नेपाल र कतारबीच १ सम्झौता, ७ समझदारी
नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी भएका छन् । सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।