कुवेत, माघ २८ -
कुवेत विकास कोष -केडीएफ) ले साउदी कोषसँग मिलेर नेपालको जलविद्युत् र सडक निर्माणमा सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । केडीएफले अछाममा २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजना र राजधानीबाट धार्के जोड्ने चार लेनको छोटो वैकल्पिक मार्ग सीतापाइला-धार्के सडकका लागि ५ करोड डलर -करिब ४ अर्ब रुपैयाँ) को सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने छ । यो मार्गको निर्माणपछि पृथ्वी राजमार्गबाट काठमाडौं प्रवेश गर्दा हुने ट्राफिक जामको समस्या समाधान हुने छ । 'कुवेतबाट उच्चस्तरीय प्राविधिक समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको छ, अब केडीएफले साउनी कोषसँग मिलेर छिट्टै सहयोगका काम अघि बढ्ने संकेत देखिएको छ,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कान्तिपुरसँग भने ।
सीतापाइला-धार्के सडकको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) तयार पार्न केडीएफले करिब सवा ७ करोड रुपैयाँ सहयोग दिइसकेको छ । सरकारले डीपीआर तयार पार्न कन्सल्ट्यान्ट छनोट कार्य अघि बढाइसकेको जानकारी भौतिक योजना, निर्माण तथा यातायात सचिव तुलसी सिटौलाले जानकारी दिए । कन्टसल्ट्यान्ट छनोट भएको छ महिनामै डीपीआर तयार हुने छ ।
डीपीआर तयार भएपछि केडीएफले उक्त सडक निर्माणका लागि सहयोग गर्न छलफल गर्ने आश्वासन दिएको जानकारीसमेत सिटौलाले दिए । उनका अनुसार सीतापाइला-धार्के सडक २५ किलोमिटर लामो हुने छ । टनेल नबनाई यो सडक निर्माण गरिएमा काठमाडौंबाट धार्केसम्मको सडक ५ किमी छोटो हुने छ । सिटौलाका अनुसार टनेलसहित सीतापाइला— धार्के सडक निर्माण गर्न झन्डै साढे २ अर्ब रुपैयाँ लाग्ने छ भने टनेलबिनाको सडक निर्माण गर्न भने ६० करोड रुपैयाँ मात्र लाग्ने छ । अध्ययनका लागि केडीएफले २ लाख कुवेती दिनार -७ करोड २० लाख रुपैयाँ) सहयोग दिइसकेको छ । दुई दाताले दिने सहयोगबाट अपुग रकम नेपालले बेहोर्नुपर्ने छ ।
अछामस्थित बुढीगंगा जलविद्युत् आयोजनाको विस्तृत योजना प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त आयोजना निर्माणका लागि केडीएफले सहयोग गर्ने भएको छ ।
प्रकाशित मिति: २०६९ माघ २९ ०९:२६
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !