मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

मुख्य समाचार»

खनाल र यादव आज भारत जाने

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक १६ - गठबन्धन सरकारविरुद्ध प्रमुख प्रतिपक्षी माओवादीले आन्दोलन गरिरहेका बेला प्रमुख सत्तारूढ दल एमालेका अध्यक्ष झलनाथ खनाल मंगलबार नयाँदिल्ली जाने भएका छन् ।

अध्यक्ष खनालले भारत सरकारबाट आएको निम्तोमा आफू जान लागेको जानकारी पार्टी स्थायी समितिलाई गराएका छन् । उनको भारतका प्रधानमन्त्री मनमोहन सिंह, सत्तारूढ कंग्रेसकी अध्यक्ष सोनिया गान्धी, विपक्षी भारतीय जनता पार्टी र भारतीय कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासँग भेटघाट हुने पार्टीले जनाएको छ ।

भ्रमण एक साता लामो हुनेछ । पार्टी सचिव युवराज ज्ञवालीले खनालको टोलीमा केन्द्रीय सदस्य अरुण नेपाल र विदेश विभाग सदस्य उदयराज पाण्डे सहभागी हुने बताए ।

स्रोतका अनुसार अध्यक्ष खनाल मंगलबार अपराह्न ५ बजे इन्डियन एयरलाइन्सबाट जाँदैछन् भने केन्द्रीय सदस्य नेपाल त्यसअघि अपराह्न २ बजे जेट एयरवेजबाट जानेछन् । पाण्डेचाहिँ केही दिनदेखि उतै छन् ।

मधेसी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि मंगलबारै दिल्ली जान लागेको स्रोतले जनायो । उनी असोज २३ मा दिल्ली भ्रमण सकेर स्वदेश फर्केका थिए ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा