गृहमन्त्री लामिछानेका कारण अन्य सहकारी ठग्नेविरुद्ध पनि मुद्दा चलेन : प्रमुख सचेतक लेखक
प्रतिनिधिसभाको तेस्रो अधिवेशन सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिका लागि प्रमुख प्रतिपक्षी कांग्रेसले गरिरहेको मागका बीच सकिएको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभएपछि सदनका कामकारबाहीमा अवरोध गरेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।