महोत्तरीमा ११० घर जले
पेटको व्यथाले च्यापेपछि उपचारका लागि बुधबार बिहानै भारतको सीतामढी गएकी लखनदेवी पासवानले साँझ फर्किंदा घर भेटिनन् । बस्तीमा दिउँसो सल्किएको आगोले घरसहित सम्पत्ति खरानी बनेपछि उनी घरको भग्नावशेष हेरेर बिलौना गर्दै थिइन् ।
पेटको व्यथाले च्यापेपछि उपचारका लागि बुधबार बिहानै भारतको सीतामढी गएकी लखनदेवी पासवानले साँझ फर्किंदा घर भेटिनन् । बस्तीमा दिउँसो सल्किएको आगोले घरसहित सम्पत्ति खरानी बनेपछि उनी घरको भग्नावशेष हेरेर बिलौना गर्दै थिइन् ।
कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार फर्किएका छन् । अल थानीको भ्रमणका दौरान बुधबार दुई देशबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । कतारका अमिर र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच दुई पक्षीय भेटवार्तापछि ६ क्षेत्रमा सहकार्य गर्ने समझदारी र २ क्षेत्रमा सम्झौता भएको हो ।
हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलो लोमन्थाङ गाउँपालिकामा पर्ने कोरला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन् ।
सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर भएमात्रै पनि स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । तर, विशेष अदालतबाट भ्रष्टाचारी ठहर हुँदा पनि कांग्रेस सांसद टेकबहादुर गुरुङ पदमा पुनर्बहाल भएका छन् । निलम्बन फुकुवा गर्न आदेश दिएको सर्वोच्च अदालतले पूर्णपाठ नआउँदै संसद्लाई पत्राचार गरेर पद फुकुवा गराइदिएको छ ।
एभर्टनले इंग्लिस प्रिमियर लिगमा बुधबार लिभरपुललाई २–० ले हराएको छ । डर्बी जितपछि एभर्टनको रेलिगेसनबाट बच्ने सम्भावना बलियो भएको छ भने लिभरपुललको लिग जित्ने सम्भावना कमजोर बनेको छ ।
सूर्य नेपाल काठमाडौं ओपन गल्फमा बुधबार भुवन नगरकोटीसँगै दिनेश प्रजापतिले समग्रमा २ अन्डर १ सय ३४ सहित अग्रता बनाएका छन् ।