Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ५, आईतवार     Login | Register
देश»

वन क्षेत्रका ८ सय टहरा भत्काइयो

धरान , माघ २८ -
विष्णुपादुका ६ स्थित सर्दुखोला उत्तर जलकन्या सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको जमिन अतिक्रमण गरी बनाइएका ८ सय घरटहरा आइतबार जनपद प्रहरी, सशस्त्र प्रहरी र वन विभागका कर्मचारीले भत्काएका छन् । वनको खाली जग्गामा सुकुम्वासीको नाममा अतिक्रमण भएपछि माघ २३ गते वन समूह, स्थानीय राजनीतिक दल, नागरिक समाज, इलाका वन कार्यालय र धरानका प्रतिनिधिको भेलाले सामुदायिक वन क्षेत्रमा घरटहरा निर्माण गरेमा कारबाही गर्ने निर्णयअनुसार घरटहरा भत्काएको हो । विभिन्न क्षेत्रबाट सुकुम्वासीको नाममा आएका मानिसले करिब १५ विघा खाली जमिन अतिक्रमण गरी घरटहरा बनाएपछि हट्न सूचना जारी गरे पनि नहटेपछि बल प्रयोग गरिएको थियो ।

सामुदायिक वनले खाली जमिनमा आँप, लिची, सिसौ जातका बिरुवासमेत रोपेर संरक्षण गरेको अवस्थामा केही समूहको नेतृत्वमा वन क्षेत्र अतिक्रमण गरिएको थियो । सातादेखि घर अतिक्रमण जारी राखेपछि सामुदायिक वनका अध्यक्ष जीतबहादुर राईले नबस्न आग्रह गर्दा उल्टै धम्की दिएपछि वन विभागले प्रहरीको सहयोगमा ती टहरा भत्काएको इलाका वन कार्यालयका सहायक वन अधिकृत ज्ञानकुमार लामाले बताए । इलाका वन अधिकृत ज्ञानकुमार लामाका अनुसार यसअघि पनि घरटहरा बनाएर दुई पटक बस्दा हटाइएको हो ।

 

प्रकाशित मिति: २०६९ माघ २९ ०९:२२

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication