मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

मुख्य समाचार»

'लौ, बहुमत पुर्‍याऊ'

मोरङ

काठमाडौं, २०६६ कार्तिक १६ - माओवादीले बहुमत पुर्‍याएर आए आफूले कुर्सी छाड्ने प्रधानमन्त्री माधव नेपालले बताएका छन् । मोरङको हात्तिमुढा गाविसस्थित मनमोहन स्मृति पोलिटेक्निक उद्घाटनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्रीले भने, 'माओवादीलाई प्रधानमन्त्री चाहिएको भए बहुमत पुर्‍याएर आए हुन्छ ।'

उद्घाटनपछि सभालाई सम्बोधन गर्दै नेपालले माओवादीका सेना र हतियारको टुंगो नलगाएसम्म संविधान लेख्न नसकिने बताए । 'माओवादीलाई लडाकु र हतियारबाट मुक्त बनाएपछि मात्र संविधान लेख्न सकिन्छ । उनले भने, 'कुनै पार्टीको हातमा हतियार र सेना भयो भने संविधान निर्माणपछि हुने निर्वाचनलाई त्यसले गम्भीर असर पार्छ ।' अहिले द्वन्द्व बढाउने र आन्दोलन गर्ने समय नभएको भन्दै प्रधानमन्त्रीले भने, 'सडकमा टायर बालेर समस्याको समाधान गर्छु भन्छ भन्नु भ्रम सिवाय अरू केही होइन ।'

सोही कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले माओवादीका कारण संविधान निर्माणमा ढिलाइ भइरहेको आरोप लगाए । एमाले अध्यक्ष झलनाथ खनालले माओवादीलाई शान्ति प्रक्रिया टुंगोमा पुर्‍याई समृद्ध नेपाल निर्माण गर्न

आग्रह गरे ।

 

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा