अध्यादेश ल्याई सञ्चालकको जायजेथा बेचेर भएपनि सहकारीको बचत फिर्ता हुन्छ : लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको बचतकर्ताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न कानुनी अड्चन आएमा अध्यादेश ल्याएर भएपनि समस्या समाधान गरिने लामिछानेको भनाइ छ ।