकी मीना तण्डुकार -नाम परिवर्तन) लाई चाडपर्व नआए पनि हुन्थ्यो जस्तो लाग्छ । उनलाई चाडपर्वमा रमाउने मन नभएर  दिक्क लागेको भने पक्कै होइन । 'चाडपर्व कि त लोग्नेमान्छेहरूको मात्र बनाइदिनुपर्‍यो होइन भने महिलालाई पनि हरेक काममा सघाउनुपर्‍यो । 'चाडपर्वको बेला लोग्नेमान्छेहरू जाँड-रक्सी खाएर जुवा-तास खेलेर रमाइलो गर्ने, महिलाहरू भने भान्साबाट बाहिर पनि निस्कन नपाउने, विभेद भएन र ?' उनको प्रश्न । बुहारीलाई चाडपर्वमा निकै हैरानी हुन्छ । तण्डुकार भन्छिन्, 'बाहुन-क्षेत्रीका बुहारीलाई धेरै सजिलो छ, एक-दुई थरीका परिकार बनाएपछि पुग्छ, लोग्नेमान्छेहरू पनि काममा सघाउँछन्, हाम्रो समुदायमा त महिलालाई सार्‍हैै पेलान हुन्छ-चाडपर्वका बेला ।' उनलाई चाडपर्व आएजस्तै लाग्दैन । 'एकैछिन पनि कामबाट फुर्सद हुँदैन, के चाडपर्व आएको भन्नु ?'

मीनाको मात्र होइन भोटेबहालकी सम्झना नकर्मी -नाम परिवर्तन) को पीडा पनि उस्तै छ । उनी त अझ संयुक्त परिवारकी एक्ली बुहारी हुन् । 'हामीकहाँ परिकार नै धेरै बनाउनुपर्छ । खाने मान्छे धेरै हुन्छन् तयार गर्ने  काम सबै बुहारीको थाप्लोमा हुन्छ ।' एकथरी बनाउँदा त के-के नपुगेको हुन्छ भने दर्जनौं परिकार पकाउँदा स्वाद पनि थाहा पाउँदिनन् उनी । आफ्ना आमाहरू सोझा भएर दुःख पाउनुपरेको उनको गुनासो छ ।  कम्तीमा चाडपर्वको बेला पुरुषले पनि महिलालाई सघाउनुपर्छ भन्ने कुरा मात्र सिकाइदिएको भए हामीले सास्ती खेप्नुपर्ने थिएन । 'चाडपर्वका बेला अरू बेला भन्दा बढी खट्नुपर्छ, हामीलाई पनि त रमाइलो गर्न मन लाग्छ तर समाजले कुरा बुझ्दैन' उनको रोष थियो ।  

