राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनिवासमा भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता चलिरहेको छ । भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता चलिरहेको छ । भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।
मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा मंगलबार अपराह्न काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरे ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको बचतकर्ताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न कानुनी अड्चन आएमा अध्यादेश ल्याएर भएपनि समस्या समाधान गरिने लामिछानेको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।
जाजरकोट भूकम्पले सबैभन्दा क्षति गरेको भेरी नगरपालिका–१ र ३ को सिमानामा पर्ने होलुजिउलामा पाकेको गहुँबाली । अन्नबाली काटेपछि सुरक्षित भण्डारण गर्ने स्थान अभावमा किसान चिन्तामा छन् । भूकम्पमा जाजरकोट र रुकुममा करिब ६२ हजार परिवार घरबारविहीन भएका छन् ।
इलामका अगुवा तथा संस्कृतिविद् युद्धप्रसाद वैद्य राजनीतिशास्त्रका प्राध्यापक पनि हुन् । करिब ३२ वर्ष महेन्द्र रत्न क्याम्पस इलाममा पढाएका उनी २०६३ देखि अवकास जीवन बिताइरहेका छन् ।