गठबन्धन बदलिएको डेढ महिनामा अधिकांश मन्त्रालयका सचिव हेरफेर
एमाले माओवादीसहितको गठबन्धन सरकार बनेको डेढ महिनामा मन्त्रालयका सबैजसो सचिवहरुको हेरफेर र सरुवा भएको छ ।
एमाले माओवादीसहितको गठबन्धन सरकार बनेको डेढ महिनामा मन्त्रालयका सबैजसो सचिवहरुको हेरफेर र सरुवा भएको छ ।
सुदूरपश्चिममा सरकार गठनका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री लिएर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ ।
प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।
युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले यदि युक्रेन रुससँग पराजित भएमा विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अमेरिकी संसद्मा वैदेशिक अनुदानसम्बन्धी विधेयकमाथि मतदान हुनुअघि युक्रेनी प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।
सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । यसअघि नेकपा एमालेले उनको नाममा समर्थन गर्न नसकिने अडान लिएको भए पनि अन्ततः एमालेले समर्थन गरेपछि सोडारीले दावी पेस गरेका हुन् ।
स्वयंसेवी संस्था नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा भाडामा लिएका सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले आसपासमा थप ९ रोपनी जग्गा हडपेका छन् । स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएका खड्काले १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका छन् । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनलाई सरकारले हटाउन सकेको छैन ।
रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गराउन माग गर्दै परिवारजनले काठमाडौंमा बिहीबार प्रदर्शन गरेका छन् । सरकारले रुसी सेनामा भर्ती भएका सबैलाई तत्काल फिर्ता गराउनुपर्ने माग राख्दै उनीहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई प्रकाउ गरेको छ ।