राजविराज -कास)- सप्तरीमा एकै दिन दुई बालिकाको बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको पिप्रापूर्व गाविसका दुई बालिकाको बलात्कार भएको हो । सप्तरीस्थित पिप्रापूर्व गाविस अन्तर्गत कोसी टप्पु वन्यजन्तु आरक्षभित्र गुइँठा टिप्न गएका १० र ११ वषर्ीया बालिकाको दुई युवा मिलेर बलात्कार गरेको पीडित बालिकाका परिवारले जानकारी दिए । घरनजिकै कोसी टप्पु रहेको र गत बिहीबार साँझ गुइँठा टिप्न गएका उनीहरूलाई अपरिचित दुई युवकले जबरजस्ती गरेका हुन् । पहिला ११ वषर्ीया साह थरकी बालिकालाई एक युवकले जबरजस्ती गरेको अनि अर्काे युवकले खंग थरकी १० वषर्ीयालाई करणी गरेको बालिकालाई उद्धृत गर्दै परिवारका सदस्यले बताए । दुबै बालिका पिप्रापूर्व गाविस ६ का बासिन्दा हुन् । घटनापछि बालिकाद्वयका परिवारले करणी गर्ने युवकको खोजी गरी कारबाहीको माग गरेको छ ।
दुई सन्तानको हत्यापछि आत्महत्या
धनगढी -कास)- कैलालीको जोशीपुर गाविस बन्जरिया जंगलमा एक महिलाले २ छोरीको हत्या गरेर आत्महत्या गरेको अवस्थामा ३ शव शनिबार साँझ फेला परेको छ । जिल्ला प्रहरीका निरीक्षक सुदाम रावलका अनुसार जानकीनगर गाविस ५ खगौलीकी अन्दाजी ३५ वषर्ीया लक्ष्मी चौधरीले छोरीहरू ११ वषर्ीय विष्णु र ५ वषर्ीया बिन्दुलाई बिषादी सेवन गराई हत्या गरेपछि आफू पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक चौधरीको शव खयरको हाँगामा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनको शरीरमा रहेको १३ हजार नगद रकमसमेत भेटिएको प्रहरीले जनाएको छ । रावलका अनुसार बिगत १ महिनादेखि मानसिक सन्तुलन गुमाएका श्रीमान्को उपचार गराउँदै आएकी लक्ष्मीलाई श्रीमान्को अवस्थाबारे मानसिक दबाब पर्दै गएको थियो । उनकी जेठी छोरीसमेत आर्थिक समस्याले उपचार गराउन नसक्दा अपांग छिन् ।
ँसरकारबाट निर्वाचन असम्भव’
हेटांैडा -कास)- राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई कायम राखेर संविधानसभा निर्वाचन हुन नसक्ने बताएका छन् । निष्पक्ष र स्वतन्त्र निर्वाचन गर्न स्वतन्त्र व्यक्ति, पूर्व न्यायाधीश र बहालवाला न्यायाधीशको नेतृत्वमा सरकार गठन गरेर निर्वाचन गर्नुपर्ने उनले माग गरे । जिल्ला प्रशासनमा आइतबार एक घन्टे धर्ना कार्यक्रमपछि सम्बोधन गर्दै थापाले दलबीचमा आपसी अविश्वास र द्वन्द्व भएकाले स्वतन्त्र र तटस्थ व्यक्तिको नेतृत्वमा सरकार गठन गरेर संविधानसभा निर्वाचन वैशाखमै गर्नुपर्ने बताए ।
जिप दुर्घटनामा तीनको मृत्यु
चौतारा -कास)- अरनिको राजमार्गको बलेफीबाट जलबिरेतर्फ गइरहेको जिप आइतबार सिन्धुपाल्चोकको जंगारे भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । युनिक हाइड्रोपावर बराम्चीको वा४च १४६६ नंको उक्त जिप सडकबाट करिब तीन सय मिटर खोल्सामा खस्दा बराम्ची २ का शंकर घिमिरे, हगाम ३ का ठाकुरकाजी श्रेष्ठ तथा घुमथाङका माइला श्रेष्ठको मृत्यु भएको हो । बाह्रबिसेका निरीक्षक विष्णु लामिछानेका अनुसार चालक काठमाडौं सीतापाइलाका कपिल गिरीलाई उपचारार्थ राजधानी लगिएको छ ।
५६ किलो चरेससहित ५ पक्राउ
बुटवल -कास)- यहाँबाट ५६ किलो चरेससहित ५ जनालाई इलाका प्रहरीले पक्राउ गरेको छ । गुल्मीको वामी र बाग्लुङको भीमगीठेबाट यहाँ आउँदै गरेका २ छुट्टाछुट्टै बसमा ल्याउँदै गरेको चरेस गोलपार्कबाट बरामद भएको प्रहरीले जनाएको छ । चरेस उत्पादक, कारोबार र ओसारपसार गर्नेलाई पक्राउ गरिएको हो । पक्राउमा चरेस उत्पादक तथा कारोबार गर्ने रोल्पा थवाङ ५ की २८ वषर्ीया सावित्री बुढा, सहयोगी बाग्लुङ पाडोखानी १ बस्ने रिमबहादुर क्षेत्री तथा ओसारपसारमा संलग्न बाग्लुङ रण सिंकिटेनी १ की ५५ वषर्ीया जुम्ली श्रीस, ५४ वषर्ीय हीरा पुन छन् । उनीहरू सबैले आ-आफ्ना झोलामा चरेस बाँडेर बोकेका थिए । गुल्मीको वामीबाट बुटवल आउँदै गरेको ना३ख ७३९८ नम्बरको बसमा यात्रा गरिरहेका उनीहरूलाई प्रहरीले शंका लागेर गोलपार्कमा चेकजाँज गरेको थियो । बाग्लुङको भीमगिठेबाट बुटवल आउँंदै गरेको लु१ख ५४५२ नम्बरको बसमा १० किलो चरेससहित यात्रा गरिरहेकी रोल्पा हरजंग ६ की भावना गुरुङलाई पनि पक्राउ गरेको छ ।
कणर्ाली राजमार्ग अवरुद्ध
कालीकोट -कास)- कणर्ाली राजमार्ग विस्तार क्रममा घर जोखिम पर्ने जनाउँदै राचुलीका एक उपभोक्ताले ३५ लाख मुआब्जा माग गर्दै कणर्ाली राजमार्ग अवरुद्ध गरेका छन् । सुर्खेत-जुम्ला खण्डअन्तर्गत पर्ने कालीकोटको राचुली २ राचुली बजार १९५ किमि सडकमा स्थानीयवासी कृष्णबहादुर शाहीले मुआब्जा माग गर्दै ५ दिनदेखि सडक अवरुद्ध पारेको प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले बताए ।
साँघुरो सडक फराकिलो बनाउने क्रममा घर जोखिममा परेकाले मुआब्जा माग्दै सडक अवरुद्ध पारेका हुन् । 'जिल्ला प्रहरीका सूचना अधिकारी दाहालले भनेे सहमति गराएर सडक सुचारु गर्ने प्रयास भइरहेको छ । निमित्त प्रजिअ यामबहादुर बुढामगर, प्रहरी प्रमुख रमेशकुमार पोखरेल, कणर्ाली राजमार्ग सडक क्षेत्र विकास परियोजनाका पुष्कर रेग्मीलगायत टोली आइतबार राचुली गएको जानकारी दिए ।
कर्मचारी संगठनमा बस्नेत
रसुवा -कास)- नेपाल निजामती कर्मचारी संगठनको अधिवेशनले रमेश बस्नेत अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रामकृष्ण न्यौपाने, महिला उपाध्यक्ष अम्बिका न्यौपाने, सचिव शिवप्रकाश बस्नेत, सहसचिव कैसाङडिन्डुप तामाङ र कोषाध्यक्षमा नेत्रलाल चयन भएका छन् । केन्द्रीय प्रतिनिधि कृष्णप्रसाद हुमागाईं, होमशंकर बास्तोला र उमादेवी पाण्डे चयन भए ।
खोटाङमा आन्दोलन चर्कियो
खोटाङ -कास)- प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग्दै जिल्लाका प्रतिपक्षी दलहरूले आन्दोलन थप चर्काएका छन् । उनीहरूले दुई दिनअघि स्थानीय प्रशासनमा ताला लगाउने क्रममा प्रहरी आक्रमणमा घाइतेको उपचार र दमनकारीलाई कारबाही माग गर्दै आइतबार सदरमुकाम दिक्तेलसमेत बन्द गराए । कांग्रेस, एमाले र राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी नेतृत्वमा सदरमुकाम ठप्प पारेका हुन् । प्रतिपक्षी दल संलग्न नेताले आइतबार दिक्तेलमा आयोजित कोणसभामा बोल्ने स्वेच्छाचारी र निरंकुश प्रधानमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन चर्काउने उद्घोष गरे । आन्दोलनकारीमाथि दमन गर्ने प्रहरी तथा प्रशासनविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरीसमेत दिएका छन् ।