नागरिक उन्मुक्तिमा विवाद बल्झँदै : नेतृत्व फिर्ता बोलाउने, बिनाविभागीय मन्त्रीले जिम्मेवारी लिने
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको २४ घण्टा पनि बितेको छैन । तर पार्टीकोसंसदीय दलले केन्द्रीय कमिटीको निर्णयमा विद्रोह गरेको छ ।