Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
अर्थ/वाणिज्य»

लोडसेडिङले बढायो माग

काठमाडौ, माघ २८ -
लोडसेडिङ बढ्दै गएका बेला इन्भर्टर, यूपीएस र ब्याट्रीको माग बढ्दै गएको छ । बत्ती बाल्न र विद्युतीय सामग्री चलाउन ती सामग्रीको प्रयोग हुने गरेको छ । तिनलाई बिजुली र सोलारबाट चार्ज गर्न सकिन्छ ।

राजधानीमा चलिरहेको मेलामा पुगेका अवलोकनकर्ता अधिकांश ऊर्जाका स्टलमा झुम्मिएका देखिन्थे । उनीहरू घरमा उज्यालो पार्नेदेखि टिभी, ल्यापटप, राउटरलगायत उपकरण चलाउन, मोबाइल चार्ज गर्न आवश्यक पावर ब्याकअपका लागि उपकरणबारे सोधखोज गरिरहेका थिए । 'लोडसेडिङ बढ्दै गएपछि १ घन्टा धान्ने ल्यापटपको ब्याट्रीले धानेन,' सिप्रदी इनर्जीको स्टलमा पावर ब्याकअपबारे जिज्ञासा राख्दै गरेका सामाखुसीका रमेश प्रधानले भने, 'ब्याट्रीलाई तिर्नु पर्नेभन्दा केही थप्दा पाउने भए इन्भर्टर लैजाने सोचेको छु ।' मेलामा ब्याट्रीको राखेका एक स्टलका सञ्चालक अवलोकनकर्ताको जिज्ञासा शान्त पार्न व्यस्त थिए । 'एकछिन फुर्सद छैन,' उनले भने, 'धेरैजसो टिभी हेर्न मिल्ने इन्भर्टर खोज्छन् ।' मेलामा पावर ब्याकअप सामग्रीका एक दर्जनभन्दा बढी स्टल छन् ।

बजारमा विभिन्न क्षमताका इन्भर्टर, यूपीएस र ब्याट्री उपलब्ध छन् । ब्याट्रीले पावर बैंकका रूपमा काम गर्ने सुकामका त्यस्ता सामग्री बेच्दै आएको स्टार अफिस इन्टरनेसनलका प्रबन्ध निर्देशक आलोक मलूले बताए । इन्भर्टरले ब्याट्रीलाई चार्ज गर्छ । त्यस्तै यूपीएसले ब्याट्री चार्ज गर्नुका साथै ब्याट्रीमा भएको डीसी करेन्टलाई टिभी, कम्प्युटरलगायत विद्युतीय सामग्री चलाउन मिल्ने एसी करेन्टमा बदल्छ ।

बजारमा एक्साइड, सुकाम, क्लोराइड, स्टार प्लस, हाइपावरलगायतका ब्याट्री उपलब्ध छन् । स्टार इन्टरनेसनलले सुकामका उत्पादन बेच्दै आएको छ । यसका सोलार यूपीएस बजारमा छन् । विद्युत् र सोलार दुवैबाट चार्ज हुने यस यूपीएसलाई कम्पनीले ब्रेनी नाम दिएको छ । 'यसले मानिसको ब्रेनले जस्तै काम गर्छ,' कम्पनीका प्रबन्ध निर्देशक मलूले भने, 'सोलारले नपुग्ने पावर मात्र यसले विद्युतीय लाइनबाट लिन्छ ।' एलसीडी डिस्प्लेयुक्त यी यूपीएसमा कति पावर जम्मा भएको छ ? सोलार र विद्युत्बाट कति पावर खपत भइरहेको छ भन्ने हेर्न सकिन्छ । विद्युत्बाट चल्ने यूपीएसको जस्तो ब्याट्री चाँडै बिग्रने समस्या यसमा नआउने उनले बताए । 'यसले ब्याट्रीको क्षमता बढाउँछ,' उनले भने । घरायसी प्रयोजन र साना कार्यालयका लागि यो निकै उपयोगी रहेको कम्पनीले दाबी गरेको छ । ८ सय ५० भीए क्षमताका ब्रेनीले टिभी, कम्प्युटर चलाउन र १० वटा बत्ती बाल्न सकिने मलूले बताए । यसको मूल्य कम्पनीले ७८ हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले बजारमा पावर कन्डिसनर युनिटहरू पनि बजारमा ल्याएको छ । यसका १ किलोवाटदेखि १० किलोवाटसम्मका यस्ता युनिटहरू उपलब्ध छन् । सोलार र विद्युत् दुवैबाट चल्ने यस्ता युनिट घरायसी प्रयोजन, टेलिकम कम्पनी, बैंकहरू, स्कुललगायतका लागि उपयोगी रहेको स्टार इन्टरनेसनले दाबी गरेको छ । 'यस्ता युनिटले जेनरेटरले भन्दा ५० प्रतिशत खर्च बचत गर्छन्,' उनले भने, 'चार्ज कन्ट्रोलरले आवश्यक विद्युत् मात्र लिने भएकाले ब्याट्रीको जीवन बढाउँछ ।' १ किलोवाट क्षमतको यस्तो युनिटले २/३ वटा कम्प्युटर, राउटर, कर्डलेसलगायत उपकरण चलाउन सकिने मलूले बताए । सानो कार्यालयका लागि १ किलोवाट क्षमताको युनिट उपयोगी हुन्छ,' उनले भने, '२ किलोवाटको एटीएम मेसिन सञ्चालन गर्न पर्याप्त हुन्छ । यस्ता युनिट टेलिकम कम्पनीहरूका बीटीएस टावर सञ्चालन गर्न प्रयोग भइरहेको उनले बताए । कम्पनीले यस्ता युनिटको सिस्टममा २ वर्षको वारेन्टी दिने गरेको छ । सोलार प्यानलमा भने २५ वर्ष वारेन्टी छ ।

पावर कन्डिसनर युनिटले १५ मिनेटदेखि आवश्यकताअनुसार ३/४ घन्टासम्म ब्याकअप दिन्छ । कम्पनीले इन्भर्टरको ठाउँमा यस्ता युनिटहरू राख्न प्रोत्साहन गर्ने योजना ल्याएको मलूले बताए । कम्पनीले सोलारका लाइट सिस्टमहरू पनि बजारमा ल्याएको छ । कम्पनीले ३ हजार रुपैयाँमा एउटा बत्ती ४८ घन्टा र दुई वटा बाल्दा २४ घन्टासम्म निरन्तर बल्ने सिस्टम ल्याएको छ । यस्तै १० वाटको सोलार सिस्टम ७ हजार रुपैयाँमा उपलब्ध गराउँछ । कम्पनीले टिभी/कम्प्युटरसमेत चलाउन मिल्ने १ सय वाटको सिस्टम अर्को महिना भित्र्याउने मलूले बताए । त्यसको मूल्य २० हजार रुपैयाँ पर्छ,' उनले भने ।

सिप्रदी पावरले सोलार सिस्टम, एक्साइड ब्याट्री र लुमिनसका यूपीएस बिक्री गर्दै आएको छ । यसका इन्डस्टि्रयल ब्याट्री दुई प्रकारका उपलब्ध छन् । कम्पनीका एक अधिकारीका अनुसार पानी फेरिरहनु नपर्ने ब्याट्री ७ एम्पियर देखिका छन् । त्यस्तै पानी फेरिरहनुपर्ने -फ्लोडेड ट्युबुलर) ब्याट्री ४५ एम्पियरदेखि २ सय एम्पिएरसम्मका छन् । तिनको मूल्य ८ हजारदेखि २ लाख रुपैयाँसम्म पर्छ ।

कम्पनीले ३ सय २५ भीएदेखि ५ केभीएसम्मका यूपीएस बिक्री गर्दै आएको छ । कम्पनीले ब्याट्रीमा २ वर्षदेखि ४ वर्षसम्म वारेन्टी दिएको ती अधिकारीले बताए । यस्तै यूपीएसमा २ वर्षको वारेन्टी दिने गरेको छ । यस्तै हुलास पावरले एक्साइडका एन्भा गोल्ड, इन्भा क्विन,फ्ल्याट, रेड, ट्युबलर लगायतका ब्याट्री र जेनन प्योर साइन वेभ यूपीएस बेच्दै आएको छ । यसका यूपीएस ४ सय भीएदेखि १ हजार ४ सय भीएसम्मका छन् । कम्पनीका अनुसार ९ हजार ९ सय ९९ देखि २४ हजार ९ सय ९९ रुपैयाँसम्म पर्छ । यस्तै कम्पनीले बेच्ने एक्साइड ब्याट्री ९० एएचदेखिका छन् । तिनको मूल्य ११ हजार ९ सय ९९ रुपैयाँदेखि पर्छ । कम्पनीले आफ्ना ब्याट्री लामो समय टिक्ने, वातावरण मैत्री, छिटो चार्ज हुनेलगायतका विशेषतायुक्त भएको बताएको छ ।

प्रकाशित मिति: २०६९ माघ २९ ०९:२६

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication