जरलहवागाछीका अग्निपीडितलाई गाँसबासकै चिन्ता
बिहारको सीतामढीमा पेटको उपचार गरेर गाउँ फर्किंदा लखनदेवी खङ्ग्रङ्गै भइन् । बुधबार आगलागीले घर जलेर खरानी भएपछि उनको होसहवास उड्यो । छोराले विदेशबाट पठाएको र श्रीमान् सीताराम पासवानले अटो चलाएर जम्मा गरेको २ लाख नगद, गरगहना, अन्नपात र कागजपत्र सबै जलेर खरानी भएको छ ।