मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष चौथी नेपाल संवत् ११३० मुद्रण संस्करण

मुख्य समाचार»

छोटकरी

२०६६ कार्तिक १७ - फोरमलाई वार्तामा आउन पत्र

काठमाडौं -कास)- सरकारविरुद्ध आन्दोलनको अल्टिमेटम दिएको मधेसी जनअधिकार फोरमलाई वार्ता गर्न प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार पत्र पठाएका छन् । फोरमले शनिबार मधेसलाई विश्वस्त पार्ने आधार सरकारसँग नभएको जिकिरसहित आन्दोलन गर्न बाध्य भएको निर्णय गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । 'प्रधानमन्त्रीको तर्फबाट सकारात्मक पहल हो,' वार्ताको पत्र पाएपछि फोरम सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले भने ।



खनाल दिल्लीमा नयाँदिल्ली

-कास)- भारतीय उच्च नेतृत्वसँग 'भेटघाट' गर्न एमाले अध्यक्ष झलनाथ खनाल मंगलबार साँझ नयाँदिल्ली आइपुगेका छन् । उनले बुधबार भारतका विदेशमन्त्री एसएम कृष्णा, अर्थमन्त्री प्रणव मुखर्जी, विपक्षी दलका नेता एलके आडवाणी र विदेशसचिव निरूपमा रावसँग भेट्ने छन् । दिल्ली आउनुअघि मंगलबार खनालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटेका थिए । भारतीय पत्रकारले खनाल सरकार बचाउन या माओवादी समावेश गर्ने गरी प्रधानमन्त्री माधवकुमार नेपालको विकल्पका निम्ति सहयोग खोज्न आएको हुनसक्ने अड्कल काटेका छन् ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा