‘एमाले कहिल्यै पहिचानविरोधी हैन’
पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्वर २ वैशाख १५ गते शनिबार मतदान हुँदैछ ।
पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्वर २ वैशाख १५ गते शनिबार मतदान हुँदैछ ।
महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् ।
इलाम-२ मा प्रतिनिधिसभाका लागि वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा केही पुराना र केही नयाँ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र ६ समझदारी भएका छन् । सरकारी तहमा ५ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।
वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँगै स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रतिस्पर्धीहरू मध्येका एक उम्मेदवार हुन् डकेन्द्रसिंह थेगिम ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले ७ जना बिनाविभागीय मन्त्रीको कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री महराले गठबन्धन दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटालेर १२ वटा बनाएका छन् ।
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् ।
मौरिस हर्जोगको चर्चित किताब ‘अन्नपूर्ण’ बाट प्रभावित भएर हिमाल हेर्न नेपाल आएका फ्रान्सका पास्कल ब्लेन्क र सुजेन ब्लेन्कको जोडीले पोखराबाट अन्नपूर्ण देखेनन् । उनीहरु हर्जोग हिँडेकै भेग घोरेपानी–पुन हिल पदयात्रामा निस्कने तयारीमा छन् । सोमबार काठमाडौंबाट पोखरा आउने क्रममा अन्नपूर्ण हिमशृंखला हेर्ने कल्पना गर्दै आएको ७१ वर्षीय पास्कलले सुनाए ।
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ ।
गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा भएको छ। २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट मुलुकभरी स्वदेशी तथा विदेशी नागरिक गरेर ८ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो । बारपाक केन्द्रबिन्दुबाट जमिनमुनि करिब १०–१५ किलोमिटरभित्र भूकम्प सिर्जना हुँदा हिरोसिमामा गरिएको ३३५ वटा एटोमिक बम बराबरको शक्ति जमिनभित्र तरङ्गको रुपमा चारैतिर फैलिन पुगेको विज्ञहरु बताउँछन् ।
कर्णाली प्रदेशका मुख्यन्त्री यामलाल कँडेलले प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न नसकेको बताए । प्रदेश तहमा हुने योजना छनोटको तरिका बदल्न नसक्दा सोचेको जस्तो विकास हुन नसकेको उनले बताए ।