राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ यहाँ रात्रिभोजको आयोजना गरे । उक्त अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । 

राष्ट्रपति पौडेल-कतारका अमिरबीच भेटवार्ता : जलवायु परिवर्तन र दुईपक्षीय सम्बन्धबारे छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनिवासमा भेटवार्ता 

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता चलिरहेको छ । भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ । 

पर्सामा डीएपी मलको अभाव

जिल्लामा डीएपी मलको चरम अभाव भएको गुनासो किसानले गरेका छन् । किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साह जिल्लामा डीएपी मलको चरम अभाव हुँदा किसान समस्यामा परेको  बताउँछन् ।

राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।

कतारका अमिर नेपालमा [तस्बिरहरु]

मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा मंगलबार अपराह्न काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरे ।

गहुँ पाकेर पहेँलै भयो...

जाजरकोट भूकम्पले सबैभन्दा क्षति गरेको भेरी नगरपालिका–१ र ३ को सिमानामा पर्ने होलुजिउलामा पाकेको गहुँबाली । अन्नबाली काटेपछि सुरक्षित भण्डारण गर्ने स्थान अभावमा किसान चिन्तामा छन् । भूकम्पमा जाजरकोट र रुकुममा करिब ६२ हजार परिवार घरबारविहीन भएका छन् ।

लगानी सम्मेलनमा 'सोकेस'मा राखिने परियोजनाको सूची स्वीकृत

लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सोमबार बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राख्नका लागि स्वीकृत गरेको हो ।

माओवादी महासचिव गुरुङको नेतृत्वमा टोली चीन भ्रमणमा व्यस्त

नयाँ सत्ता समीकरण बनेपछि सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रको उच्च स्तरीय टोली १० दिने भ्रमणमा व्यस्त रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टील (सीपीसी)को निमन्त्रणमा महासचिव देव गुरुङको नेतृत्वमा चीन भ्रमणमा गएको हो । त्यसअघि माओवादीको टोली सोमबार हुनान पुगी त्यहाँको कम्युनिस्ट पार्टी प्रमुखसँग छलफल गरेको छ ।

कतारका अमिर विमानस्थलबाट सिधै शितल निवास

नेपालका दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास प्रस्थान गरेका छन् ।

राष्ट्रपति पौडेलले गरे कतारका अमिरलाई स्वागत

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनको विमान ३ :४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा उत्रेको थियो।

कतारका अमिर काठमाडौं ओर्लिए

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनको विमान ३ :४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको छ ।

अध्यादेश ल्याई सञ्चालकको जायजेथा बेचेर भएपनि सहकारीको बचत फिर्ता हुन्छ : लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको बचतकर्ताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न कानुनी अड्चन आएमा अध्यादेश ल्याएर भएपनि समस्या समाधान गरिने लामिछानेको भनाइ छ । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
आगोले दुर्छिममा ४ र लिकुवापोखरीमा १ घर नष्ट

आगोले दुर्छिममा ४ र लिकुवापोखरीमा १ घर नष्ट

डम्बरसिं राई

हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिममा डढेलोबाट सल्किएको आगोले चार जलेर नष्ट भएको छ । मयाङ्खुस्थित लालीगुराँस सामुदायिक वनमा मंगलबार दिउँसो लागेको डढेलोले सोराचुङका विनोद राई, चौकीराज राई र कृष्णबहादुर खत्रीको दुई वटा घर जलेर नष्ट भएको हो ।

खोटाङमा बृहत् खोटाङ–हलेसी महोत्सव हुने

खोटाङमा बृहत् खोटाङ–हलेसी महोत्सव हुने

डम्बरसिं राई

जिल्लामा ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ हुने भएको छ । आगामी वैशाख ३१ देखि जेठ १० गतेसम्म दिक्तेलमा हुने भएको हो ।

इलाम उपनिर्वाचन : कर्मचारीले नियुक्ति पत्र र खर्च बुझे

इलाम उपनिर्वाचन : कर्मचारीले नियुक्ति पत्र र खर्च बुझे

लक्ष्मी गौतम

इलाम उपनिर्वाचनका लागि खटाइएका मतदान कर्मचारीले नियुक्ति पत्र र सामग्री बुझेका छन् । मतदानका लागि खटाइएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्रसँगै निर्वाचन खर्च र सामग्री बुझेका हुन् ।

बाँदर खेद्‌न गएका व्यक्ति आफैँले बोकेको बन्दुक पड्किएर मृत्यु

बाँदर खेद्‌न गएका व्यक्ति आफैँले बोकेको बन्दुक पड्किएर मृत्यु

लक्ष्मी गौतम

बाँदर धपाउन गएका एक व्यक्तिको आफैँले बोकेको बन्दुक पड्किएर मृत्यु भएको छ ।  हिलिहाङ गाउँपालिका-४ का मनकुमार सिगुको आफैँले बोकेको बन्दुक पड्किएर ज्यान गएको हो । 

तीन वर्षदेखि अलपत्र ऐसेलुखर्क गाउँपालिकाको भवन निर्माण सुरु

तीन वर्षदेखि अलपत्र ऐसेलुखर्क गाउँपालिकाको भवन निर्माण सुरु

डम्बरसिं राई

निर्माण गुणस्तरहीन भएपछि अलपत्र परेको ऐसेलुखर्क गाउँपालिकाको भवन तीन वर्षपछि सुरु भएको छ । रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीले गुणस्तरहीन भवन बनाएको खुलासापछि रोकिएको काम सुरु भएको हो ।

एकै व्यक्तिलाई स्वास्थ्य, पशु सेवा र शिक्षकको जिम्मेवारी

एकै व्यक्तिलाई स्वास्थ्य, पशु सेवा र शिक्षकको जिम्मेवारी

आनन्द गौतम

फक्ताङलुङ गाउँपालिका–७ याङ्मा बस्ती पुग्न वडा कार्यालय रहेको ओलाङ्चुङगोलाबाटै एकदिन पैदल हिड्नुपर्छ । कुनै सरकारी उपस्थिति नभएको यो गाउँमा निर्वाचनताका भोट माग्न उम्मेद्वारसमेत पुग्दैनन् । अहिलेसम्म पुगेका छैनन् ।

कोशी बाट थप
रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

शिव पुरी

रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा मंगलबार विद्युत् सर्ट भई आगो सँल्किदा ७ घर जलेर नष्ट भएको छ । स्थानीय नजारुल अन्सारी, साबिर हुसेन, अनसारुल अन्सारी, मजिद अन्सारी, ईद महमद, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको सशस्त्र प्रहरी ११ नम्बर गणले जानकारी दिएको छ ।

पर्सामा डीएपी मलको अभाव

पर्सामा डीएपी मलको अभाव

शंकर आचार्य

जिल्लामा डीएपी मलको चरम अभाव भएको गुनासो किसानले गरेका छन् । किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साह जिल्लामा डीएपी मलको चरम अभाव हुँदा किसान समस्यामा परेको  बताउँछन् ।

प्राधिकरणले पर्सा-बारा औद्योगिक करिडोरका २१२ उद्योगमा जडान गर्‍यो टिओडी मिटर 

प्राधिकरणले पर्सा-बारा औद्योगिक करिडोरका २१२ उद्योगमा जडान गर्‍यो टिओडी मिटर 

शंकर आचार्य

विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले पर्सा बारा औद्योगिक करिडोरका २ सय १२ उद्योगमा टिओडी (टाइम अफ डे) मिटर जडान गरेको छ । केन्द्र प्रमुख अवधेश कुमार दुबेका अनुसार, प्राधिकरणले ती उद्योगमा निःशुल्क मिटर जडान गरेको हो । 

महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

सुनिता बराल

राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत महोत्तरीमा ७ लाख १६ हजार २ सय ६४ जनालाई औषधि खुवाइने भएको छ । अन्य प्रभावित प्रदेश र जिल्लासँगै वैशाख १६ गतेबाट अभियान थालनी गरिने पत्रकार अन्तरक्रियामा स्वास्थ्य कार्यालय महोत्तरीकी कार्यालय प्रमुख सुनिता गुप्ताले जानकारी दिइन् । 

घरमा आगो लगाएर फरार भएका व्यक्ति २० वर्षपछि पक्राउ

घरमा आगो लगाएर फरार भएका व्यक्ति २० वर्षपछि पक्राउ

सुनिता बराल

महोत्तरीको लोहारपट्टी-४ स्थित साविक खुट्टा पिपराढी-६ मा १२ घरमा आगो लगाएर फरार व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ  पर्नेमा सोही ठाँउका ४० वर्षीय राकेश यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ । 

वीरगन्जको अलौमा सात घर जले, ५४ लाख रुपैयाँ बराबरको क्षति

वीरगन्जको अलौमा सात घर जले, ५४ लाख रुपैयाँ बराबरको क्षति

रासस

वीरगन्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगन्ज महानगरका-१७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको वीरगन्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए ।

मधेस बाट थप
राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

प्रताप विष्ट

मकवानपुरको एक दुर्गम गाउँपालिकाले स्थानीयवासी घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । राक्सिराङ गाउँपालिकाले घरघरमै पुगेर बिरामी स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि वितरण, कृषिलगायत एकीकृत सेवा सोमबार प्रदान गरेको हो ।

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

रासस

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ ।

नारायणगढमा माेटरसाइकलकाे ठक्करले साइकलयात्रीकाे निधन

नारायणगढमा माेटरसाइकलकाे ठक्करले साइकलयात्रीकाे निधन

रमेशकुमार पौडेल

नारायणगढ बेलचाेक नजिक साेमबार साँझ माेटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीकाे निधन भएकाे छ ।

मकैका खोस्टाबाट आकर्षक फूल बनाउँदै अपाङ्गता भएका महिला 

मकैका खोस्टाबाट आकर्षक फूल बनाउँदै अपाङ्गता भएका महिला 

ज्योती श्रेष्ठ

ढोका छेउमै हिृवलचियरसँगैको टेबलमा रातो, सुनौलो, गुलाबी, हरियो रंगका पात मिलाएर राखिएका छन् । ती पातलाई तारमा धागे राखेर एकपछि अर्को गर्दै बेर्दै फूलको आकार दिँदैछिन्, २९ वर्षीया ललिता मैनाली । एक छेउमा रंगी–बिरङ्गी फूलहरु राखिएका छन् । सबै फूल ललिता आफैले बनाएकी हुन् । कोठाको एक कुनामा एक समूहमा सुस्तश्रवण भएका महिलाहरु फूलका गुच्छा तयार गर्दैछन् ।

भाषा विधेयक कार्यान्वयन हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

भाषा विधेयक कार्यान्वयन हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

कान्तिपुर संवाददाता

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वाग्मती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा रहेको दिएका छन् । 

रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

रमेशकुमार पौडेल

नेपाल प्रज्ञा प्रतिष्ठान भाषा र साहित्यमा काम गर्दै आएको निकाय हो । प्रतिष्ठानका कुलपति भूपाल राई भन्छन्- ‘धेरैलाई प्रज्ञा प्रतिष्ठान भनेको के हो भन्ने मेसो छैन । थाहा हुनेले पनि भाषा र साहित्यको काम गर्ने संस्था हो भन्ने बुझ्छन् ।’ तर प्रतिष्ठानको दायरा फराकिलो बनाउने उनले बताए । शनिबार भरतपुरमा आयोजित कार्यक्रममा उनले प्रतिष्ठानले संस्कृति, समाजशास्त्र र मौखिक इतिहास बारे पनि सुन्ने घोषणा गरे ।

वाग्मती बाट थप
बारपाक सुलिकोट गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

बारपाक सुलिकोट गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

हरिराम उप्रेती

बारपाक सुलिकोट गाउँपालिकामा बुधबार सार्वजनिक बिदा दिइएको छ । वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी दिवंगत हुनेहरुको सम्मान तथा सम्झनामा बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाले मंगलबार सार्वजनिक सुचना प्रकाशित गरेर जानकारी दिएको हो ।

फेवातालमा डुंगा पल्टियो, ५ जनाको सकुशल उद्धार

फेवातालमा डुंगा पल्टियो, ५ जनाको सकुशल उद्धार

प्रतीक्षा काफ्ले

अचानक आएको हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिएको छ । उक्त डुंगाबाट बालिकासहित पाँच जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल, कालिका गण कास्कीले जनाएको छ ।

घरमा आगलागी हुँदा १४ लाख बराबरको क्षति

घरमा आगलागी हुँदा १४ लाख बराबरको क्षति

आश गुरुङ

लमजुङको क्व्होलासोथार गाउँपालिका ३ घलेगाउँको एउटा घर आगलागीले ध्वस्त बनाएको छ । आगलागीका कारण घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा, नगद, गरगहनासहित सबै जलेको छ ।

डढेलो गाउँमा सल्किँदा ४ घर गोठ जले

डढेलो गाउँमा सल्किँदा ४ घर गोठ जले

नारायण शर्मा

मध्यविन्दु नगरपालिकाका दुई गाउँमा आगलागी हुँदा ४ वटा घरगोठ जलेको छन् । सोमवार दिउँसो गाउँमा पसेको डढेलोले चनौटे र सुर्खा जंगल किनारका बस्तीका भैँसी बाख्रा समेत मरेका छन् ।

मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार

मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार

रासस

विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ । सोमबार मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो । 

गण्डकी सरकारको बजेट खर्च निराशाजनक 

गण्डकी सरकारको बजेट खर्च निराशाजनक 

प्रतीक्षा काफ्ले

गत आर्थिक वर्षमा जस्तै गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको नौ महिनाको बजेट खर्च पनि निराशाजनक छ । गत चैत मसान्तसम्म पुँजीगत बजेटको जम्मा २९ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

गण्डकी बाट थप
बुटवलमा चार भाषामा नागरिक बडापत्र

बुटवलमा चार भाषामा नागरिक बडापत्र

सन्जु पौडेल

बुटवल उपमहानगरपालिकामा मुख्य चार भाषामा नागरिक बडापत्रको व्यवस्था गरिएको छ । विभिन्न भाषाभाषीका सेवाग्राही कार्यालयमा आउने भएकाले उनीहरुको सहजताका लागि उपमहानगरपालिकाले मंगलबारदेखि सञ्चालन हुनेगरी नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सार्वजनिक गरेको उपमहानगर प्रमुख  खेलराज पाण्डेयले बताए ।

बर्दिया अस्पतालमा डायलासिस सेवा सुरु

बर्दिया अस्पतालमा डायलासिस सेवा सुरु

कमल पन्थी

जिल्ला अस्पताल बर्दियामा पहिलो पटक हेमो डायलासिस सेवा मंगलबारबाट सुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले जिल्ला अस्पताल बर्दियामा विधिवत रुपमा उक्त सेवाको उद्घाटन गरेका हुन् । 

प्रभावहीन डढेलो सचेतना अभियान

प्रभावहीन डढेलो सचेतना अभियान

माधव अर्याल

लुम्बिनी प्रदेश वन वातावरण मन्त्रालयले अघिल्लो वर्ष १२ जिल्लामै ‘वनसंग सेलिब्रेटी’ कार्यक्रम संचालन गर्‍यो । यो कार्यक्रममा ४८ लाख बजेट सक्कायो । चालु आर्थिक वर्षमा पनि पहाडका ६ जिल्लालाई २४ लाख बजेट पठायो । तर डिभिजन वन कार्यालयहरुले त्यसको सही सदुपयोग गर्न सकेनन् । 

लुम्बिनीका मुख्यमन्त्री महरा गठबन्धन दलबाटै अप्ठयारोमा 

लुम्बिनीका मुख्यमन्त्री महरा गठबन्धन दलबाटै अप्ठयारोमा 

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा सत्ता गठबन्धन दलहरुबाटै अप्ठयारोमा परेका छन् । उनलाई आफ्नै दल माओवादीबाट पनि भागबण्डाअनुसार थप एक जना मन्त्री नियुक्त गर्नुपर्ने दबाब छ । 

वनमा लागेको डढेलोले वन्यजन्तु असुरक्षित 

वनमा लागेको डढेलोले वन्यजन्तु असुरक्षित 

रुपा गहतराज

बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोले वन्यजन्तु असुरक्षित भएका छन् । डढेलोका कारण वनमा ठूलो धनजनको क्षति नभए पनि वन्यजन्तु  संकटमा परेका हुन् । 

आफ्नै घरमा आगो लगाउने एक व्यक्ति पक्राउ

आफ्नै घरमा आगो लगाउने एक व्यक्ति पक्राउ

गगनशिला खड्का

गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वार्ड नं ६ रजस्थल निवासी ५९ वर्षीय रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

लुम्बिनी बाट थप
कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

तृप्ति शाही

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि पत्र मुख्यमन्त्री कँडेलले संसद् सचिवालयमा पठाइसकेका छन् ।

संख्या बढे पनि हिउँ चितुवा संरक्षणमा चुनौती

संख्या बढे पनि हिउँ चितुवा संरक्षणमा चुनौती

राजबहादुर शाही

हिमाली जिल्ला डोल्पामा दुर्लभ हिउँ चितुवाको संख्या नेपालकै उच्च मानिए पनि संरक्षणमा चुनौती देखिएको छ । डिभिजन वन कार्यालयले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डिभिजन वन सामुदायिक क्षेत्रमा ३० वटा दुर्लभ हिउँ चितुवा भेटिएको तथ्यांक सार्वजनिक गरे पनि संरक्षणमा चुनौती देखिएको जनाएको हो ।

सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुँदै

सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुँदै

ज्योति कटुवाल

वीरेन्द्रनगरमा मंगलबार ‘कर्णाली साहित्य महोत्सव’ हुँदैछ । फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीको आयोजनामा सञ्चालन हुने एक दिने साहित्य महोत्सवमा पढ्न संकृतिबारे बहस विमर्श, पुस्तक प्रदर्शनी र लेखन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु

बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु

रासस

हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

सडक यात्रा सुरक्षित बनाउने जुम्लाका सरोकावालाहरुको संकल्प

सडक यात्रा सुरक्षित बनाउने जुम्लाका सरोकावालाहरुको संकल्प

डीबी बुढा

पछिल्लो समयमा सडकमार्ग असुरक्षित हुँदा सडक दुर्घटना बढिरहेको भन्दै जुम्लाका सरोकारवाला निकायले सडकयात्रा सुरक्षित  बनाउने संकल्प गरेका छन् । उनीहरुले सडक यात्रा सुरक्षित गर्न ट्राफिक नियमको पालना गराउने, पार्किङ स्थलहरु फराकिलो बनाउदै साॅघुरा सडकहरुमा राखिएका चिन्हहरुको पुर्ण कार्यन्वयन गराउने प्रतिबद्धता जनाएका हुन् । 

सल्यानमा २० दिनमै ९२ सामुदायिक वनमा डढेलो

सल्यानमा २० दिनमै ९२ सामुदायिक वनमा डढेलो

विप्लव महर्जन

चैत्रको दोस्रो सातादेखि बैशाख पहिलो सातासम्म सल्यानका १० स्थानीय तहका ९२ सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोका कारण झन्डै ६ हजार वन क्षेत्रमा क्षति पुगेको छ भने जिल्लाका विभिन्न स्थानीय तहका वन क्षेत्रभित्र रहेका बस्तीका २५ घर र एक मन्दिर जलेर नष्ट भएका छन् । 

कर्णाली बाट थप
शुक्लाफाँटामा बाघ बढे

शुक्लाफाँटामा बाघ बढे

रासस

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

मेनुका ढुंगाना

चैत १२ गते मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भयो । वडा ७ नन्देगडाको सुयडीमा अर्को ट्याक्टर दुर्घटनामा दुई जना घाइते भए । चैत २९ गते बिनायक बजारबाट तोली जाने क्रममा तोली–बिनायक सडक खण्डको ठाँटीमा ट्याक्टर दुर्घटनामा २ जना गम्भीर घाइते भए ।

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

मेनुका ढुंगाना

आधारभुत तह कक्षा-८ को नतिजा अछामका विद्यालयहरुमा कमजोर देखिएको छ । स्थानीय तहले लिने परीक्षामा जिल्लाको अवस्था नै नाजुक देखिएको हो । परीक्षाको सबै प्रक्रिया स्थानीय तहले लिएका बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका न्युन संख्यामा विद्यार्थी उर्तीण भएका छन् ।

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

भवानी भट्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुगेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो । वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो । 

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

रासस

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सुदूरपश्चिम बाट थप

नेपाल-रुस द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी : ढकाल 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न जरुर रहेको बताएका छन् । महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबीच मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटवार्तामा ढकालले यस्तो बताएका हुन् ।

क्याडेट चेसमा पुरुषोत्तम र पूर्णिमा अगाडि

वीरगन्जमा भइरहेको राष्ट्रिय स्तरको मुनलाइट युथ एन्ड क्याडेट नेसनल चेस च्याम्पियनसिपको खेलमा विभिन्न उमेर समूहका खेलाडी अग्रता लिएका छन् ।

प्रकाश स्मृति भलिबल ललितपुरको महांकालमा हुने

प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाश दाहाल स्मृति वाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता गर्ने भएको छ । ललितपुरको महांकाल गाउँपालिकास्थित महांकाल माविमा हुने वैशाख २२ देखि २५ सम्म हुने प्रतियोगिताको तयारी भइरहेको आयोजकले जनाएको छ ।  

महिला भलिबलको पहिलो खेलमा आर्मी र न्यु डायमन्ड भिड्ने

सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामाको पहिलो खेल त्रिभुवन आर्मी क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच हुने भएको छ ।

ऋतिक र प्रदीप सेमिफाइनलमा

ऋतिक राना १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार सेमिफाइनल पुगेका छन् । ऋतिकले आशिष खड्कालाई ६–२, ६–३ को सोझो सेटमा हराए ।

गणेशमान सिंह क्रिकेट : वाग्मतीको लगातार जित, श्रवणको ह्याट्रिक विकेट

वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी–२० प्रतियोगितामा वाग्मती प्रदेशले लगातार चौथो जित पाएको छ । मंगलबार वाग्मतीले कर्णाली प्रदेशलाई ७ विकेटले हरायो ।

सन् २००७ आजकै दिन : रुसी पूर्वराष्ट्रपति यल्तसिनको निधन 

सन् २००७ मा आजकै दिन (अप्रिल २३) मा रुसी राष्ट्रपति बोरिस यल्तसिनको निधन भएको थियो । सन् १९३१ फेब्रुअरी १ मा जन्मिएका यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । 

सन् १९९४ आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति निक्सनको निधन 

सन् १९९४ मा आजकै दिन (अप्रिल २२) मा अमेरिकी पूर्वराष्ट्रपति रिचार्ड निक्सनको निधन भएको थियो । १९१३ जनवरी ९ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएका निक्सनको न्युयोर्क सिटी अस्पतालमा ८१ वर्षको उमेरमा निधन भएको थियो । 

सन् १९३० मा आजकै दिन : जेलमा आगलागी हुँदा ३ सय २० को मृत्यु

आजकै दिन (अप्रिल २१) सन् १९३० मा अमेरिकाको ओहायो राज्यको कोलम्बसस्थित एउटा जेलमा आगलागी हुँदा ३ सय २० जना कैदीको मृत्यु भएको थियो । यो आगलागीलाई अमेरिकाको जेलमा भएको सबैभन्दा भयानक दुर्घटना मानिन्छ ।

सन् १८८९ आजकै दिन : जर्मन तानाशाह हिटलरको जन्म

सन् १८८९ मा आजकै दिन (अप्रिल २०) मा तानाशाही शासक एडोल्फ हिटलरको जन्म भएको थियो । अस्ट्रियाको सामान्य परिवारमा जन्मिएका हिटलरको बाल्यकालको सपना चित्रकार बन्ने थियो । तर एकेडेमी अफ फाइन आर्ट्स भियनामा प्रवेश परीक्षा पास गर्न नसकेपछि उनी सेनामा भर्ती भएका थिए । उनी प्रथम विश्वयुद्धताका जर्मन सेनामा भर्ना भएका थिए । 

किन खुल्दैन भारतीय निर्वाचन आयोगको वेबसाइट ?

शुक्रबारबाट सुरु भएको भारतको लोकसभा चुनावका बेला त्यहाँको निर्वाचन आयोगको आधिकारिक वेबसाइट भने भारतभन्दा बाहेक अन्य कुनै पनि देशमा नखुल्ने बनाइएको छ । चुनावभन्दा महिनौं अघिदेखि नै आयोगको वेबसाइट विदेशबाट खोल्न वा हेर्न नमिल्ने बनाइएपछि विभिन्न देशमा रहेका उल्लेख्य संख्याका भारतीय प्रवासीहरू अलमलमा परेका थिए ।

पत्रकार महासंघको महाधिवेशन काठमाडौंमा हुने

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको उपलब्ध केन्द्रीय समिति बैठकले यसअघि लुम्बिनीमा वैशाख २१ र २२ गते हुने भनिएको महाधिवेशन सोही मितिमा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.