Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ९, बिहीवार     Login | Register
अर्थ/वाणिज्य»

पोखरा उमनपामा रसिद प्रकरण

  • हिनामिना गर्ने ११ कर्मचारी कारबाहीमा
पोखरा, माघ २८ -
पोखरा उपमहानगरपालिकाले नगदी रसिद लगेर राजस्व हिनामिना गर्ने कर्मचारीलाई कारबाही सुरु गरेको छ । रसिदका ठेली लगेर सेवाग्राहीसँग नगद उठाई कार्यालयमा नबुझाउने ११ जना कर्मचारीलाई आइतबार स्पष्टीकरण सोधिएको छ  । हिनामिना गरेको रकमको बिगो कायम भएपछि आर्थिक कार्यविधि ऐनअनुसार थप कारबाही गर्ने तयारी उपमहानगरको छ । स्थानीय विकास मन्त्रालयबाट आएको अनुगमन टोलीले विभिन्न सेवाबापतको नगदी रसिद र भूमिकरबापत बुझाइने मालपोत करको रसिदमा घोटाला भएको भेट्टाएको थियो । त्यसक्रममा  १ सय २५ ठेली नगदी रसिद लगेर  कार्यालयमा फिर्ता नगरेको फेला परेको थियो । त्यस्तै अवकाश भइसकेका २ कर्मचारीले ८२ ठेली मालपोत रसिद बेपत्ता बनाएका छन् । कारबाही सुरु गरिएका कर्मचारीहरूमा अर्जुन गायक, केदार पौडेल, दुर्गा कोइराला, लोकदर्शन कोइराला, सुशील थापा, सविता बास्तोला, अशोक शाक्य, चीनबहादुर थापा, राजुबहादुर कोइराला, रोशन गुरुङ छन् । रसिद लगेर रकम नबुझाउनेमा ११ बहालवाला, अवकाश भएर विदेश पुगेका २ कर्मर्चारी तथा पोखरा उद्योग वाणिज्य संघ र फोहोरमैला व्यवस्थापन प्रालिसमेत छन् । प्रतिठेली ५० थान रसिद हुन्छ । नगदी र मालपोत रसिद गरी २ सय ७ ठेलीको १० हजार ३ सय ५० थान रसिदको हिसाब उपमहानगरमा हिनामिना भएको देखिन्छ । त्यसमध्ये बहालवाला ११ कर्मचारीले बुझेर फिर्ता नगरेको  ठेली संख्या ५१ छ । ०६५ सालेदेखि रसिद फिर्ता नगरेको फेला परेको छ । टोलीले संकलन गरेको प्रारम्भिक विवरणका आधारमा कारबाही सुरु भएको कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिए । सबै रकम र रसिद दाखिला गर्ने पत्र काटिएको पर्सिपल्ट २४ घन्टे स्पष्टीकरण मागिएको हो । 'छानबिन टोलीको प्रतिवेदनका आधारमा मन्त्रालयबाट आउने निर्देशन र उनीहरूको स्पष्टीकरण हेरेर थप कारबाही हुने छ,' अधिकृत अधिकारीले कान्तिपुरसँग भने, 'राजस्वको रसिद हिनामिना अपराध हुने भएकाले छानबिनपछि कारबाही हुन्छ ।' मन्त्रालयको टोलीले विवरण संकलन गरेका आधारमा पत्र काटेपछि आइतबार तिनै कर्मचारीले रसिदसँगै काटिएको रकम बुझाएका छन् । कर अधिकृत शिवहरि शर्माका अनुसार कर्मचारीले ७ लाख १७ हजार ५ सय रुपैयाँ बुझाएका छन् । बहालवाला कर्मचारीले लगेको ५१ मध्ये २९ ठेली रसिद पनि फिर्ता गरेका छन् । बहालवाला कर्मचारीले लगेका २१ ठेली रसिद आएको छैन । विदेश पुगिसकेका रविन्द्र कुँवरले ५३ ठेली र अञ्जु खड्काले २९ ठेली मालपोत रसिद लगेर फिर्ता गरेका छैनन् । रसिद लगेर नबुझाउनेमा वडा सचिव, नगर प्रहरी र राजस्व शाखाका कर्मचारी छन् । सबैभन्दा धेरै रकम नगर प्रहरी हवल्दार पौडेलले २ लाख ९४ हजार ४ सय रुपैयाँ दाखिला गरे । त्यस्तै सरसफाइ शाखाका अर्जुन गायकले १ लाख ६३ हजार ५ सय बुझाएका छन् । त्यस्तै पोखरा उद्योग वाणिज्य संघले व्यवसाय करका लागि लगेको रसिदबाट भएको आम्दानी १५ लाख ५० हजार रुपैयाँ पनि सोही दिन दाखिला गरेको छ । नगरपालिकाले रसिद खोजी गरेर कारबाही सुरु गरेकै भोलिपल्ट एकैदिन २२ लाख ७७ हजार ५ सय रुपैयाँ जम्मा भएको कर अधिकृत शर्माले बताए । कार्यालयमा आउन बाँकी रसिदमा के कति राजस्व उठाएका छन् त्यो अझै यकिन हुन सकेको छैन । 'रसिदमा काटेबापतको रकम बुझाए पनि ती कर्मचारीलाई कारबाही भने भएरै छाड्छ,' कार्यकारी अधिकृत अधिकारीले भने, 'हिनामिना गर्ने कर्मचारी प्रत्यक्ष दोषी भए भने त्यसको अनुगमन र कार्यान्वयन गर्ने शाखाका प्रमुख कारबाहीको दायरामा आउने छन् ।

प्रकाशित मिति: २०६९ माघ २९ ०९:२५

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper 	Epaper - Kantipur Daily 2013-05-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै कुन चैंले 'समिति’लाई 'सहमति’ बनाइद्यो !... नेताज्यू’रू सप्पै गलत ठाउँमा आइपुगेछु भन्दै भटाभट फर्के !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication