भक्तपुर, माघ २८ -
दुई विभागीय टिम नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ राष्ट्रव्यापी वर्कस कप भलिबलको फाइनलमा सोमबार भिड्दै छन् । भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको सेमिफाइनलमा आइतबार एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पुलिसले अर्को विभागीय टिम आर्मी क्लबलाई पराजित गर्दै उपाधिनजिक पुगेका हुन् ।
पहिलो सेमिफाइनलमा एपीएफले जावलाखेलमाथि २५-१३, २५-१४ र २५-१० को सहज जित हासिल गरेको थियो । विभागीय टिमले जावलाखेलमाथि सुरुदेखि दबाब सिर्जना गरेको थियो । विजयी टिमका खुसी चौधरी 'म्यान अफ द म्याच' बने ।
दोस्रो सेमिफाइनल भने रोमाञ्चक रह्यो । पहिलो सेट पुलिसले जिते पनि दोस्रो सेट जित्दै आर्मीले खेलमा र्फकने प्रयास गरेको थियो तर त्यसपछिका दुई सेट लगातार जित्दै पुलिसले खेल ३-१ ले आफ्नो पक्षमा पार्यो । समग्रमा पुलिसले खेल २५-२०, २३-२५, २६-२४ र २५-२३ ले जित्यो । पुलिसका सञ्जय अर्याल 'म्यान अफ द म्याच' बने ।
प्रकाशित मिति: २०६९ माघ २९ ०९:२६
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?