भोट दिने भन्दा माग्नेको भीड
उपनिर्वाचनको मिति नजिकिँदै गर्दा इलाम क्षेत्र नं २ मा चुनावी गतिविधिहरु बढेका छन् । तर यस्तो गतिविधिमा स्थानीय मतदाताको संख्या भन्दा निर्वाचन क्षेत्र बाहिरका मान्छेकै भीड बढी छ । बुधबार मात्रै देउमाइ नगरपालिकाको केन्द्र मंगलबारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुले चुनावी सभालाई सम्बोधन गरे ।