‘एमाले कहिल्यै पहिचानविरोधी हैन’
पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्वर २ वैशाख १५ गते शनिबार मतदान हुँदैछ ।
पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्वर २ वैशाख १५ गते शनिबार मतदान हुँदैछ ।
इलाम-२ मा प्रतिनिधिसभाका लागि वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा केही पुराना र केही नयाँ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।
वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँगै स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रतिस्पर्धीहरू मध्येका एक उम्मेदवार हुन् डकेन्द्रसिंह थेगिम ।
मौरिस हर्जोगको चर्चित किताब ‘अन्नपूर्ण’ बाट प्रभावित भएर हिमाल हेर्न नेपाल आएका फ्रान्सका पास्कल ब्लेन्क र सुजेन ब्लेन्कको जोडीले पोखराबाट अन्नपूर्ण देखेनन् । उनीहरु हर्जोग हिँडेकै भेग घोरेपानी–पुन हिल पदयात्रामा निस्कने तयारीमा छन् । सोमबार काठमाडौंबाट पोखरा आउने क्रममा अन्नपूर्ण हिमशृंखला हेर्ने कल्पना गर्दै आएको ७१ वर्षीय पास्कलले सुनाए ।
वाग्मती प्रदेश सरकारले सरकारी कामकाजमा अब नेपाली, तामाङ र नेपाल भाषा प्रयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘प्रदेश सरकारी कामकाजको भाषा’ सम्बन्धी ऐन उक्त दिनबाट पूर्णरुपमा लागू गर्ने र सोही अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले ७ जना बिनाविभागीय मन्त्रीको कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री महराले गठबन्धन दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटालेर १२ वटा बनाएका छन् ।
बिहारको सीतामढीमा पेटको उपचार गरेर गाउँ फर्किंदा लखनदेवी खङ्ग्रङ्गै भइन् । बुधबार आगलागीले घर जलेर खरानी भएपछि उनको होसहवास उड्यो । छोराले विदेशबाट पठाएको र श्रीमान् सीताराम पासवानले अटो चलाएर जम्मा गरेको २ लाख नगद, गरगहना, अन्नपात र कागजपत्र सबै जलेर खरानी भएको छ ।
गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । पौडेलिवरुद्धको मुद्दामा बुधबार विशेष अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो ।
कर्णालीमा मुख्यमन्त्रीमा नियुक्त भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बल्ल एक जना मन्त्री थपेका छन् । उनी गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ ।
बाँकेको बैजनाथ गाउँपालिका–८ फत्तेपुरका उदयराम थारु मंसिर अन्तिम साता पहिलो पटक मजदुरीका लागि साथीभाईसँगै भारत पसे । निस्किने बेला उनलाई मेट (अगुवा)ले घर खर्च भन्दै ५ हजार नेपाली रुपैयाँ दिएका थिए । त्यसपछि १७ जनासँगै उनी पनि भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रको उच्चाकोट पुगे ।
कर्णाली प्रदेशका मुख्यन्त्री यामलाल कँडेलले प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न नसकेको बताए । प्रदेश तहमा हुने योजना छनोटको तरिका बदल्न नसक्दा सोचेको जस्तो विकास हुन नसकेको उनले बताए ।