कोशीमा किचलो : मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव ‘टेबुल’
केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा संकल्प प्रस्ताव ‘टेवुल’ गरेका छन् ।
केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा संकल्प प्रस्ताव ‘टेवुल’ गरेका छन् ।
युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
कनकासुन्दरी-७ की जीवना कार्की अहिले घरमै बच्चा पढाउन व्यस्त छिन् । सानै उमेर भएकोले स्कुलसम्म जान नसक्ने उनको ४ वर्षीय छोरा आभास कार्कीलाई घरभित्रै पढाइकुनो बनाइदिएर पढाइरहेकी हुन् । उनको एक कोठा पढाइकुनाको लागि छुटाइएको छ । जहाँ शैक्षिक सामाग्रीहरुको व्यवस्था छ ।
रिब्दीकोट गाउँपालिकाको सहयोगमा एक सहकारीले प्राङ्गारिक मल उत्पादनको तयारी गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएको प्रतिवेदनपछि प्राङ्गारिक मल उत्पादन गर्न लागेको हो ।
सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्री नियुक्त भएका छन् ।
एमाले माओवादीसहितको गठबन्धन सरकार बनेको डेढ महिनामा मन्त्रालयका सबैजसो सचिवहरुको हेरफेर र सरुवा भएको छ ।
भोजपुरको उत्तरी दिङ्ला र संखुवासभाको तुम्लिङटार जोड्ने अरुण नदीमा पर्ने सतिघाटको 'फेरी' बिहीबारबाट संचालनमा आएको छ । लट्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि गत चैत १६ गते फेरी बन्द भएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन खारेज गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो संशोधन खारेज गरिएको हो ।
प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।