वाग्मतीमा सरकार विस्तार, हानेपाका बज्राचार्य बने पर्यटनमन्त्री
वाग्मती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई बिहीबार साँझ सरकारमा सहभागी गराएका हुन् ।
वाग्मती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई बिहीबार साँझ सरकारमा सहभागी गराएका हुन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले ग्लोबल डेलपमेन्ट इनिसिएटिभ (जीडीआई) बाट फाइदा हुने विश्वास व्यक्त गरेका छन् । चीनको बोआओ फोरम फर एसियाको ‘विश्वव्यापी विकासको पहल : विश्व शान्ति प्रवर्द्धन’ मञ्चमा बिहीबार बोल्दै उनले चीन नेपालको नजिकको छिमेकी भएकाले जीटीआईबाट लाभ हुने बताए ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् ।
मदिरा नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी)को नियन्त्रणमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप समय माग गर्दै एवेन्यू कोर्टमा पेस गरेको थियो । ईडीले थप सात दिनको समय मागेकोमा अदालतले चार दिन मात्रै समय थपेको हो । सोमबार अपराह्न १२ बजेभित्र अदालतमा पेस गर्न आदेशमा भनिएको छ ।
निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुन भएको छ । हेटौंडामा शुक्रबार र शनिबार सञ्चालन हुने महासंघको २५ औं वार्षिक साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
वाग्मती प्रदेशका सत्तारुढ दलबीच ५ बुँदे सहमति भएको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एस) र हाम्रो नेपाली पार्टी (हानेपा) बीच प्रदेश सरकार गठनका विषयमा बिहीबार साँझ सहमति भएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३ मार्फामा पर्ने राजखोला (मार्फाखोला)मा बिहीबार दिउँसो अचानक बाढी आउँदा यातायात अवरुद्ध भएको छ । धौलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद अनियमिततामा १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इलाम-२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले इलाम-२ मा लिम्बुसहित ६ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाए पनि बाँकी ५ जनाले लिम्बुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।