हङकङसँग पनि नेपाल पराजित
हङकङसँग हारसँगैं नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा निराशाजनक यात्रालाई टुंग्याएको छ । ओमानमा भइरहेको प्रतियोगितामा हङकङसँगको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो ।
हङकङसँग हारसँगैं नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा निराशाजनक यात्रालाई टुंग्याएको छ । ओमानमा भइरहेको प्रतियोगितामा हङकङसँगको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अचानक सत्ताबाट बाहिरिनुपर्दा आक्रोशित, क्षुव्ध र हतास देखिएको बताएका छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले पछिल्लो सत्ता समीकरण मुलुकमा देखिएका समस्या समाधानका लागि भएको बताएका हुन् ।
झण्डै ६ महिना सुख्खा खडेरीले पतझर बिरुवाका पातहरु झरेर रुखो बनेको जुम्ला स्याउ फुलेसँगै सेताम्य बनेको छ । अहिले जिल्लाका अधिकांश गाउँ स्याउ फुलेर सेताम्मे बनेका छन् । स्याउ फुलेर बगैंचा नै सेताम्य देखेपछि किसानहरु यो बर्ष उत्पादन बढ्ने भन्दै मख्ख छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति एवम् नेपाली कांग्रेसकी नेता आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि पार्टी एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।
महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले शनिबार काठमाडौंमा पिंक केयराथन भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा पिंक केयराथोन गरेको हो । महिलाको दौड, जुम्बालगायतका विभिन्न गतिविधि भएका छन् । पिंक केयराथोनअन्तर्गत ५ किमि र २० किमि दौड भएको थियो भने दौडिन नसक्नेहरुले ३ किमि हिँडेर दुरी पार गरेका थिए ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटना भएको बताएका छन् ।
समग्र आयोजनाको प्रगति कम रहेकाबेला काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)मा सुरुङ निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । ६ हजार ४१५ मिटरमध्ये १ हजार ५२९ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।