अब लोडसेडिङ घट्ला ?

नेपालीलाई लोडसेडिङले हत्तपत्त छाड्लाजस्तो छैन । साढेसात शनि दशा साढे सात वर्षपछि हट्छ तर नेपालको लोडसेडिङ हट्ने कुनै निश्चित मिति वा अवधि छैन । त्यसैले जलस्रोतको धनी देश वषर्ार्मा समेत अँध्यारोमा डुब्यो । अब त अझ लोडसेडिङको अवधि नलम्बिने आशा गर्नु व्यर्थ हो । अनेकौं बहानामा बढिरहने लोडसेडिङको ज्वरोले देशका उद्योग, कलकारखाना, व्यापार-व्यवसाय, शैक्षिक क्षेत्रजस्ता हरेक क्षेत्रका लगानीकर्ताहरूलाई मात्र होइन सर्वसाधारणलाई पनि आक्रान्त तुल्याएको छ । यसबाट राज्यलाई हुने घाटाको आँकलन कसले, कसरी र कहिले गर्लान् र गम्भीर भएर समाधानको बाटो रोज्लान् भन्ने प्रश्न पनि अनुत्तरित नै छ । विद्यालयका पाठ्यपुस्तकमा लेखिएको नेपाल जलस्रोतको धनी राष्ट्र हो भन्ने वाक्य अहिले एकादेशको कथा भएको छ । जलस्रोतको दोस्रो धनी राष्ट्रका जनता हरेक दिन लामो समय विद्युत् कटौतीबाट प्रभावित हुने गरेको तथ्य अन्य देशका नागरिकका लागि अनौठो हुन सक्ला तर नेपालीहरूका लागि यो तीतो सत्य हो । उचित व्यवस्थापन, आवश्यक नीति-नियम निर्माण तथा विद्युत् चुहावट नियन्त्रण गरियो भने मात्र पनि स्वदेशमै उत्पादित विद्युत्ले देशको सम्पूर्ण भाग झिलिमिली बन्न सक्थ्यो तर अस्थिर सरकार र राजनीतिक खिचातानीका कारण नेपाली जनता पाउनैपर्ने सुविधाबाट वञ्चित छन् । सम्पत्तिको थुप्रोमाथि बसेर कंगाल जीवन बिताइरहेका छन् ? अब कहिले घट्ला नेपालीको दुर्दशारूपी यो लोडसेडिङ ?

कृपा श्रेष्ठ, नयाँ बजार, काठमाडौं



यस्तो किन ?

अपाङ्गका लागि भनेर सार्वजनिक सवारी साधनमा सीट छुट्याइएको हुन्छ । यो सरकारले बनाएको नियम हो तर उक्त सीटमा अपाङ्ग नभई सबलाङ्ग नै बसेको पाइन्छ । अपाङ्गहरूप्रति अपमानजनक व्यवहार गरिन्छ । गाडीवालाहरूले उनीहरूलाई चढाउन भरसक गाडी रोक्दैनन् र रोकिहाले पनि उनीहरूका लागि छुट्याइएका सीटमा भलाद्मीहरू नै बसिरहेका हुन्छन् । यो सीट अपाङ्गहरूका लागि हो भन्ने थाहा पाएर पनि सीट छोड्दैनन् । अपाङ्गलाई सहायता र माया गर्नँको साटो अपमान गरिन्छ । अझ सवारी साधनहरूमा त उनीहरूको मजाक उडाउनेहरू धेरै छन् । उत्तिकै हक-अधिकार भए किन उनीहरूमाथि यस्तो व्यवहार गरिन्छ ? यस्तै अवस्था महिलाका लागि आरक्षित सीटका हकमा पनि छ । सवारी साधनमा आरक्षित वर्गका लागि छुट्याइएको सीट नियम-कानुनमा मात्र सीमित छ, व्यवहारमा लागू हुन सकेको छैन ।

नेपालमा कानुन बनाइन्छ तर लागू गरिँदैन । त्यसैले त हक-अधिकारका लागि सधैं खिचातानी हुन्छ । आरक्षित सीटवालाहरू अधिकारबाट वञ्चित भएका छन् । अतः सरकारले नियम मात्र बनाएर हुँदैन । त्यसको पालना भएको छ वकि छैन भनेर बेलाबेलामा अनुगमन पनि गर्नु आवश्यक छ । अपाङ्ग एवं महिलाहरूको हक दिलाउन जरुरी छ ।

रचना श्रेष्ठ, काठमाडौं



नारीको प्रगति होस्

विगत ५ वर्षदेखि नारी पत्रिका नियमित रूपमा पढिरहेकी छु । मजस्ता गृहिणीले यसबाट थुप्रै ज्ञान प्राप्त गर्न सक्छन् । नारीमा सम्पूर्ण महिलाका समस्याका बारेमा भन्दा पनि सौन्दर्य प्रसाधनलाई मात्र बढी प्राथमिकता दिएजस्तो लाग्छ । मजस्ता सहरबाट टाढा रहेका महिलाका लागि घरेलु ब्युटी टिप्सहरू समावेश गरे नारी अझ पठनीय हुने थियो । जेहोस् नारी नेपाली नारीको ढुकढुकी बन्न सफल छ, आगामी दिनमा पनि यसको लोकपि्रयता कायमै रहोस् । यो सम्पूर्ण नेपाली नारीको आवाज उठाउने साझा चौतारी बन्न सकोस् । नारीको टिमलाई शुभकामना  ।

भगवती श्रेष्ठ, धरान



नारी पठनीय छ  

मेरो पहिलो फेमिली पत्रिका नारी हो । नारी पढ्न थालेपछि अन्य पत्रिका फिका लाग्न थालेका छन् । कारण यसले नारीका विभिन्न समस्याका बारेमा उजागर गर्ने प्रयास गरेको छ । नारीले महिलाहरूका नयाँ-नयाँ इस्यु उठाएको पाएकी छु । स्वदेशमा मात्र होइन विदेशमा हुने गरेका नारी आन्दोलन र नारीका हक-अधिकारका विषयलाई पनि नारीमा समावेश गरे यो अझ पठनीय हुने थियो ।

निर्मला राई, काठमाडौं



सबै समेटिऊन्

नारीले नियमित रूपमा एकै किसिमका महिलालाई मात्र प्राथमिकता दिएको पाएकी छु । नेपालमा थुप्रै महिला छन् जो विभिन्न विषयमा जानकार छन् । जोसँग आफ्नो प्रतिभा प्रस्तुत गर्ने कुनै माध्यम छैन । कमसेकम महिलाका लागि प्रकाशित नारीले देशभरबाट अन्य समुदाय र वर्गका महिलालाई पनि समावेश गरेको भए राम्रो हुने थियो । के काठमाडांैमा रहेका महिला मात्र विशेष हुन् ? मलाई लाग्छ नारी अहिलेसम्मको उत्कृष्ट महिला पत्रिका हो । यसले सबैलाई समेट्न सकोस् ।

गौरी कार्की, बुटवल

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
बहस  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको... पूरा लेख »

नवदेवी सम्मान २०७० सम्पन्न

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ... पूरा लेख »

पहिचान गरौं आफ्नो क्षमता

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति... पूरा लेख »

जान्न, सिक्न र बुझ्न तत्पर विद्यार्थीहरू

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्।... पूरा लेख »

विज्ञापन