दाहाललाई गोरखा-२ छाड्नु गम्भीर गल्ती : भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २०७९ सालको चुनावमा गोरखा-२ बाट उम्मेदवार नबनेर पुष्पकमल दाहाललाई छोड्नु आफ्नो गम्भीर गल्ली भएको बताएका छन् ।भट्टराईले सत्ता स्वार्थका लागि दाहालले जनयुद्धका त्याग र बलिदानमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपतिले गरे टिकटक प्रतिबन्ध गर्नसक्ने कानुनमा हस्ताक्षर

लामो समयदेखि अमेरिकी सरकार र चिनियाँ स्ट्रिमिङ एप टिकटकबीच चल्दै आएको सवाल-जवाफ र माथापच्चीका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार एक कानुनमा हस्ताक्षर गरेका छन् जसले कालान्तरमा सो एप अमेरिकामा प्रतिबन्धित हुनसक्छ ।

नारीका कथा उठाउने सुलक्षण

आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।

‘सुन साइँली,चालीस कटेसी रमाउँला’

गीतकार हर्क साउदले आठ वर्षअघि लेखेको ‘सुन साइँली...’ बोलको गीत उनको जीवनकै पहिलो रचना हो । त्यसयता उनले ३२ गीत रचना गरिसकेका छन् । अधिकांश ‘हिट’ त कुनै ‘सुपर–हिट’ भएका छन् भने कुनै ‘सुपर–डुप्पर’ पनि बनेका छन् । पार्श्व संगीतदेखि गीत लेखनमा व्यस्त हर्कले ‘सुन साइँली...’ पछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

स्याउ फुलेर सेताम्मे मुस्ताङ

चर्चित पर्यटकीय गन्तव्य मुस्ताङ यतिबेला स्याउ फुलेर सेताम्मे भएको छ । पयर्टकहरू यतिबेला हिमशृंखला र मुस्ताङको भूदृश्यका साथै स्याउ–बगैंचा हेरेर रमाइरहेका छन् ।

सेयर भित्री कारोबार अनुसन्धान जिम्मा प्रहरीलाई

धितोपत्र बोर्ड (सेबोन) को अधिकार क्षेत्रभित्र रहँदै आएको भित्री कारोबार, झूटो वा कृत्रिम कारोबार, जालसाजीलगायत मुद्दाको अनुसन्धान अब प्रहरीले गर्ने भएको छ । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०३ लाई संशोधन गरेर सरकारले उल्लिखित विषयमा अनुसन्धान तथा कारबाही गर्ने अधिकार प्रहरीलाई दिएको हो । संशोधित व्यवस्था राजपत्रमा प्रकाशित भई ऐनको रूपमा कार्यान्वयनमा आइसकेको छ ।

कांग्रेस सांसद गुरुङको भ्रष्टाचार कसुर कायमै, सर्वोच्चको सक्रियताले निलम्बन फुकुवा

सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर भएमात्रै पनि स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । तर, विशेष अदालतबाट भ्रष्टाचारी ठहर हुँदा पनि कांग्रेस सांसद टेकबहादुर गुरुङ पदमा पुनर्बहाल भएका छन् । निलम्बन फुकुवा गर्न आदेश दिएको सर्वोच्च अदालतले पूर्णपाठ नआउँदै संसद्लाई पत्राचार गरेर पद फुकुवा गराइदिएको छ । 

कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी

कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल 

प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । 

अभिव्यक्ति र भेला हुने स्वतन्त्रता खुम्चिँदै : एम्नेस्टी

एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा सरकार र सत्तारूढ दलका राजनीतिज्ञविरुद्ध आलोचना तथा प्रदर्शन गर्नेहरूमाथि राज्य संयन्त्रले धरपकड, पक्राउ, अत्यधिक बल प्रयोगजस्ता गतिविधि गरेर संविधानप्रदत्त नागरिकको अभिव्यक्ति र भेला हुने स्वतन्त्रतालाई खुम्च्याएको निष्कर्ष निकालेको छ ।

नेपाल–कतारबीच २ सम्झौता, ६ समझदारी

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार फर्किएका छन् । अल थानीको भ्रमणका दौरान बुधबार दुई देशबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । कतारका अमिर र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच दुई पक्षीय भेटवार्तापछि ६ क्षेत्रमा सहकार्य गर्ने समझदारी र २ क्षेत्रमा सम्झौता भएको हो । 

महोत्तरीमा ११० घर जले

पेटको व्यथाले च्यापेपछि उपचारका लागि बुधबार बिहानै भारतको सीतामढी गएकी लखनदेवी पासवानले साँझ फर्किंदा घर  भेटिनन् । बस्तीमा दिउँसो सल्किएको आगोले घरसहित सम्पत्ति खरानी बनेपछि उनी  घरको भग्नावशेष हेरेर बिलौना गर्दै थिइन् । 

जरलहवागाछीका अग्निपीडितलाई गाँसबासकै चिन्ता

बिहारको सीतामढीमा पेटको उपचार गरेर गाउँ फर्किंदा लखनदेवी खङ्ग्रङ्गै भइन् । बुधबार आगलागीले घर जलेर खरानी भएपछि उनको होसहवास उड्यो । छोराले विदेशबाट पठाएको र श्रीमान् सीताराम पासवानले अटो चलाएर जम्मा गरेको २ लाख नगद, गरगहना, अन्नपात र कागजपत्र सबै जलेर खरानी भएको छ । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

डम्बरसिं राई

वराहपोखरी गाउँपालिकामा डढेलो गाउँ पस्दा १२ घर जलेर नष्ट भएको छ । उक्त पालिकाको वडा नं १ स्थित ढुसेनी, डाँडाखर्क, रक्तमाला सामुदायिक वनमा लागेको गाउँ पस्दा १२ वटाघर जलेर नष्ट भएको हो ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

कान्तिपुर संवाददाता

खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

मौखिक आदेशमा छाडियो चिया

मौखिक आदेशमा छाडियो चिया

कान्तिपुर संवाददाता

भारतको वाणिज्य मन्त्रालयबाटै नेपाली चियालाई शतप्रतिशत जाँच्न परिपत्र गरेपछि पूर्वी नाका पार गरेर भारतको पानीट्यांकीमा रोकिएका करिब २० बढी चिया बोकेका गाडी भारतीय भन्सारले छाडेको छ ।

खोटेहाङमा किसानलाई राँगा वितरण

खोटेहाङमा किसानलाई राँगा वितरण

डम्बरसिं राई

खोटेहाङ गाउँपालिकाले किसानलाई राँगा वितरण गरेको छ । मासु प्रवर्द्धन गरी किसानको आयआर्जनका लागि गाउँपालिकाका किसानलाई मंगलबारसम्म ४९ वटा राँगा वितरण गरेको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् ।

मदन भण्डारीको घर मर्मत गरिँदै

मदन भण्डारीको घर मर्मत गरिँदै

आनन्द गौतम

तत्काली एमाले महासचिव मदन भण्डारीको जीर्ण अवस्थामा रहेको घर मर्मत गर्न लागिएको छ । स्वर्गीय भण्डारीको घर मर्मत गर्न राष्ट्रिय युवा संघ र अनेरास्ववियु तम्सिएका छन् । घरको स्वरुप नबिग्रने गरी छाना फेर्ने, घर मर्मत गर्ने र वरिपरिको क्षेत्र सरसफाई गर्ने कामलाई तीव्रता दिइएको युवा संघका केन्द्रीय सदस्य गोपाल न्यौपानेले जानकारी दिए । 

कोशी बाट थप
मटिहानीमा ७ घण्टापछि आगो नियन्त्रण : सिंगो बस्ती नै खरानी 

मटिहानीमा ७ घण्टापछि आगो नियन्त्रण : सिंगो बस्ती नै खरानी 

सुनिता बराल

मटिहानी नगरपालिका-६ को जरलहवा गाछी गाउँमा सल्किएको ७ घन्टापछि आगो नियन्त्रणमा आएको छ । आगोले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ । १२ बजेबाट सुरु भएको आगो ७ बजेबाट नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ ।

महोत्तरीको मटिहानीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले 

महोत्तरीको मटिहानीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले 

सुनिता बराल

महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् । 

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

शिव पुरी

रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा मंगलबार विद्युत् सर्ट भई आगो सँल्किदा ७ घर जलेर नष्ट भएको छ । स्थानीय नजारुल अन्सारी, साबिर हुसेन, अनसारुल अन्सारी, मजिद अन्सारी, ईद महमद, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको सशस्त्र प्रहरी ११ नम्बर गणले जानकारी दिएको छ ।

पर्सामा डीएपी मलको अभाव

पर्सामा डीएपी मलको अभाव

शंकर आचार्य

जिल्लामा डीएपी मलको चरम अभाव भएको गुनासो किसानले गरेका छन् । किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साह जिल्लामा डीएपी मलको चरम अभाव हुँदा किसान समस्यामा परेको  बताउँछन् ।

प्राधिकरणले पर्सा-बारा औद्योगिक करिडोरका २१२ उद्योगमा जडान गर्‍यो टिओडी मिटर 

प्राधिकरणले पर्सा-बारा औद्योगिक करिडोरका २१२ उद्योगमा जडान गर्‍यो टिओडी मिटर 

शंकर आचार्य

विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले पर्सा बारा औद्योगिक करिडोरका २ सय १२ उद्योगमा टिओडी (टाइम अफ डे) मिटर जडान गरेको छ । केन्द्र प्रमुख अवधेश कुमार दुबेका अनुसार, प्राधिकरणले ती उद्योगमा निःशुल्क मिटर जडान गरेको हो । 

महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

सुनिता बराल

राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत महोत्तरीमा ७ लाख १६ हजार २ सय ६४ जनालाई औषधि खुवाइने भएको छ । अन्य प्रभावित प्रदेश र जिल्लासँगै वैशाख १६ गतेबाट अभियान थालनी गरिने पत्रकार अन्तरक्रियामा स्वास्थ्य कार्यालय महोत्तरीकी कार्यालय प्रमुख सुनिता गुप्ताले जानकारी दिइन् । 

मधेस बाट थप
आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

प्रताप विष्ट

मकवानपुरमा आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका—१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइवाको वाग्मती प्रदेश ०३—००१ त ०४१९ नम्बरको ट्याक्टरले किचेर बुधबार राति मृत्यु भएको हो । 

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

सुवास विडारी

वाग्मती प्रदेश सरकारले सरकारी कामकाजमा अब नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘प्रदेश सरकारी कामकाजको भाषा’ सम्बन्धी ऐन उक्त दिनबाट पूर्णरुपमा लागू गर्ने र सोही अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

सुवास विडारी

वाग्मती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।वाग्मती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादब शर्माले बुधबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । 

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

रासस

काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

प्रताप विष्ट

मकवानपुरको एक दुर्गम गाउँपालिकाले स्थानीयवासी घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । राक्सिराङ गाउँपालिकाले घरघरमै पुगेर बिरामी स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि वितरण, कृषिलगायत एकीकृत सेवा सोमबार प्रदान गरेको हो ।

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

रासस

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ ।

वाग्मती बाट थप
गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

हरिराम उप्रेती

गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ डाडावेंसीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

घनश्याम खड्का

अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीको शिरमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको प्यारीभारानी (वराही) ताल झारले ढाकेपछि स्थानीय बासिन्दा सफाइमा जुटेका छन ।

कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

घनश्याम खड्का

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलो लोमन्थाङ गाउँपालिकामा पर्ने कोरला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन् ।

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष पक्राउ

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष पक्राउ

आश गुरुङ

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष खुसीजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गुरुङविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

म्याग्दीका अधिकांश वनमा डढेलो 

म्याग्दीका अधिकांश वनमा डढेलो 

घनश्याम खड्का

जिल्लाका अधिकांश सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा दैनिकजसो डढेलो लागिरहेको छ । 

पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कान्तिपुर संवाददाता

पोखरा महानगरपालिका-१४ चाउथेस्थित बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

गण्डकी बाट थप
लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

कमल पन्थी

प्रहरीले मधुवन नगरपालिका–७ स्थित लोकबहादुर भण्डारीको घरमा लागूऔषध बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा ३ सय ४० ग्राम ब्राउन सुगर फेला पारेको छ । 

भागबन्डा मिलाउन लुम्बिनीमा १२ मन्त्रालय

भागबन्डा मिलाउन लुम्बिनीमा १२ मन्त्रालय

वीरेन्द्र केसी

सत्ता गठबन्धन दलबीच भागबन्डा मिलाउन लुम्बिनीमा मुख्यमन्त्री कार्यालयसहित १२ वटा मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री जोखबहादुर महराले गत बिहीबार ७ जनालाई बिनाविभागीय मन्त्रीमा नियुक्त गर्दा ११ मन्त्रालय थिए । उनीहरूलाई जिम्मेवारी तोक्ने क्रममा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या १२ पुर्‍याएको हो । 

लागूऔषध सहित दुई जना पक्राउ

लागूऔषध सहित दुई जना पक्राउ

कमल पन्थी

बढैयाताल गाउँपालिका-७ ताती गाउँ क्षेत्रमा गस्ती गर्ने क्रममा २ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित दुई जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

कमल पन्थी

बारबर्दिया नगरपालिका–४ रानीपुरस्थित भित्री सडक खण्डमा रोकि राखेको ट्र्याक्टरमा जडान गरेको थ्रेसरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

लुम्बिनीमा मन्त्रालय फुटालेरै ७ मन्त्रीको कार्यविभाजन

लुम्बिनीमा मन्त्रालय फुटालेरै ७ मन्त्रीको कार्यविभाजन

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले ७ जना बिनाविभागीय मन्त्रीको कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री महराले गठबन्धन दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटालेर १२ वटा बनाएका छन् ।

तिलोत्तमामा डढेलो निभाउन गएको दमकलमै आगलागी

तिलोत्तमामा डढेलो निभाउन गएको दमकलमै आगलागी

सन्जु पौडेल

रुपन्देहीको तिलोत्तमामा सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको दमकलमा आगलागी भएको छ । बुधबार दिउँसो तिलोत्तमा नगरपालिका-८ स्थित करैया सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको नगरपालिकाको दमकलमा आगलागी भएको हो । 

लुम्बिनी बाट थप
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कृष्णप्रसाद गौतम

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफू नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेका छन् । उनी गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकसीपछि मुख्यमन्त्री कँडेलले बुधबार माओवादी केन्द्रका रणसिंह परियारलाई बिनाविभागीय मन्त्री नियुक्त गरेर बिहीबार विश्वासको मत लिन लागेका हुन् । 

कर्णालीमा बल्ल एक मन्त्री 

कर्णालीमा बल्ल एक मन्त्री 

कृष्णप्रसाद गौतम

कर्णालीमा मुख्यमन्त्रीमा नियुक्त भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बल्ल एक जना मन्त्री थपेका छन् । उनी गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

नोन्जोमले ८० वर्षमा पाइन् नागरिकता 

नोन्जोमले ८० वर्षमा पाइन् नागरिकता 

राजबहादुर शाही

जिल्लामा एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् । मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँकी ८० वर्षीया नोन्जोम कामीले बुधबार प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको हातबाट नेपाली नागरिकता पाएकी हुन् ।

प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न सकेका रहेनछौं : मुख्यमन्त्री कँडेल

प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न सकेका रहेनछौं : मुख्यमन्त्री कँडेल

ज्योति कटुवाल

कर्णाली प्रदेशका मुख्यन्त्री यामलाल कँडेलले प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न नसकेको बताए । प्रदेश तहमा हुने योजना छनोटको तरिका बदल्न नसक्दा सोचेको जस्तो विकास हुन नसकेको उनले बताए । 

विनाविभागीय मन्त्री परियारले लिए शपथ

विनाविभागीय मन्त्री परियारले लिए शपथ

ज्योति कटुवाल

मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

दुर्गमका सामुदायिक विद्यालयमा बस

दुर्गमका सामुदायिक विद्यालयमा बस

विप्लव महर्जन

भौगोलिक विकटताले दुर्गममा पर्ने तीन सामुदायिक विद्यालयले विद्यार्थीको सहजताका लागि बस सेवा संचालनमा ल्याएका छन् । देशमै उत्कृष्ठ भएको कुमाख गाउँपालिका-२ रुमालगाउँस्थित नारायण मावि, बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना मावि र बन्गाड कुपिण्डे नगरपालिका-५ च्युरास्थित त्रिभुवन जनता माविले बस सेवा संचालनमा ल्याएका हुन् । 

कर्णाली बाट थप
नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

भवानी भट्ट

बाँकेको बैजनाथ गाउँपालिका–८ फत्तेपुरका उदयराम थारु मंसिर अन्तिम साता पहिलो पटक मजदुरीका लागि साथीभाईसँगै भारत पसे । निस्किने बेला उनलाई मेट (अगुवा)ले घर खर्च भन्दै ५ हजार नेपाली रुपैयाँ दिएका थिए । त्यसपछि १७ जनासँगै उनी पनि भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रको उच्चाकोट पुगे ।

शुक्लाफाँटामा बाघ बढे

शुक्लाफाँटामा बाघ बढे

रासस

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

मेनुका ढुंगाना

चैत १२ गते मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भयो । वडा ७ नन्देगडाको सुयडीमा अर्को ट्याक्टर दुर्घटनामा दुई जना घाइते भए । चैत २९ गते बिनायक बजारबाट तोली जाने क्रममा तोली–बिनायक सडक खण्डको ठाँटीमा ट्याक्टर दुर्घटनामा २ जना गम्भीर घाइते भए ।

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

मेनुका ढुंगाना

आधारभुत तह कक्षा-८ को नतिजा अछामका विद्यालयहरुमा कमजोर देखिएको छ । स्थानीय तहले लिने परीक्षामा जिल्लाको अवस्था नै नाजुक देखिएको हो । परीक्षाको सबै प्रक्रिया स्थानीय तहले लिएका बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका न्युन संख्यामा विद्यार्थी उर्तीण भएका छन् ।

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

भवानी भट्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुगेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो । वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो । 

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

रासस

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

सुदूरपश्चिम बाट थप

क्षतिग्रस्त आयोजनाको संस्थापक सेयर बिक्री गर्न सांसद खड्काको दबाब

गत जेठ र असारमा नेपालीको पूर्वी भागमा गएको बाढी र पहिरोबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका संस्थापक सेयरधनीले कम्तीमा ५० प्रतिशत संस्थापक सेयर बिक्री गर्न नियामक निकायहरूलाई दबाब दिन थालेका छन् । सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक खड्कालगायत जलविद्युत् आयोजनाका सञ्चालकसमेत रहेका सांसदले ‘लकइन पिरियड’ (सेयर बिक्री गर्न नपाइने अवधि) नसकिएका आयोजनाको ५० प्रतिशत संस्थापक सेयर बिक्रीका लागि विद्यमान नियमावली परिमार्जन गर्न विभिन्न संसदीय समिति र मन्त्रालयमार्फत दबाब दिइरहेको पाइएको छ । 

‘सी’ डिभिजनमा सबै सम्भावना खुला

लिग फुटबल त्यतिबेला सुन्दर हुन्छ, जतिबेला त्यहाँ सबै प्रकारको सम्भावना खुला हुन्छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको सहिद स्मारक ‘सी’ डिजिन लिगमा बुधबार चौथो चरणका खेल सकिँदा यस्तै देखियो । यो लिगमा नतिजाबारे अनुमान गर्न अब झन् गाह्रो हुनेछ । 

वर्ल्ड ट्रायथलनका अध्यक्ष कासाडो काठमाडौंमा

वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेकी छिन् । नेपालमा पछिल्लो समय ट्रायथलनको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आएकी हुन् ।

ऋषभको उत्कृष्ट प्रदर्शनमा दिल्ली विजयी

कप्तान ऋषभ पन्तको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले बुधबार गुजरात टाइटन्सलाई ४ रनले पराजित गरेको छ । दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

इंग्लिस प्रिमियर लिग : लिभरपुललाई एभर्टनको धक्का

एभर्टनले इंग्लिस प्रिमियर लिगमा बुधबार लिभरपुललाई २–० ले हराएको छ । डर्बी जितपछि एभर्टनको रेलिगेसनबाट बच्ने सम्भावना बलियो भएको छ भने लिभरपुललको लिग जित्ने सम्भावना कमजोर बनेको छ ।

महिला भलिबलमा न्यु डायमन्ड र एपीएफ विजयी

डिफेन्डिङ च्याम्पियन न्यु डायमन्ड भलिबल क्लब र एपीएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी भएका छन्  ।

भारतको लोकसभा चुनाव : पहिलो चरणमा देखिएन मतदातामा उत्साह

भारतको लोकसभा चुनावको पहिलो चरणमा अनपेक्षित कम मतदाता देखिएका छन् । पहिलो चरणमा शुक्रबार २१ राज्यका १ सय २ लोकसभा क्षेत्रमा मतदान भएको थियो । अघिल्लो चुनावको तुलनामा ८ प्रतिशतले कम मतदान भएको तथ्यांकले देखाएको छ । निर्वाचन आयोगका अनुसार कुल ६२.३७ प्रतिशत मतदान भएको छ । जबकि २०१९ मा यी निर्वाचन क्षेत्रमा ७० प्रतिशत मत खसेको थियो ।

भारतीय बाँधले ३० वर्षदेखि सास्ती

चैत अन्तिम साताको राष्ट्रिय सभाको बैठकमा रौतहटकी सांसद पूजा चौधरीले बर्खाका बेला रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलिस गेट (पानी निकास हुने ढोका) बन्द गरेपछि ठूलो विपत्तिको सामना गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सन् २००७ आजकै दिन : रुसी पूर्वराष्ट्रपति यल्तसिनको निधन 

सन् २००७ मा आजकै दिन (अप्रिल २३) मा रुसी राष्ट्रपति बोरिस यल्तसिनको निधन भएको थियो । सन् १९३१ फेब्रुअरी १ मा जन्मिएका यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । 

सन् १९९४ आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति निक्सनको निधन 

सन् १९९४ मा आजकै दिन (अप्रिल २२) मा अमेरिकी पूर्वराष्ट्रपति रिचार्ड निक्सनको निधन भएको थियो । १९१३ जनवरी ९ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएका निक्सनको न्युयोर्क सिटी अस्पतालमा ८१ वर्षको उमेरमा निधन भएको थियो । 

सन् १९३० मा आजकै दिन : जेलमा आगलागी हुँदा ३ सय २० को मृत्यु

आजकै दिन (अप्रिल २१) सन् १९३० मा अमेरिकाको ओहायो राज्यको कोलम्बसस्थित एउटा जेलमा आगलागी हुँदा ३ सय २० जना कैदीको मृत्यु भएको थियो । यो आगलागीलाई अमेरिकाको जेलमा भएको सबैभन्दा भयानक दुर्घटना मानिन्छ ।

पत्रकार महासंघको महाधिवेशन काठमाडौंमा हुने

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको उपलब्ध केन्द्रीय समिति बैठकले यसअघि लुम्बिनीमा वैशाख २१ र २२ गते हुने भनिएको महाधिवेशन सोही मितिमा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.