मन्थली, माघ २८ -
कांग्रेस गुटको खिचातानीले नेविसंघ रामेछापको ११ औं जिल्ला अधिवेशन बिथोलिएको छ । निर्वाचन समितिले आइतबार अपराह्न निर्वाचन स्थगित भएको सूचना टाँस गरेपछि औपचारिक रूपमा अधिवेशन अन्त्यसमेत हुन नपाई बिथोलिएको हो ।
शनिबार उद्घाटन भएको अधिवेशन बन्दसत्र सञ्चालन भइरहेको बेला आयोजक समिति अध्यक्ष ध्रुव चौलागाइर्ं एकाएक गायव भएका थिए । केही विद्यार्थीले उनलाई खोजी गरी अधिवेशनमा ल्याए पनि उनले कार्यक्रम अघि बढाउन नसक्ने जनाएका थिए । युवाको कडा सुरक्षा घेरामा आएका चौलागाइर्ंले हलमा प्रवेश गरी पार्टीले हस्तक्षेप गरेकाले अधिवेशन स्थगित गराएको जनाउ दिई बाहिरिएका थिए ।
निर्वाचन गराउन नसक्ने घोषणा गरी बाहिरिएका चौलागाइर्ं स्वास्थ्यमा समस्या देखिएपछि साँझ तामाकोसी सहकारी अस्पताल उपचारका लागि पुगेका छन् । संघको भावी अध्यक्षका लागि विद्यार्थी नेता रत्नहरि ढुंगेल र सुशील अधिकारी चुनावी प्रतिस्पर्धामा थिए । ढुंगेललाई पूर्व सहायक मन्त्री रामहरि ढुंगेल पक्षको समर्थन थियो भने अधिकारीलाई पार्टी जिल्ला सभापति रामचन्द्र खड्का पक्षधरको समर्थन थियो ।
ढुंगेलले चुनाव जित्ने परिस्थिति अन्त्य भएपछि रामहरि पक्षले षडयन्त्र गरी निर्वाचन बिथोलेको आरोप खड्का पक्षधरको छ । ढुंगेल पक्षले भने विद्यार्थीमाझ लोकपि्रय रत्नहरिलाई हराउन आवश्यक पर्ने प्रतिनिधि चयनमा जिल्ला अध्यक्षलाई दबाब दिन लगाई अधिवेशन बिथोल्न संस्थापन पक्ष लागिपरेको आरोप लगाएको छ । निर्वाचन मण्डलले काम थाल्दासमेत चौलागाईले मनोनयन गर्नुपर्ने र क्याम्पस एकाइका प्रतिनिधिको नाम बुझाएका थिएनन् । केही प्रतिनिधिले भने संघका केन्द्रीय नेता रत्न कार्की र गजेन्द्र कार्की चौलागाइर्ंको मनोनयनमा नपर्ने भएपछि अधिवेशन भाँडिएको दाबी गरेका छन् ।
प्रकाशित मिति: २०६९ माघ २९ ०९:२२
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !