बारा, माघ २८ -
यती हिमालयन शेर्पा आइतबार म्याजिक मोमेन्ट्स चौथो सिमरा गोल्डकप फुटबलको अन्तिम आठमा पुगेको छ । उसले यसका लागि एनआईबीएल प|mेन्ड्सलाई २-० ले पराजित गर्यो । त्यसमा दुवै गोल धिरज तामाङले गरे । उनले तेस्रो मिनेटमा गोलको खाता खोलेपछि ६० औं मिनेटमा दोस्रो गोल थपे । एक गोलले पछाडि रहेको स्थितिमा प|mेन्ड्सले धारिलो आक्रमण कायम राख्यो तर टिमको मिडफिल्डले प्रभावशाली प्रदर्शन गर्न सकेन । हिमालयन शेर्पाका गोलरक्षक विनय श्रेष्ठले आफू खेलमा निरन्तर र अत्यधिक दबाबमा रहेको स्वीकारे । तर प|mेन्ड्सका सन्तोष तामाङले शृङ्खलाबद्ध रूपमा अवसर पाए पनि सफल रहेनन् । प|mेन्ड्स प्रशिक्षक रमेश महर्जनले आपmनो टिमले हिमालयन शेर्पालाई दबाबमा राखे पनि नतिजा भने निकाल्न नसकेको दाबी गरे । 'हाम्रो फिनिसिङ कमजोर रह्यो,' उनले भने, 'त्यसैले नतिजा प्रतिद्वन्द्वी टिमको पक्षमा रह्यो ।' हिमालयन शेर्पाका प्रशिक्षक मेघराज केसी जितमा खुसी रहे । 'प|mेन्ड्सले प्राप्त मौका सदुपयोग गर्न नसक्नु नै हाम्रो जितको कारण रह्यो,' उनले भने । विजयी टिमका धिरज 'म्यान अफ द म्याच' भए ।