'अचानक सत्ताबाट बाहिरिनुपर्दा कांग्रेस आक्रोशित र हतास'
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अचानक सत्ताबाट बाहिरिनुपर्दा आक्रोशित, क्षुव्ध र हतास देखिएको बताएका छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले पछिल्लो सत्ता समीकरण मुलुकमा देखिएका समस्या समाधानका लागि भएको बताएका हुन् ।