चाडपर्वका बेला सहरी भेगको तुलनामा गाउँघरका महिला थप पेलिन्छन् । गुल्मीकी शर्मिला पराजुली -नाम परिवर्तन) भन्छिन्, 'चाडपर्व भनेर आनन्दसँग बस्न भएन, घरपरिवारलाई रिझाउनैपर्‍यो, घरभित्रको काम बुहारीकै हो भन्ने सिक्यौं, जान्यौं, अहिले गाह्रो भयो भनेर कसले गरिदिन्छ र ?' उनलाई पनि थाहा छ, 'चाडपर्वमा अक्सर गरी महिलाहरू चुल्होबाट बाहिर निस्कन पाउँदैनन्, पाहुनाको स्वागत-सत्कार, घरको नियमित धन्दा छँदैछ ।' चाडपर्वमा रमाइलो हुन्छ, वर्षौंदेखि भेट्न नपाएका आफन्तसँग भेटघाट हुन्छ यो आफ्नै ठाउँमा छ तर समाजमा जुन रूपमा महिलालाई पेलिन्छ त्यसमा भने उनको असहमति छ । असहमति भए पनि उनी केही गर्न सक्दिनन् । 'चाडपर्वका बेला बुहारी भएर घरको काम नगर्ने, पाहुनाको स्वागत-सत्कार नगर्ने भए के काम ?' आफैलाई सम्झाउँछिन् उनी । 'हाम्रा आमा-हजुर आमाको पालामा कति गाह्रो थियो होला, अहिले सबै कुरामा पहँुच छ, पकाएर ख्वाउनु कुन ठूलो कुरा हो र भन्ने लाग्छ ।' लोग्नेमान्छेहरू मज्जासँग रमाइलो गर्ने, खाने-पिउने तर महिलाहरू काममै खटिनुपर्ने हैरानीबाट ओखलढुँगाकी मिनु भट्टराई -नाम परिवर्तन) पनि दिक्क छिन् । उनी घरकी कान्छी बुहारी हुन्, कान्छी बुहारीमाथि यसै पनि जिम्मेवारी बढी नै हुन्छ । 'लोग्नेमान्छेहरूलाई महाराजाजस्तो गरी सम्मानका साथ ख्वाउनुपर्ने, के महिलाको चाहिँ पर्व होइन ?' उनी आफैसँग प्रश्न गर्छिन् । उनका श्रीमान् समझदार छन् तैपनि काममा सघाउँदैनन्, उल्टै उनलाई भन्दा रहेछन्, 'तिमीले कुनै दिन दाइले भाउजूलाई काममा सघाएको देख्या छौ ? मलाई के भन्छ्यौ ? जसोतसो काम गर, बुहारी हुन कहाँ सजिलो छ र ?' यही समाजमा यस्ता लोग्नेमान्छेहरू पनि छन् जसले समाज अनि घरपरिवारका कारण घरायसी काममा आफ्ना श्रीमतीलाई सघाउने आँट गर्दैनन् । काठमाडांै भएका बेला श्रीमतीसँगै मिलेर सबै काम गर्ने चितवनका शिव खत्री -नाम परिवर्तन) घर गएका बेला भने चुपचाप बस्छन् । उनी कुनै सरकारी कार्यालयमा अधिकृत स्तरका कर्मचारी हुन्, श्रीमती स्कुलकी शिक्षिका । शिव भन्छन्, 'सहरमा दुवैको बाध्यता छ, मिलेर गर्छौं, गाउँमा समाज छ घरपरिवारको पनि मान राख्नुपर्छ त्यही भएर हात खुम्च्याउनुपर्छ ।' गत वर्षको कुरा सम्भिmए उनले- विवाह गरेको एक वर्षपछि घर गएका थियौं, श्रीमतीले धेरै कपडा एकैपटक धोइरहेको देखेर सघाउन गएका मात्र के थिए शिव, 'यो त जोइटिङ्ग्रे पो रहेछ, स्वास्नीको कपडा धुन गयो' भन्दै गाउँलेले जिब्रो टोकेछन् । आफ्नै आमाले सम्झाइछन्, 'हेर बाबु आइमाईले गर्ने काम तैंले गर्नुहुँदैन, आइमाईले गर्ने काम ता आफै गर्ने भए किन विवाह गर्नुपथ्र्यो ? गाउँभरि तेरो कुरा काटेका छन्, स्वास्नीको पछि नलाग् है ।' जति जानेबुझेको भए पनि उनले आमाको कुरा काट्न सकेनन्, आमाकै कुरा सही थपेछन्, 'हुन्छ आमा, एक पटकलाई गल्ती गरें अब गर्दिन ।'  

यी प्रतिनिधि पात्र मात्र हुन्, हामीकहाँ शिक्षित वर्गकै चेत खुलिसकेको छैन । सहरमा ठूला कुरा गर्ने शिक्षित वर्ग नै गाउँघरमा पुगेपछि उही पुरातनवादी सोचमा मग्न देखिन्छन् । कतिपय अवस्थामा घरपरिवार अनि समाज बाधक भैदिन्छ कतिपय अवस्थामा व्यक्तिगत सोच । यही चपेटामा परेका छन्-महिलाहरू । चाडपर्व सबैको हो भने काम पनि सबै मिलेर गर्नुपर्छ । महिला मात्र पेलानमा पर्ने र पुरुषहरू रमाइलोमा मात्र रम्ने हो भने चाडपर्वको के अर्थ ?

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by यिमुना अर्याल -काफ्ले
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन